नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
१३ जेष्ठ २०८२
•
२ मिनेट पाठ
नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
केही सातादेखि यता छिमेकी राष्ट्र चीन हुँदै भारतमा समेत कोरोना बढेपछि नेपाल सरकारले पनि सतर्कता अपनाउन सुरु गरेको छ । विगतका  वर्षहरूमा पनि भारतमा कोरोना बढेपछि नेपालमा फैलिएको अनुभवको कारण नेपाल समयमै सतर्क हुनु पर्ने इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रबल झाले बताए । ‘भारतमा बढेको देखेपछि हामीले पनि आफ्ना संयन्त्रणहरु तयारी अवस्थामा राखेका छौ’उनले भने ।




केही दिन अघि स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग तयारीको लागि छलफल गरेको र सीमा नाका, हवाई नाकाहरूमा हेल्थ डेस्क राखिसकेको जानकारी दिए । ‘सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकेका छौ, आवश्यक परेमा परीक्षण कीट तुरुन्तै पठाउने  गरी तयारी गरेका छौ’उनले भने । यसको साथै परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिसकेको झाले जानकारी दिए ।

भारतमा फैलिएको देखिएपछि नेपालको कोरोनाको स्थिति बारेमा पनि हेरिरहेको झाले बताए । नियमित परीक्षण गरिएको तथ्याकं अनुसार पछिल्लो समय ७ जनामा कोरोना पुष्टि भएको छ। ती मध्येमा १ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने ६ जना छिमेकी जिल्ला काभ्रेका हुन । काभ्रेका सक्रमितहरु भारतीय यात्रामा नदेखिएको हुनाले उनीहरूको स्थानीय कोरोना देखिन्छ ।

‘संक्रमितहरुलाई फोन सम्पर्क गरेर स्थितिको बारेमा जानकारी लिइसकेका छौ, उनीहरु सामान्य अवस्थामा छन्’उनले भने । संक्रमित पुष्टि भएका मध्ये सबै जना नियमित परीक्षणको क्रममा पुष्टि भएका हुन । अहिलेसम्म नेपालमा संक्रमित संख्या ह्वात्तै नबढेको हुनाले जिन सिक्वेन्सिङ नगरिएको निर्देशक झाले बताए । धेरैको संख्यामा पुष्टि भएको खण्डमा जिन सिक्वेन्सिङ गर्ने उनले जानकारी दिए ।

भारतमा देखिएको कोरोना कडा असर नदेखिएको र कडा प्रजातिको नभएको तर यसको असर वृद्धा तथा दीर्घ रोगीमा हुन सक्ने भएकोले सर्तक हनु पर्ने उनको  सुझाव छ । डा. झाको अनुसार सबै नागरिकहरूले भिडभाडमा जाँदा पहिलाको जस्तै मास्कको प्रयोग गर्ने, हातको सफाइ राख्ने काम गर्न अनुरोध गरे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखाका संयोजक डा. शेर बहादुर पुनले अहिले छिमेकी देशहरूमा देखिएको कोरोनाको असर कडा रुपमा नदेखिएको बताए । तर जोखिम उमेर समूह र दीर्घरोगीहरुलाई असर गर्न सक्ने भएकोले यी समूह सतर्क हुनु पर्ने डा. पुनको सुझाव छ । पुनको अनुसार विश्व स्वास्थ्य सङ्गठनले हाल विभिन्न देशमा देखिएको कोरोनालाई कडा कोरोना नभएको भनाइ सार्वजनिक गरेको हुनाले आत्तिइहाल्न आवश्यक नभएको बताए । ‘जुन स्तरमा हल्ला त्यो अनुसारको कडा भएको देखिँदैन’ उनले भने। 
अर्को समाचार
थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१३९० पुग्यो
२१ साउन २०७७
•
१ मिनेट पाठ
थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१३९० पुग्यो
पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ३८१ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबारमात्र थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ३ सय ९० जनामा संक्रमण पुष्टि भएको बताए । गौतमका अनुसार पछिल्लो २४ घन्टामा १३० जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ । 


बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस