नेपालीमा बढ्यो आन्द्राको क्यान्सर
३० फागुन २०८१
•
६ मिनेट पाठ
नेपालीमा बढ्यो आन्द्राको क्यान्सर
भक्तपुर  सिर्जनानगरका ६३ वर्षीय  बुद्धिकृष्ण श्रेष्ठलाई गत असोजदेखि  दिसाको आनीबानीमा फरक पर्दै गयो ।  कुनै दुखाइ बिना नै दिनको दश/बाह्र पटक दिसा हुन थाल्यो । यो दैनिकी उनको लागि सहज भएन । विशेष गरी घर बाहिर  टाढा जाँदा अप्ठेरो पर्‍यो ।  उनी स्थानीय अस्पताल, छाउनी अस्पतालमा पुगे । सुरुमा औषधी सेवन गरे । निको नभएपछि कोलोनोस्कोपी गरे । ठूलो आन्द्रामा मासु पलाएको भेटियो । मासुको जाँच गर्दा क्यान्सर पुष्टि भयो ।




भक्तपुर क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. पुष्य खरवुजाको समूहले आन्द्राको शल्यक्रिया गरे । त्यसपछि  भक्तपुर क्यान्सर अस्पतालमै एमआरआइ गर्दा तेस्रो चरणको क्यान्सर पहिचान भयो । उनी मंगलवार फलोअपको लागि अस्पताल पुगेका हुन । तेस्रो चरणको क्यान्सर भएकोले किमोथेरापी र रेडियोथेरापी उपचारको लागि चिकित्सकले सुझाएका छन् ।

प्यूठानकी ३७ वर्षीया भुमा कुमारी थापाको पनि गत साता यही अस्पतालमा ठूलो आन्द्राको शल्यक्रिया गरिएको छ । उनी बुधवार उनको डिस्चार्ज भयो । विवरण अनुसार उनको गत वैशाखदेखि खाना खाएपछि बान्ता हुन सुरु भयो । सुरुमा ग्याष्टिकको उपचार गरिन । निको भएन । फागुनमा  भरतपुर क्यान्सर अस्पतालमा पुगिन । अस्पतालमा ठूलो आन्द्राको क्यान्सर भएको पुष्टि भयो । उनी आफ्नो रोजाइमा थप उपचारको लागि यो अस्पताल  पुगेकी हुन । ढिला  उपचारमा पुगेको कारण उनको क्यान्सर पनि तेस्रो चराण्मा फैलिएको उनको उपचारमा संलग्न चिकित्सक डा. खरवुजाले बताए । क्यान्सरको डल्लोले आन्द्राको बाटो बन्द भएपछि उनमा बान्ता हुने समस्या भएको डा. खरवुजाले बताउँछन् ।

अस्पतालमै भर्ना भएका सल्यानका ४५ वर्षीय कृष्ण बहादुर चन्दको बुधवार मात्र आन्द्राको शल्यक्रिया भएको छ । उनको गत कात्तिकदेखि पेट दुख्ने समस्या भएपछि उनी उपचारको लागि विभिन्न अस्पताल पुगे । ढिला मात्र क्यान्सरको पहिचान भएपछि शल्यक्रियाको लागि अस्पताल पुगेका हुन । उनको पनि आन्द्रामा ट्युमर पलाएर दुखाइ बढेको डा. खरबुजाले बताए । 

सर्जिकल अन्कोलोजिस्ट डा. पुष्य खरवुजा
यी तीन वटा बिरामी बाहेक अस्पतालमा ठूलो आन्द्राको क्यान्सरको कारण मार्च महिनामा मात्र ११ जनाको शल्यक्रिया भइसकेको छ ।  अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. खरवुजाका अनुसार उनले मात्र वर्षमा कम्तीमा ६०  वटा यस्तो सर्जरी गरेका छन् । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरको अनुसार गत आर्थिक वर्षमा मात्र दुई सय ४० जना ठूलो आन्द्राको क्यान्सरका बिरामी छन् । नेपालमा ठूलो आन्द्राको क्यान्सर कति छ भन्ने बिषयमा यकिन तथ्याकं छैन । विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार  कुल क्यान्सरको ११ प्रतिशत पाचन प्रणालीको क्यान्सर छ भने त्यसको ५ देखि ७ प्रतिशत ठूलो आन्द्राको क्यान्सर छ । 

चिकित्सकका अनुसार ठुलो आन्द्रा र मलद्वारको भागमा हुने क्यान्सर ठुलो आन्द्राअन्तर्गतको क्यान्सर हो। धेरैजसो पेटमा कुनै समस्या देखिनेबित्तिकै ग्यास्टिक भन्दै ग्यास्टिकको उपचार गर्ने चलनले यो रोगको पहिचान ढिला हुन्छ।

‘धेरै महिना ग्यास्टिकको उपचारपपछि मात्र रोग पहिचान भएको हुन्छ,’ भरपुर क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. गंगा सापकोटाले भने। उनका अनुसार यो अस्पतालमा ७० प्रतिशत तेस्रो र चौथो चरणको क्यान्सर लिएर पुग्छन्। उपचारमा पुगेकामध्ये ६० प्रतिशत तेस्रो, २० प्रतिशत दोस्रो र २० प्रतिशत चौथो चरणको क्यान्सरका हुने गरेको उनी बताउँछन्।

आन्द्राको क्यान्सरको बारेमा जनचेतनाको कमी हुनु र पहिचानमा स्वास्थ्य प्रणालीमा अनिवार्य नभएकाले यो ढिला मात्र पहिचान हुने गरेको डा. पुण्य खर्बुजाको  भनाइ छ। ४५ वर्षपछि यो क्यान्सर देखिने जोखिम बढी हुने भएकाले ४५ वर्ष पुगेपछि अनिवार्य रूपमा आन्द्राको जाँच हुनुपर्नेमा तर नेपाली समाजमा त्यो अभ्यास छैन।

विकसित देशमा ४५ वर्ष पुगेपछि अनिवार्य रूपमा वर्सेनि आन्द्राको परीक्षण हुन्छ। स्वास्थ्य प्रणालीले निःशुल्क रूपमा आन्द्राको परीक्षण गर्ने व्यवस्था गरेको हुन्छ। तर नेपालमा यो विषयमा कुनै व्यवस्था नभएको चिकित्सक बताउँछन्। ‘केही नभएसम्म व्यक्ति उपचारमा जाँदैनन्, केही भएपछि रोग छिप्पिसकेको हुन्छ,’ डा. खर्बुजाले भने।

पछिल्लो समय गलत खानपानको अभ्यास, रातो मासुको प्रयोग, विषादीयुक्त तथा रसायनयक्त खानाको प्रयोग हुनु र आरामदायी जीवनशैलीले मानिसमा मोटोपना बढेका कारण ठूलो आन्द्राको क्यान्सर बढेको चिकित्सक अनुमान छ।

क्यान्सर शल्य चिकित्सक डा. गंगा सापकोटा
भरतपुर अस्पतालका क्यान्सर शल्य चिकित्सक डा. सापकोटाका अनुसार गलत जीवनशैलीको कारण हुने क्यान्सर बढी देखिएको छ। त्यसमावा उमेरमै हुने बढेका छन्। ‘२० वर्षमुनिका मानिसमा पनि यो क्यान्सर देखिएको छ, यो राम्रो होइन,’ डा. खर्बुजाले भने।

आफ्नो परिवारको सदस्यको आन्द्रामा पोलिभ (आन्द्रामा सानो सानो मासुको फोका) छ भने पछि गएर छोराछोरीमा यो पोलिभ देखिन सक्छ। पोलिभको समयमै उपचार भएन भनेपछि गएर आन्द्रामा क्यान्सर हुन्छ। अहिले नेपालमा वर्गर, फ्राई चिकनका परिकार बढी खाने चलन छ,’ उनले भने।

यसका साथै रातो मासुको अचार बनाएर, भुटेर, छोइला बनाएर र सुकुटी बनाएर, पोलेर धेरै दिन भण्डारण गरेर खाने चलनले पनि आन्द्राको क्यान्सर बढेको देखिन्छ। ‘यसरी खाइने मासुमा ढुसी र कार्सिजेनिक तत्त्वहरू हुन्छ, जुन हामीले दैनिक खाइरहेका छौं,’ उनले भने। बजारमा उपलब्ध खानासमेत रसायनयुक्त हुने र ताजा नहुने कारण पनि यो क्यान्सर बढेको उनको भनाइ छ।

नियमित परीक्षणबाट बच्न सकिने

यो क्यान्सर सुरुमै पहिचान भएमा शल्यक्रियापछि पुरै निको हुन्छ। तर ढिला भएमा शरीरको अन्य भागमा फैलिने जोखिम भएको हुनाले समयमै पहिचान गरी छिटो उपचारमा पुग्नु नै उचित उपाय भएको चिकित्सक बताउँछन।

ठूलो आन्द्राको क्यान्सर दोस्रो र तेस्रो चरणमा पुगेकाहरू उपचारपछि ७० प्रतिशत पाँच वर्षसम्म मात्र बाँच्छन्। शरीरको अन्य भागमा फैलिए पनि पुनः शल्यक्रिया गर्ने, किमोथेरापी र रेडियोथेरापी उपचारकोे माध्यमवाट बच्न सक्छन्। पछिल्लो समय नेपालमा ठूलो आन्द्राको शल्यक्रिया ल्यापरस्कोपिक विधिबाट नै हुने भएकाले पहिला जस्तो ठूलो घाउ बनाउनुपर्दैन। यो क्यान्सरको सर्जरी भने क्यान्सर शल्य चिकित्सकसर्जनबाटै गरे पनि परिणाम राम्रो हुने चिकित्सक बताउँछन्।

नियमित परीक्षणले यो रोगको सुरुमै पहिचान हुन्छ। लाग्नै नदिनका लागि स्वस्थ्य जीवनशैली र वंशाणुगत रूपमा हुने पलिभ (आन्द्रामा हुने सानो फोका)को समयमै शल्यक्रिया गरी फाल्न सकिन्छ। नियमित दिसापिसाबमा परिवर्तन आउने, बिहान, दुई/तीन दिनपछि हुने, कहिले कडा, कहिले पातलो दिसा हुने, हरेक पटक दिसा गर्दा पूरा नभएजस्तो अनुभव हुने, दिसाबाट रगत आउने, वान्ता हुने, पेट फुल्ने र व्यक्ति दुब्लाउँदै जाने जस्ता लक्षण भएमा आन्द्राको क्यान्सर भएको हुन सक्छ। यस्तो लक्षण देखिएमा कतिपय बिरामी पायल्स या ग्यास्ट्रिकको औषधी सिधै किनेर खाने चलन देखिन्छ।

चिकित्सकहरू यसको सट्टा रोगको यकिन पहिचान गरेपछि मात्र औषधी सेवन गर्न सुझाउँछन्। यसका साथै केही समस्या नदेखिए पनि ४५ वर्ष पुगेका व्यक्तिले नियमित रूपमा दिसा जाँच गर्ने, दिसामा रगत भेटिएमा र आवश्यक परेमा कोलोनोस्कोपी गर्न सकिन्छ। कोलोनोस्कोपीबाट आन्द्राको क्यान्सर सुरुमै थाहा पाउन सकिन्छ।

कुनै पनि क्यान्सर लाग्न नदिनका लागि नियमित स्वास्थ्य परिक्षण, ताजा तथा सन्तुलित खानपानमा ध्यान दिने, तौल नियन्त्रणमा राख्ने, मदिरा सेवन नगर्ने र नियमित व्यायम गर्ने जस्तो स्वस्थ जीवनशैली अपनाउन चिकित्सकको सुझाव छ। हरेक नागरिकको समयमै क्यान्सर पहिचान गर्न सरकारले ४५ वर्ष पुगेका नागरिकको निःशुल्क या स्वास्थ्य बिमा प्रणालीबाट अनिवार्य आन्द्राको जाँच गर्ने प्रणालीको व्यवस्था गरेमा यो क्यान्सरबाट बच्न सकिने चिकित्सकको सुझाव छ।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस