सुत्केरीलाई सास्ती
१८ पौष २०७६
•
७ मिनेट पाठ
सुत्केरीलाई सास्ती
ओखलढुंगा – मानेभन्ज्याङ गाउँपालिका–२ वाक्साकी सरला राई पति नयनबहादुर राईका साथमा पुसको पहिलो साता सुरक्षित प्रसूति सेवा लिन ओखलढुंगा सामुदायिक अस्पताल आइन्। साता दिन बितिसक्दा पनि प्राकृतिक रूपले बच्चा जन्मिएन। डाक्टरको सल्लाहमा शल्यक्रिया विधिबाट प्रसूति गराइयो। बच्चाको अवस्था सामान्य छ। शल्यक्रिया गरेको चार दिनपछि शनिबार सरला डिस्चार्ज भएर घर फर्किने तयारी भएकाले उनी हर्षित थिइन्। डाक्टरले पनि निको भइसकेकाले घर जाँदा हुने बताएका थिए।




उनका पति नयनबहादुर अस्पताल काउन्टरमा बिल मिलाउन गएका थिए। त्यही समयमा घाम ताप्न बाहिर निस्किएकी सरलाको शल्याक्रियापछि सिलाइएको घाउ अचानक फुट्यो। पिपसँगै दुर्गन्धित तरल पदार्थ बाहिर निस्कियो। तत्काल चिकित्सकले भित्र कोठामा लगेर घाउ सफा गरे। त्यसपछि थाहा भयो, भित्रभित्रै घाउ पाकिसकेको रहेछ। शल्यक्रिया गरेपछि धेरै दुखेको, पोलेको, पीडा भएको बताउँदा यस्तै हुन्छ भनेर डाक्टरले प्रतिक्रिया दिने गरेको पीडित सरला राईले बताइन्। सहनै नसक्ने गरी पीडा भएर डाक्टरलाई सुनाउँदा वास्ता नगरेको सरलाको भनाइ छ।

‘शल्याक्रिया गरेपछि डाक्टर एक पटक मात्र आयो,’ उनले भनिन् ‘बहिनीहरू आउँथे आफूलाई पीडा भएको सुनाउँदा उल्टै मसँग रिसाएर झर्केर कराउँथे।’ सरलाको समस्याबारे डाक्टरलाई सुनाउँदा यस्तै हुन्छ भनेर गएका डाक्टर फर्केर आएनन्। उनका पति नयनबहादुर राईले बताए। चिकित्सकको लापरबाहीले यस्तो समस्या भएको उनको बुझाइ छ।

सुरक्षित प्रसूतिका लागि ओखलढुंगा सामुदायिक अस्पतालले विगतमा कमाएको साख गुमाउँदै छ। अस्पतालमा आएका सेवाग्राहीले सेवा भन्दा बढि सास्ती भोग्न बाध्य छन्।

‘शल्यक्रिया गरेर प्रसूति गराएको दुई दिनपछि श्रीमतीको पेट अचानक फुलेको थियो,’ उनले भने, ‘डाक्टरले ग्यास्ट्रिक भएको भने। तर मलाई लाग्छ, भित्र चोट लागेको हुन सक्छ।’ चिकित्सकलाई समस्या सुनाउँदा रिसाएर झर्किने गरेको नयनबहादुरको भनाइ छ। अधिकांश ओजेटीमा रहेकाहरूले घाउको ड्रेसिङका लागि आएको राईले बताए। ओखलढुंगा सामुदायिक अस्पतालमा प्रसूति सेवा राम्रो हुन्छ भन्ने सुनेका राई दम्पतीले व्यवहारमा ठीक उल्टो पाएका छन्।

सोलुखुम्बु काकुका निरुसा राई ओखलढुंगा सामुदायिक अस्पतालमा आएको दुई महिना भयो। उनी पनि सुरक्षित प्रसूतिका लागि सोलुखुम्बुबाट ओखलढुंगा आएकी हुन्। उनको पनि शल्यक्रिया गरेको घाउ पाकेको छ। सुरुमा सोलुको फाप्लु अस्पतालले बच्चा जन्मिने मिति यकिन नगर्दा डेढ महिना अघि ओखलढुंगा सामुदायिक अस्पताल आएका राईको शल्यक्रिया गरेको १६ दिन भएको उनका पति हीरा राईले बताए। घाउ निको भएको छैन। शल्यक्रिया र टाका लगाइ नमिलेकाले यस्तो समस्या आएको अस्पतालका ठूला डाक्टरले बताएको कुरा हीरा राईले सुनाए। ‘राम्रोसँग शल्यक्रिया नभएर घाउ पाकेको रे,’ उनी भन्छन्, ‘ठूला डाक्टरले भनेको सिलाइ पनि मिलेन रे।’ ओखलढुंगा बस्दा राई दम्पतीको हजारौं खर्च भइसकेको छ। ओखलढुंगा वाक्साकी सरला र सोलुखुम्बु काकुकी निरुसा राईको अहिले उपचार भइरहेको छ।

अस्पताल प्रशासन र चिकित्सको लापरबाहीले सुत्केरी र गर्भवतीको ज्यान जोखिममा रहेको सेवाग्राहीले बताएका छन्। यी घटनाले शल्यक्रिया गरिएका बिरामी र उनीहरूका आफन्त त्रसित छन्। ‘मेरी श्रीमतीको पनि शल्यक्रिया भएको छ। के हुने हो ?’ चिन्तित हुँदै मानेभञ्ज्याङ–२ वाक्साका गोरखबहादुर खत्रीले भने, ‘यो अस्पतालमा धेरै लापरबाही हुने रहेछ।’ मानेभन्ज्याङ–७ टोक्सेल माझी गाउँका नीरबहादुर माझी पनि सोही विषयले चिन्तित देखिन्थे। ‘मेरी श्रीमतीको शल्यक्रिया गरेरै बच्चा निकालिएको हो,’ उनले भने, ‘डाक्टरले राम्रो नगर्दा रहेछन्।’

यस घटनाको विषयमा अस्पतालका निर्देशक युवराज आचार्यले आफूलाई केही जानकारी नभएको बताएका छन्। निर्देशक आचार्यले अहिले आफू जिल्लाबाहिर रहेकाले कार्यालय र सम्बन्धित कर्मचारीलाई सम्पर्क गरी घटनाका विषयमा सत्यतथ्य बुझ्ने जनाएका छन्। ‘अहिले म जिल्ला बाहिर छु। यो विषयमा कार्यालय र कर्मचारीलाई नै सम्पर्क गरेर बुझ्नुपर्ने हुन्छ,’ निर्देशक आचार्यले भने। यसका साथै ओखलढुंगा सामुदायिक अस्पतालका चिकित्सहरूले बिरामी र उनिहरूका आफन्तहरूसँग राम्रो बोलीव्यवहार नगरेको गुनासो बढिरहेको छ। यस अस्पतालमा सुरक्षित प्रसूति र प्रभावकारी स्वास्थ्य सेवा पाइन्छ भनी ओखलढुंगा र आसपासका जिल्लाका बिरामी आउँछन्।
अर्को समाचार
रारालिही बर्थिङ सेन्टर १० महिनादेखि बन्द, सुत्केरीलाई सास्ती
१६ फागुन २०८१
•
२ मिनेट पाठ
रारालिही बर्थिङ सेन्टर १० महिनादेखि बन्द, सुत्केरीलाई सास्ती
जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर करिब १० महिनादेखि बन्द हुँदा सुत्केरीलाई समस्या भएको छ।




चार महिनाभित्र बर्थिङ सेन्टरको भवन निर्माण गर्ने भन्दै सेवा बन्द गरिएको थियो। अहिले नयाँ भवन निर्माण सम्पन्न भइसके पनि सञ्चालनमा नआउँदा स्थानीय सुत्केरीलाई उपचारमा समस्या हुँदै आएको हो।

बर्थिङ सेन्टरभित्र आवश्यक पर्ने तातो, चिसो पानी र विद्युतको लाइन जोड्ने काम ढिलो हुँदा सेवा प्रवाह बन्द भएको तिला–२ का वडाध्यक्ष चन्द्र बोहोराले बताए। उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न भइसकेको भन्दै केही साताभित्र विद्युतको लाइन जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

'बर्थिङ सेन्टरलाई आवश्यक पर्ने स्रोतसाधन र बजेटको व्यवस्थापन नहुँदा सञ्चालनमा समस्या भएको हो। यहाँबाट उपलब्ध सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीयलाई सास्ती भइरहेको छ,' उनले भने।

तत्काल बर्थिङ सेन्टर सञ्चालन गरी स्वास्थ्य सेवा सहज बनाउन सम्बन्धित वडालाई परिपत्र गरिएको गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले बताइन्। 'उक्त सेन्टर सञ्चालनमा ल्याउन निरन्तर पहल गरिरहेका छौँ। अहिले पालिकाको एम्बुलेन्सले सुत्केरीलाई निःशुल्क रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने र पुर्‍याउने गरिरहेको छ,' उनले भनिन्।

अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीयलले गुनासो गरेका छन्।

रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टरका लागि नयाँ भवन निर्माण सम्पन्न भइसकेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे। यसअघि यहाँ तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा सञ्चालन हुँदै आएको थियो। गत आर्थिक वर्षमा २२ जनाले सुत्केरी सेवा लिएका जनाउँदै उनले चालु आवमा कसैले पनि सेवा नलिएका बताए।

पुरानो र जीर्ण भवनबाट लामो सयमसम्म सेवा दिएको बर्थिङ सेन्टरको सुविधासम्पन्न भवन निर्माणका लागि सेवा बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हर्क रावतले बताए।

यहाँबाट दिइने सेवा बन्द भएपछि गर्भवती र सुत्केरीले सास्ती खेप्नुपरेको तिला–१ वडाध्यक्ष जङ्गबहादुर बस्नेतको भनाइ छ। उनका अनुसार गत वर्षको जेठदेखि चालु आवको हालसम्म बर्थिङ सेन्टर बन्द हुँदा यहाँका सेवाग्राही प्रसूति सेवाका लागि सदरमुकाम र बाहिर जान बाध्य भएका छन्। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस