हृदय चकनाचुर हुँदा मान्छे मर्छ?
०२ फागुन २०८१
•
६ मिनेट पाठ
हृदय चकनाचुर हुँदा मान्छे मर्छ?
मानौं, भ्यालेन्टाइन्स डेको दिनमा तपाईंको हृदय कसैले चकनाचुर बनाइदियो। यस्तो बेलामा के हुन्छ? यसलाई बुझ्न वैज्ञानिक तथा चिकित्सकहरू ‘हार्ट अट्याक’ र ‘ब्रोकन हार्ट सिन्ड्रोम’बारे जान्नुपर्ने बताउँछन्।




जब कसैको मायामा कसैले धोका महसुस गर्छ, त्यो बेला जेजस्ता शारीरिक पीडा महसुस हुन्छ, त्यसलाई ब्रोकन हार्ट सिन्ड्रोम भनिन्छ। त्यसलाई केहीले टाकोट्सुबो कार्डियोमायोप्याथी पनि भन्ने गरेका छन्। यो अवस्था गम्भीर मानसिक वा शारीरिक तनावले उत्पन्न हुन्छ र त्यसका लक्षणहरू हृदयाघातका जस्तै देखिन्छन्। जापानी भाषाबाट आएको ‘टाकोट्सुबो’ शब्दले चाहिँ अक्टोपस जाललाई बुझाउँछ। किनभने ब्रोकन हार्ट सिन्ड्रोम भएके अर्थात् हृदय भाँचिएको अवस्थामा मुटुको बायाँ भेन्ट्रिकलले ‘बेलुन’जस्तो आकार लिने गरेको इमेजिङ अध्ययनहरूमा देखिने गरेको छ।

मन टुट्नु वा हृदय भाँचिनु भावनात्मक दुखाइ मात्र होइन। यस्तो बेलामा शरीरले पनि शारीरिक रूपमा पीडा महसुस गर्न सक्छ। केही महिनाअघि क्लिभल्यान्ड क्लिनिकले जारी गरेको तथ्यांकअनुसार हृदयाघात ठानिएको लगभग २५ बिरामी वास्तवमा ब्रोकन हार्ट सिन्ड्रोमका हुने गरेका छन्। उनीहरू हृदयघात भएको महसुस गरेर अस्पताल पुगे देखिएको चाहिँ ब्रोकन हार्ट सिन्ड्रोम थियो। यस्तो सिन्ड्रोममा धेरै जना अल्मलिने भएकाले यसको प्रतिशत अझ बढी हुन सक्ने विश्वास विज्ञहरूको छ। यसका लक्षणहरू प्रायः धेरैजसो सामान्य मुटुको व्यथाजस्तै देखिन्छन्। यसलाई धेरैजसो चिकित्सकले बुझ्न नसक्दा उपचारमा निकै जटिल अवस्थासमेत आउने सम्भावना हुन्छ। हृदय छियाछिया भएको वा मन भाँचिएको कुनै स्त्री वा पुरूष मर्ने सम्भावना कत्तिको हुन्छ? यसबारे युटीहेल्थ ह्युस्टन र मेमोरियल हर्मन हेल्थ सिस्टमबाट प्रमाणित कार्डियोलोजिस्ट डा. वहाज अमान बडो रोचक उत्तर दिन्छन्।

ब्रोकन हार्ट सिन्ड्रोम के हो?

ब्रोकन हार्ट सिन्ड्रोम, जसलाई स्ट्रेस इन्ड्युस्ड कार्डियोमायोप्याथी पनि भनिन्छ। यो प्रायः हृदयाघातजस्तै देखिन्छ तर वास्तविक हृदयाघातभन्दा फरक हुन्छ। बिरामीहरूलाई क्याथेटेराइजेसन ल्याबमा मूल्यांकन गर्दा उनीहरूका धमनीहरूमा प्रायः कुनै महत्वपूर्ण ब्लकेज वा कोरोनरी धमनीमा हुनुपर्ने कुनै रोग देखिँदैन।

ब्रोकन हार्ट सिन्ड्रोम प्रायः गम्भीर भावनात्मक घटनाहरू वा गम्भीर शारीरिक तनावले उक्साउने गर्छ। यद्यपि यसको सटीक तन्त्रहरूका बारेमा अझै अध्ययन भइरहेकै छ। त्यसका बाबजुद पनि अनुसन्धानकर्ताहरूलाई के लागिरहेको छ भने एड्रेनालिन जस्ता तनाव हर्माेनहरूको अचानक वृद्धिले हृदयलाई अस्थायी रूपमा यति प्रभावित तुल्याउँछ कि मुटुले अचानक असामान्य रूपमा काम गर्न छाड्छ।

ब्रोकन हार्ट सिन्ड्रोम कति खतरनाक छ?

‘मर्ने जोखिम लगभग २० प्रतिशत छ तर उमेर, हार्ट फेलरको गम्भीरता र अन्य स्वास्थ्य समस्याहरूजस्ता कारकले प्रोग्नोसिसलाई बिगार्न सक्छ। यसमा आश्वस्त पार्ने कुरा के छ भने धेरै बिरामीले केवल एकदेखि चार हप्ताभित्र नै मुटुको कामलाई पुनः सहज अनुभव गर्न थाल्छन्।

ब्रोकन हार्ट सिन्ड्रोमका लक्षणहरू

ब्रोकन हार्ट सिन्ड्रोमका लक्षणहरू हृदयाघातका लक्षणहरू जस्तै हुन सक्छन्। प्रायः चिकित्सकीय मूल्यांकनबिना दुईबिच भिन्नता पत्ता लगाउन गाह्रो हुन्छ। सबैभन्दा सामान्य लक्षणहरूमा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, बेहोस हुनुका अतिरिक्त अनियमित हृदयगति (अरिथमिया), थकान महसुस हुने, पसिना आउने, रिङ्टा लाग्ने, उल्टी हुनेजस्ता समस्या देखिन्छन्। कसैमा यी लक्षणहरू अनुभव भए तुरुन्त चिकित्सकीय सहायता लिनैपर्छ। ब्रोकन हार्ट सिन्ड्रोम प्रायः उल्ट्याउन सकिने भए पनि यसलाई तुरुन्त निदान र उपचारको आवश्यकता पर्छ।

ब्रोकन हार्ट सिन्ड्रोमका कारणहरू

अप्रत्यासित नराम्रा खबर, प्रियजनको मृत्युले गर्दा शोक, ब्रेकअप, पारपाचुके वा कसैले चिटिङ गरे, पारिवारिक द्वन्द्व भए, घरेलु हिंसा, आर्थिक नोक्सान, चोटपटक लागे ब्रोकन हार्ट सिन्ड्रोम देखिने चिकित्सकहरू बताउँछन्।

ब्रोकन हार्ट सिन्ड्रोमको जोखिम कसलाई हुन्छ?

वैज्ञानिकहरूका अनुसार पुरुषहरूको तुलनामा महिलाहरू यसबाट बढी प्रभावित देखिएका छन्। सन् २०२१ मा जर्नल अफ द अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित एउटा अध्ययनले २००६ देखि २०१७ सम्म ब्रोकन हार्ट सिन्ड्रोमका एक लाख ३५ हजारभन्दा बढी समस्याहरूको विश्लेषण गर्दा महिलाहरूमा ८८.३ प्रतिशत देखिएको थियो। जसमा ५० देखि ७४ वर्षका महिलामा यो सबैभन्दा बढी देखिएको थियो।

ब्रोकन हार्ट सिन्ड्रोमको निदान कसरी गरिन्छ?

बिरामीहरूलाई क्याथेटेराइजेसन ल्याबमा लगिन्छ, जहाँ कोरोनरी एन्जियोग्राम गरिन्छ। कोरोनरी एन्जियोग्राम एक विशेष इमेजिङ परीक्षण हो, जसले कन्ट्रास्ट डाइ र एक्स–रे प्रयोग गरेर हृदयलाई रगत आपूर्ति गर्ने धमनीहरूलाई देखाउँछ। यसले डाक्टरहरूलाई ब्लकेज वा साँघुरो धमनीहरूले लक्षणहरू सिर्जना गरेको हो कि भन्ने जान्न मद्दत गर्छ। एन्जियोग्रामको अतिरिक्त, डाक्टरहरूले प्रायः मुटुको अल्ट्रासाउन्ड गर्छन्, जसलाई इकोकार्डियोग्राम पनि भनिन्छ। यसले प्रायः मुटुको तल्लो भाग वा एपेक्समा गतिमा कमी देखाउँछ।

ब्रोकन हार्ट सिन्ड्रोमको उपचार के त?

यसको उपचार प्रायः सहायक हुन्छ। जसले लक्षणहरू व्यवस्थापन गर्न र हृदयलाई समय बित्दै जाँदा प्राकृतिक रूपमा निको हुन मद्दत गर्छ। यस दृष्टिकोणमा बिरामीलाई स्थिर बनाउन आवश्यक भए नजिकबाट निगरानी गरिन्छ। ज्यादै आवश्यक परे औषधि चलाइन्छ। उदाहरणका लागि बिरामीमा हार्ट फेलरका समस्या देखिन थालेमा त्यस्तो एउटा सम्भावित जटिलताका बेला मुटुको कामलाई सहज पार्न र निको हुन प्रोत्साहन दिन औषधि दिने सम्भावना हुन्छ।

ब्रोकन हार्ट सिन्ड्रोम हृदयाघातभन्दा केमा फरक छ त?

चिकित्सकहरू भन्छन्– दुईबीच भिन्नता पत्ता लगाउने एक मात्र तरिका कोरोनरी एन्जियोग्राफी गर्नु हो। यो परीक्षणले चिकित्सकहरूलाई कोरोनरी धमनीहरूलाई नजिकबाट जाँच गर्न अनुमति दिन्छ। त्यसबाट लक्षणहरूको मूल कारण पत्ता लगाउन सकिन्छ।

डाक्टर कहिले भेट्ने?

छातीमा असजिलो महसुस हुनु, सास फेर्न गाह्रो हुनु, रिँगटा चल्नु, बेहोस हुनु, अनियमित हृदयगति देखिनु वा अन्य गम्भीर लक्षणहरू गम्भीर मानसिक वा शारीरिक तनावको अवधिपछि अनुभव गर्नु भएको छ भने यस्तो बेलामा यस्तै हो भनेर नबस्नोस्। तुरुन्त घरमा सल्लाह गर्नुहोस् वा एम्बुलेन्सलाई १०० मा डायल गरिहाल्नुहोस्। ब्रोकन हार्ट सिन्ड्रोमका लक्षणहरू प्रायः हृदयाघातजस्तै देखिने भए पनि वास्तविक कारण निर्धारण गर्न चिकित्सकीय मूल्यांकन नै चाहिन्छ।

तपाईंको भर्खरै ब्रेकअप भएको छ वा कुनै प्रियजनको निधनको शोकमा हुनुहुन्छ र कडा किसिकमको संवेदना र भावनाहरूबिच संघर्ष गर्दै हुनुहुन्छ भने चिनेजानेका चिकित्सकसँग सम्पर्क गर्न हिचकिचाउनुहुन्न। उनीहरूले तपाईंलाई यस्तो अवस्थामा पर्याप्त सहयोग गर्न सक्छन्। यस्तो बेलामा विश्वसनीय साथीहरू र परिवारको साथ र सहयोग लिँदा कठिन समयमा पनि सान्त्वना र शक्ति दिन्छन्। महत्वपूर्ण तनावको प्रभावहरूसँग भिड्दै गर्दा तपाईंको शारीरिक स्वास्थ्यको हेरचाह गर्नुजत्तिकै महत्वपूर्ण तपाईंको भावनात्मक हेरचाह गर्नु पनि हुन्छ भन्ने बिर्सनुहुँदैन।
अर्को समाचार
सरकारीमा छैन रेबिजविरुद्धको नि:शुल्क खोप, चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्न बाध्य सेवाग्राही
२३ वैशाख २०८२
•
१ मिनेट पाठ
सरकारीमा छैन रेबिजविरुद्धको नि:शुल्क खोप, चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्न बाध्य सेवाग्राही
यहाँको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो।




अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन्। 'एक हप्ता अगाडिसम्म अस्पतालमा ६० भाइलसम्म खोप उपलब्ध थियो,' अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले भने, 'अहिले पूरै सकिएको छ, सार्वजनिक सूचनानै जारी गरेर रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेका छौँ।'

आपूर्ति व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने निःशुल्क खोप अभाव भएकाले उनले सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीले लगाइदिने बताए।

'रेबिजविरुद्धको खोप लगाउने कार्य बन्द गरेका छैनौँ,' उनले भने, 'खोप अभावले निःशुल्क सेवा मात्रै छैन।' उनका अनुसार महिनामा अस्पतालमा रेबिजविरुद्धको ४०० देखि ५०० भाइल खोप खपत हुने गरेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोप अभाव भएकाले खोप उपलब्ध हुन एक हप्ता लाग्ने जानकारी पाएको उनले बताए।

अस्पतालसँगै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरूमा पनि निःशुल्क उपलब्ध हुँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। पिपलाडी स्वास्थ्य चौकीका प्रमुख दुर्गा भट्टका अनुसार रेबिजविरुद्धको खोप अभाव भएको तीन साता बढी भइसकेको छ। माग गर्दै आए पनि हालसम्म आपूर्ति हुन नसकेको उनले जानकारी दिए।

खोप अभाव भएपछि चर्को मूल्यमा सेवाग्राहीले निजी मेडिकलबाट रेबिजविरुद्धको खोप खरिद गर्न बाध्य छन्। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस