निसासिँदो काठमाडौं उपत्यका : ९० दिनमा ७५ दिन श्वास फेर्नै गाह्रो
२१ चैत्र २०८१
•
३ मिनेट पाठ
निसासिँदो काठमाडौं उपत्यका : ९० दिनमा ७५ दिन श्वास फेर्नै गाह्रो
काठमाडौं उपत्यकावासीले विगत तीन महिनामा ७५ दिन अस्वस्थ हावामा सास फेर्न वाध्य भएको देखिएको छ । इसिमोडले गरेको एक समीक्षात्मक अध्ययनले यस्तो देखाएको हो ।




सन् २०२५ मा अत्यधिक प्रदूषण हुनु ‘सामान्य प्रक्रिया’ जस्तो देखिएको जनाउँदै इसिमोडका वैज्ञानिकले पश्चिमी नेपालमा खडेरीका कारण मनसुन शुरु हुनुु अघिको अवधीमा ठूलो स्तरमा बन ढडेलो लागेको कारण प्रदुषण ह्वात्तै बढेको जनाएका छन्  ।

हावाको प्रवाह थोरै बढेको कारण शुक्रवार वायु प्रदुषणको स्तरमा केही सुधार आएपनि यो साताभर वायु प्रदूषण भक्तपुर, शंखपार्क, रत्नपार्क, भैंसीपाटी, खुमलटार लगायतका क्षेत्रमा वायु गुणस्तर सुचकांक(एक्यूआई) २५० हो हाराहारीमा रहेको थियो । उच्च वायु प्रदूषणका कारण सर्वसाधारणलाई आँखा पोल्ने, खोकी लाग्ने, घाँटी खसखस हुने लगायत श्वासप्रश्वासजन्य रोगीहरु बढेको विभिन्न अस्पतालहरुले जनाएका छन् ।  

इसिमोडका वायु प्रदूषण विश्लेषक सागर अधिकारीका अनुसार पानी नपरेको कारण हालको सुख्खा अवस्थाले देशभरि वन डढेलोका घटनाहरू बढेका छन् । सार्वजनिक यातायात क्षेत्रले गर्ने उत्सर्जन, सडक धुलो लगायतका अन्य कारणले हुने उत्सर्जनलाई वन डढेलोले काठमाडौं उपत्यकाको प्रदूषणलाई झनै खराब बनाएको अधिकारी बताउछन् ।  

वन डढेलो लाग्दा कार्बन मोनोअक्साइड, अत्यन्त सुक्ष्म कणहरु अर्थात् पिएम २.५ लगायत कालो कार्बन उत्सर्जन हुने गर्दछ । वायु प्रदूषणका जिम्मेवार मानिने यी सुक्ष्म कणहरू श्वासप्रश्वासमार्फत् मानिसको रक्तप्रवाहमा सिधा प्रवेश गर्न सक्छन् । यिनै बिषाक्त कणहरुको कारण श्वासप्रश्वासको समस्या  देखि मानिसको मृत्यु समेत निम्तिन सक्छ ।  

त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसका सहायक प्राध्यापक नारायणबाबु धितालका अनुसार वन डढेलाले हुने मृत्युदर ठयाक्कै यति हो भनेर यकिन नभएकाले यसका लागि तथ्यांक संकलन गर्न आवश्यक छ ।

‘सन् २०१९ मा पिएम २.५ जस्ता सुक्ष्म कणहरुले नेपालमा कुल  ४८ हजारको मृत्यु भएको थियो । हामीले अध्ययनलाई  विश्लेषण गर्ने क्रममा ग्लोबल बर्डन अफ डिजिजका द्वितीय तथ्यांकलाई हेरेका थियौ,’ उनी थप्छन् ।  

वन जंगलमा हुने आगलागीबाट उत्सर्जित कालो कार्बन वा धुँवालाई जलवायु परिवर्तनको कारक समेत मानिन्छ । यसले  हिन्दूकुश हिमालय क्षेत्रमा रहेका जलवायु प्रणालीलाई समेत प्रभाव पार्ने क्षमता राख्दछ ।  

क्लिन एयर फन्डले हालै जारी गरेको एक अध्ययन प्रतिवेदनका अनुसार कालो कार्बनले हिमनदी पग्लने गतिलाई तीब्र पार्न र मनसुनको नियमित प्रक्रियालाई समेत परिवर्तन गर्न सक्दछ ।  

‘हामीलाई थाहा छ कि हिन्दुकुश हिमालयमा हिमनदी पग्लिनमा कालो कार्बनले उल्लेखनीय योगदान पु¥याएको छ ।  केही क्षेत्रमा त यो  प्रदूषकका कारण ३९ प्रतिशतसम्म हिउँ पग्लिएको पाइएको छ । कालो कार्बन उत्सर्जनलाई सम्बोधन गर्न समन्वित, वहुक्षेत्रीय दृष्टिकोण आवश्यक छ,’ इसिमोडका अर्का वायु प्रदुषण विश्लेषक खुश्वु शर्मा भन्छिन् ।  

‘यो गर्न सकेमा हाम्रा हिमनदीहरू मात्र सुरक्षित हुदैनन, यस क्षेत्रका लाखौं मानिसहरूको लागि सफा हावा सुनिश्चित हुन्छ,’  शर्मा भन्छिन् ।  

विशेषगरी वालीनाली थन्क्याएपछि बाँकी रहेका कृषि अवशेषहरु जलाउँदा निस्कने धुँवा र वन ढडेलोको कारण निस्कने धुँवाका कारण नेपालमा माघ, फागुन, चैत र वैशाख महिनामा प्रदूषण ह्वात्तै बढ्ने गरेको पाइन्छ ।

नेपालको वातावरण विभाग र अन्य निकायहरुको सक्रियतामा  देशका विभिन्न स्थानमा स्थापना गरिएको वायु गुणस्तर मापन केन्द्रहरुले देशव्यापी रुपमा प्रदूषणका हिसाबले ‘हटस्पटहरू’ पत्ता लगाउन सहज पारेको वैज्ञानिक ठान्छन् ।  

विश्वव्यापी रुपमा भैरहेको तापक्रम वृद्धिलाई सीमित गर्न लागि कार्बन उत्सर्जन कटौती गर्ने प्रयाशलाई प्रभावकारी पार्न एकातिर आवश्यक छ भने अर्काेतिर बन डढेलो निगरानी प्रणाली, दिगो भूमि व्यवश्थापन सहितको योजनाले भविश्यमा वायु प्रदुषण रोक्न सहयोगी हुने इसिमोडको वैज्ञानिकले बताएका छन् ।  
अर्को समाचार
प्रदूषणले बढे आँखाका बिरामी
२१ चैत्र २०८१
•
३ मिनेट पाठ
प्रदूषणले बढे आँखाका बिरामी
वायु प्रदूषणले धुम्मिएको काठमाडौं। तस्बिर: दिपेश दर्शनधारी/नागरिक
काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि आँखामा एलर्जीलगायत समस्या देखिन थालेको अस्पतालहरूले जनाएका छन्। बिपी कोइराला आँखा अस्पतालका अनुसार केही दिनयता अस्पतालमा आँखा चिलाउने, पोल्ने, थाकेको अनुभूति हुनेजस्ता समस्या लिएर उपचार गर्न आउने मानिसको संख्या बढेको छ। अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. रन्जु सिटौलाले अस्पताल आउनेमध्ये १५ प्रतिशतमा प्रदूषणसँग सम्बन्धित समस्या देखिएका छन्। यो अस्पतालमा दैनिक पाँच सयजना आँखाका विरामी उपचारमा आउँछन्।




नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले पनि एक सातादेखि वायु प्रदूषणसँग सम्बन्धित बिरामी आउन थालेको जनाएको छ। अस्पतालका अनुसार बिरामीले आँखा पोल्ने, चिलाउने, पिरो हुने, आँखा खोलेर हेर्दा असहज हुने लगायत सिकायत गरेका छन्। यो अस्पतालमा उपचारका लागि आएका कुल बिरामीमध्ये १२ प्रतिशतमा यस्तो समस्या देखिएको छ। यस अस्पतालमा दैनिक सात सय बिरामी उपचारका लागि पुग्छन्।

आँखाका बिरामीमा सामान्य, मध्यमदेखि उच्च तहसम्मको समस्या देखिएको र सोहीअनुसारको उपचार गरिररहेको बिपी कोइराला आँखा अस्पतालकी  डा. सिटौलाले बताइन्। ‘कतिपय बिरामीलाई आँखा संक्रमण भएर पाक्न थालेपछि एन्टिबायोटिकसमेत दिन थालेका छौं,’ उनले भनिन्। आँखाका बिरामी चार दिनयता ह्वात्तै बढेको उनको भनाइ छ।

एलर्जीको समस्या लिएर आएका आँखाका बिरामी प्रदूषणसँग सम्बन्धित रहेको डा. सिटौलाको भनाइ छ। ‘प्रदूषणले आँखाको सतही भागमा असर पारेको छ,’ उनले भनिन्। रसायनयुक्त प्रदूषण आँखामा पसेपछि एलर्जी बढेको उनले बताइन्।

काठमाडौं उपत्यकासहित छिमेकी देशका प्रमुख सहरमा उच्च वायु प्रदूषणका कारण आँखाका बिरामी बढेको नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलले बताए।

उनका अनुसार यो मौसममा दुई प्रकारको प्रदूषणका कारण आँखामा एलर्जीजन्य समस्या बढेको हो। प्रदूषित वायुमा धुलोको दुई किसिमका कण हुन्छन्। एउटा माटोमै गएर टाँसिन्छ अर्को आँखा वा श्वासप्रश्वास नलीको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ। जसका कारण आँखा र नाकमा एलर्जीको समस्या बढेको देखिन्छ। आँखा तथा नाकमा रासायनयुक्त कण र रुखबिरुवा फुल्दा खस्ने धुलोको कण प्रवेश गरेपछि एलर्जी हुन्छ।

चिकित्सकले पानी नपरुन्जेल वा प्रदूषण नघटुन्जेल एलर्जीलगायतका समस्या हुने भएकाले सतर्क हुन सुझाएका छन्। यस्तो वातावरणमा सकेसम्म घरबाहिर ननिस्कने, निस्कनै परेमा सवारीसाधनको प्रयोग गर्ने, आँखा छोप्ने खालको चस्मा लगाउनुपर्छ।

घरबाहिर गएर आएपछि सफा पानीले आँखा धुने र आँखामा एलर्जी भए चिकित्सकको सल्लाहबमोजिम आइड्रप या अन्य औषधि प्रयोग गर्न सकिन्छ। एलर्जीले आँखा पोलेमा आइसप्याकले पनि सेक्न सकिने चिकित्सक बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा केही सातादेखि वायु प्रदूषण बढ्दा त्यसको असर जनस्वास्थ्यमा परेको जनाएको छ। जनस्वास्थ्य हितका लागि सूचना जारी गर्र्दै मन्त्रालयले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्युआई) सूचकांकअनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ।  

एक्युआई मापनअनुसार शून्यदेखि ५० सम्म स्वच्छ, ५१ देखि एक सयसम्म सामान्य, एक सय एकदेखि एक सय ५० सम्म सम्भावित जोखिम, एक सय ५१ देखि दुई सयसम्म अस्वस्थकर, दुई सय एकदेखि तीन सयसम्म अत्यधिक अस्वस्थकर र तीन सय एकभन्दा माथि खतरनाक मानिन्छ। एक्युआई मापनअनुसार हाल काठमाडौंको वायु प्रदूषण खतरनाक तह  (तीन सय ४८) मा पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी समस्या, आँखा, नाक, घाँटी र छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाएका छन्।

स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क र चश्मा लगाउन, अत्यधिक प्रदूषित क्षेत्रमा नजान, कुनै समस्या देखिए चिकित्सकको सम्पर्कमा जान सबैलाई अपिल गरेको छ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस