विपन्न गर्भवती तथा सुत्केरीलाई ‘पोषण’ उपहार
२० जेष्ठ २०८२
•
४ मिनेट पाठ
विपन्न गर्भवती तथा सुत्केरीलाई ‘पोषण’ उपहार
लहान नगरपालिकाका विपन्न गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्नको प्याकेज वितरण गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी । तस्विरः मिथिलेश यादव/नागरिक
लहान नगरपालिकाको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ बाट तेस्रो वर्ष करिब एक हजार पाँच सय विपन्न गर्भवती तथा सुत्केरी महिला लाभाम्वित भएका छन् ।  नगरपालिकाको यो अभियान सम्पूर्ण २४ वटै वडामा लागु हुँदा लाभाम्वित हुने गरिब तथा विपन्न वर्गका महिलाको संख्या बढ्दै गएको छ ।  




नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गते कार्यक्रम अन्तर्गत पोषण वितरण गरिँदै आइएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।  

लहान नगरपालिका २० ब्रम्हानगोर्छारीकी ३० वर्षीया सन्जुला सदाय पाँच महिनाको गर्भवती छन् । आर्थिक रुपमा विपन्न उनले प्रत्येक महिना नगरपालिकाबाट पोषण प्याकेज पाउँदै आएकी छिन् । गर्भमा बच्चा भएपछि समान्य खानपानले नपुग्ने र आर्थिक अभावका कारण पोषणयुक्त खानेकुरा जोहो गर्न नसक्ने बताउँदै उनले भनिन्,‘नगरपालिकाबाट पोषण प्याकेज उपलब्ध गराउन थालेपछि चिन्ता दूर भएको छ ।’

लहान नगरपालिकाका विपन्न गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्नको प्याकेज वितरण गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी । तस्विरः मिथिलेश यादव/नागरिक
नगरपालिकाले हामी जस्ता गरिबलाई पोषण प्याकेज मात्र उपलब्ध गराउँदैन नियमित गर्भ जाँचका लागि सहजीकरण र व्यवस्थापन समेत गरिदिएको सदायले बताईन् । पहिलो सन्तान जन्मिदा दुई वर्ष अघि यो कार्यक्रम सुरुवात भएको थियो । उनले भनिन्,‘त्यो बेला एक पटक यो सुविधा पाएको थिएँ । दोस्रो सन्तान गर्भमा हुँदा प्रत्येक महिना पोषणयुक्त खानेकुरा पाइकि छुँ । यो कार्यक्रम हामी गरिबका लागि बरदान साबित भएको छ ।

लहान नगरपालिका–२०का वडा अध्यक्ष गणेश चौधरीका अनुसार महिला स्वास्थ्य स्यवंसेविका समेत प्रत्यक्ष सहभागी रहने यस कार्यक्रमले गर्भवतीलाई स्वास्थ्य चौकीमा आएर नियमित स्वास्थ्य परीक्षण गराउन समेत सचेत गराउने गरेको छ ।

पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून थियो । पछिल्ला वर्षमा सो संख्यामा वृद्धि भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए । उनले भने, ‘पहिला गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने बहुत कम थियो । तर, तीन वर्ष भयो यो संख्या बढ्दै गएको उनले बताए । वडाको स्वास्थ्य चौकीहरु व्यवस्थित थिएन र नियमित गर्भ जाँच गराउनुु पर्छ भन्ने चेतना पनि थोरै मानिसमा थियो, उनले भने, ‘पोषण कार्यक्रमले बस्तीहरुमा चेतनासंगै जागरुकता समेत फैलिएको छ । पछिल्लो समय स्वयंम सेविकाहरुलाई समेत तालिम तथा गोष्ठी मार्फत सक्रिय बनाएर गाउँबस्तीमा गर्भवतीहरुलाई नियमित परीक्षण गराउन क्रियाशिल बनाइएको चौधरीले बताए ।

पछिल्लो समय दतिल तथा विपन्न समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षण गर्ने गरेको चौधरीले बताए । यसरी स्वास्थ्य संस्थामै नियमित परीक्षण गर्ने गर्भवतीको संख्या वृद्धि हुनुको मुख्य कारण चाहिँ नगरपालिकाले तीन वर्ष अघिदेखि सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम नै रहेको नगर प्रमुख महेश प्रसाद चौधरीको भनाई छ । स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलाहरुलाई पोषण प्याकेज प्रदान गरिन्छ ।  

हान नगरपालिकाले नगरक्षेत्र भित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगर प्रमुख चौधरीले बताए ।  

यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा मंगलबार लहान–२० का ५२ गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगर प्रमुख चौधरीले भने, ‘मापदण्डअनुसार गर्भ जाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ । यस पोषण कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भनेर नै यो अभियान सुरु गरेका हौं ।’

लहान नगरपालिकाका विपन्न गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्नको प्याकेज वितरण गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी । तस्विरः मिथिलेश यादव/नागरिक
नगर प्रमुख चौधरीले विपन्न महिलामा पोषणको कमी हुन नदिन र नियमित परीक्षण गराई बाल मृत्युदर र मातृमृत्युदरको जोखिम न्युनिकरण गर्न आफू नगर प्रमुख भएदेखि यो कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरेको बताए । उनले आगामी दिनमा सुत्केरी तथा गर्भवतीपोषण कार्यक्रमलाई अझ व्यापक बनाउने बताए ।  

सहज सुत्केरीका लागि नगरपालिकाको वडा नं १६  तरेगणा र वडा नं १९ को सोनमती गाढामा ‘बर्थिङ सेन्टर’ निर्माण भैरहेको नगर प्रमुख चौधरीले बताए ।  

सोही क्रममा लहान–२० का वडाध्यक्ष गणेश प्रसाद चौधरीले नगरको यस पोषण प्याकेज अभियान अतिविपन्न तथा असहाय परिवारका लागि बरदान साबित भएको बताए । सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, माटर, सोयाविन पौष्टिक आहार लगायत खाद्यान्न सामग्री छन् ।

स्थानीयतहको निर्वाचन अघि जनतासँग गरिएका प्रतिबद्धता अनुसार आफू नगर प्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगर प्रमुख चौधरीले बताए ।

सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भएपनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरका हौँ’, उनले भने, ‘अहिले यो अत्यन्त प्रभावकारी हुँदै गएको छ ।’पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती  तथा सुत्केरीको अनुहार उज्यालिएको देख्दा सन्तुष्टि मिल्छ, उनले भने ।
अर्को समाचार
विपन्न गर्भवती तथा सुत्केरीलाई मेयरको ‘पोषण’ उपहार
२२ पौष २०८२
•
४ मिनेट पाठ
विपन्न गर्भवती तथा सुत्केरीलाई मेयरको ‘पोषण’ उपहार
लहान नगरपालिकाको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ बाट तेस्रो वर्ष करिब तीन हजार  विपन्न गर्भवती तथा सुत्केरी महिला लाभाम्वित भएका छन्।




नगरपालिकाको यो अभियान सम्पूर्ण २४ वटै वडामा लागु हुँदा लाभाम्वित हुने गरिब तथा विपन्न वर्गका महिलाको संख्या बढ्दै गएको छ ।  

नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गते कार्यक्रम अन्तर्गत पोषण वितरण गरिँदै आइएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।  

लहान नगरपालिका २३ गाढाकी महिला स्वयंसेविका पशुपतिदेबी शर्माका अनुसार आर्थिक रुपमा विपन्न उनले प्रत्येक महिना नगरपालिकाबाट पोषण प्याकेजले गर्भवती महिलाहरू प्रोत्साहित भएका छन् । गर्भमा बच्चा भएपछि समान्य खानपानले नपुग्ने र आर्थिक अभावका कारण पोषणयुक्त खानेकुरा जोहो गर्न नसक्नेहरूलाइ  नगरपालिकाबाट पोषण प्याकेज उपलब्ध गराउन थालेपछि उनीहरुको चिन्ता दूर भएको उनले बताइन् ।

नगरपालिकाले गरिबलाई पोषण प्याकेज मात्र उपलब्ध गराउँदैन नियमित गर्भ जाँचका लागि सहजीकरण र व्यवस्थापन समेत गरिदिएको उनले बताईन् । पहिलो सन्तान जन्मिदा दुई वर्ष अघि यो कार्यक्रम सुरुवात भएको थियो । यो कार्यक्रम गरिबका लागि बरदान साबित भएको छ ।

मेयर चौधरीका अनुसार महिला स्वास्थ्य स्यवंसेविका समेत प्रत्यक्ष सहभागी रहने यस कार्यक्रमले गर्भवतीलाई स्वास्थ्य चौकीमा आएर नियमित स्वास्थ्य परीक्षण गराउन समेत सचेत गराउने गरिएको छ ।

पहिले गाउँघरका गर्भवती स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउने प्रचलन न्यून थियो । पछिल्ला वर्षमा सो संख्यामा वृद्धि भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए । उनले भने, ‘पहिला गर्भवतीले स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने बहुत कम थियो । तर, तीन वर्ष भयो यो संख्या बढ्दै गएको उनले बताए । वडाको स्वास्थ्य चौकीहरु व्यवस्थित थिएन र नियमित गर्भ जाँच गराउनुु पर्छ भन्ने चेतना पनि थोरै मानिसमा थियो, उनले भने, ‘पोषण कार्यक्रमले बस्तीहरुमा चेतनासंगै जागरुकता समेत फैलिएको छ । पछिल्लो समय स्वयंम सेविकाहरुलाई समेत तालिम तथा गोष्ठी मार्फत सक्रिय बनाएर गाउँबस्तीमा गर्भवतीहरुलाई नियमित परीक्षण गराउन क्रियाशिल बनाइएको चौधरीले बताए ।

पछिल्लो समय दतिल तथा विपन्न समुदायका गर्भवती पनि नियमित गर्भावस्था परीक्षण गर्ने गरेको चौधरीले बताए । यसरी स्वास्थ्य संस्थामै नियमित परीक्षण गर्ने गर्भवतीको संख्या वृद्धि हुनुको मुख्य कारण चाहिँ नगरपालिकाले तीन वर्ष अघिदेखि सुरु गरेको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम नै रहेको नगर प्रमुख महेश प्रसाद चौधरीको भनाई छ । स्वास्थ्य संस्थामा नियमित गर्भावस्था परीक्षण गर्ने महिलाहरुलाई पोषण प्याकेज प्रदान गरिन्छ ।  

हान नगरपालिकाले नगरक्षेत्र भित्रका सबै वडाका गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम सुरु गरेको नगर प्रमुख चौधरीले बताए ।  

यसै कार्यक्रमलाई निरन्तरता दिने क्रममा मंगलबार लहान–२३ गाढाका एक सय पाँच गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगर प्रमुख चौधरीले भने, ‘मापदण्डअनुसार गर्भ जाँच गरेमा आमा र नवजात शिशुको स्वास्थ्य राम्रो हुन्छ । यस पोषण कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउन र पोषणको सुनिश्चितताका लागि सहयोग पुग्नेछ भनेर नै यो अभियान सुरु गरेका हौं।’

नगर प्रमुख चौधरीले विपन्न महिलामा पोषणको कमी हुन नदिन र नियमित परीक्षण गराई बाल मृत्युदर र मातृमृत्युदरको जोखिम न्युनिकरण गर्न आफू नगर प्रमुख भएदेखि यो कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरेको बताए । उनले आगामी दिनमा सुत्केरी तथा गर्भवतीपोषण कार्यक्रमलाई अझ व्यापक बनाउने बताए ।  सो प्याकेजमा चामल, दाल, नुन, तेल, चना, माटर, सोयाविन पौष्टिक आहार लगायत खाद्यान्न सामग्री छन् ।

स्थानीयतहको निर्वाचन अघि जनतासँग गरिएका प्रतिबद्धता अनुसार आफू नगर प्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगर प्रमुख चौधरीले बताए ।

सुत्केरी अवस्थामा अतिविपन्न परिवारका महिलाले पोषिलो खानेकुरा खान नपाउँदा बच्चामा कुपोषण हुने तथा आमाको स्वास्थ्यमा पनि समस्या हुने जोखिम रहन्छ । त्यसलाई रोक्न थोरै भएपनि सहयोग गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरका हौँ’, उनले भने, ‘अहिले यो अत्यन्त प्रभावकारी हुँदै गएको छ ।’पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती  तथा सुत्केरीको अनुहार उज्यालिएको देख्दा सन्तुष्टि मिल्छ, उनले भने ।

फोटो

लहान नगरपालिकाका –२३ गाढाका विपन्न गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्नको प्याकेज वितरण गर्दै लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी । तस्विरः मिथिलेश यादव÷नागरिक
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस