द्वन्द्वपीडितलाई औषधि किन्नै धौधौ
०६ असोज २०८१
•
३ मिनेट पाठ
द्वन्द्वपीडितलाई औषधि किन्नै धौधौ
मुगुकी विजयसरा शाही सुर्खेतको वीरेन्द्रनगरमा बस्छिन्। उनको बायाँ हात छैन। कालीकोट जन्मघर भएकी उनी कक्षा ८ मा पढ्थिन्। २०५६ सालको जेठमा उनी १४ वर्षकी मात्रै थिइन्। विद्यालय जाँदै गर्दा नजिकैको प्रहरी चौकीमा तत्कालीन विद्रोही माओवादी लडाकु आक्रमण गरेर फर्कंदै थिए।




बाटामा फेरि माओवादी र सेनाबीच भिडन्त भयो। हातमा किताब–कापी बोकेकी विजयसरालाई माओवादी ठानेर सेनाले गोली बर्सायो। उनको बायाँ पाखुरा र बायाँ खुट्टामा गोली लाग्यो। सेनाको गोलीकै कारण उनले बायाँ हात गुमाउनुपर्‍यो।

सशस्त्र द्वन्द्वका बेला घाइते भएकी विजयसरा अहिले अपांगता जीवन बिताइरहेकी छन्। वीरेन्द्रनगरमा उनी पति, एक छोरा र एक छोरीका साथमा बस्छिन्। उनको परिवारलाई शारीरिक समस्यासँगै आर्थिक समस्या पनि छ।

पति पदम परियारको खुट्टामा क्यान्सर छ। ‘सरकारले दिएको खर्च भनेकै द्वन्द्वपीडितलाई जीवन निर्वाह भत्ता हो। त्यो हामीले पाइरहेका थियौं,’ उनले भनिन्, ‘त्यो पनि २०७४ को फागुनबाट पाएका छैनौं। अहिले हामीलाई परिवारको खर्च धान्नै मुस्किल छ, यस्तोमा कहाँबाट आफूहरूको उपचार गर्नु ?’

तत्कालीन सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्ष (माओवादी) बाट सुर्खेतकी मनीषा (नाम परिवर्तन) सामूहिक बलात्कृत भइन्। उनी अहिले शारीरिक रूपमा मात्रै अशक्त होइन, मानसिक रूपमा पनि विक्षिप्त छिन्। विद्यालयबाट घर फर्किंदै गर्दा २०५६ सालमा विजयसरालाई विद्रोही पक्षले अपहरण गर्‍यो। जबर्जस्ती आफूसँग हिँड्न बाध्य पारेपछि उनी करिब दुई महिना विद्रोही पक्षसँग हिँडिन्। त्यतिबेला उनी जम्मा १३ वर्षकी थिइन्। उनलाई सँगै हिँडाउने समूहले नै उनीमाथि सामूहिक बलात्कार गरेर जंगलमा छाडिदियो। संयोगले चिनेजानेकाले फेला पारेर परिवारको जिम्मा लगाए। मनीषालाई अहिले दैनिक खाने औषधिकै जोहो गर्नसमेत हम्मेहम्मे परिरहेको छ।

एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट पीडित परिवारहरूमा स्वास्थ्य समस्यासँगै दयनीय आर्थिक अवस्थाले ठुलो पीडा निम्तिएको छ। छोराछोरीलाई राज्यका तर्फबाट उच्च शिक्षासम्म निःशुल्क अध्ययन, परिवारको गाँस, बास र कपासको ग्यारेन्टी तथा योग्यताअनुसारको रोजगारीका लागि द्वन्द्वपीडितले संघर्ष गरेको पनि वर्षौं भइसक्यो। संघर्ष गर्दागर्दै कति द्वन्द्वपीडितले आफ्नो ज्यानसमेत गुमाइसकेका छन्। ‘हामीलाई गाँस, बास र कपासको ग्यारेन्टी राज्यले गरिदिनुप¥यो,’ विजयसराले भनिन्, ‘द्वन्द्वका बेला पाएका पीडाको अनि मात्रै मूल्यांकन भएको ठहरिनेछ।’

शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने भन्दै हालै बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। अब कार्यविधि बनाएर त्यसलाई कार्यान्वयन गर्न बाँकी छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनका लागि आयोग गठन हुन बाँकी छ। विधेयक पारित भएसँगै द्वन्द्वपीडितहरूमा न्याय पाउने केही झिनो आशा पनि पलाएको देखिन्छ।

कालिकोटकी पद्मा तिरुवा द्वन्द्वपीडितको पीडा अझ धेरै लम्ब्याउन नहुने बताउँछिन्। ‘न्याय पाउने आशामै केही मरिसके, औषधोपचार खर्च नपाएर केही मर्ने अवस्थामा छन्,’ उनले भनिन्, ‘चाँडोभन्दा चाँडो आयोग गठन गरेर द्वन्द्वका घाउमा मलम लगाउनेतर्फ सम्बन्धित सबै पक्ष लाग्नुपर्छ।’
अर्को समाचार
बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता
१२ जेष्ठ २०८२
•
१ मिनेट पाठ
बेपत्ता व्यक्तिका परिवारलाई न्याय दिनेगरी काम गर्ने आयोगको प्रतिबद्धता
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौताले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुनेगरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।




सशस्त्र द्वन्द्वका पीडित परिवारसँग भएको भेटमा उनले भनिन्, “हामीले पीडित परिवारलाई चित्त बुझ्ने गरी, न्याय हुनेगरी खोजतलास गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको, के कारणले, कसले, किन बेपत्ता बनाएको हो भन्ने कुरा पत्ता लगाएपछि पीडितलाई न्याय हुने गरी परिपूरणको निम्ति सिफरिस गरिन्छ।”

उनले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन-२०७१’ बमोजिम विनियमावलीको निम्ति प्रारम्भिक मस्यौदा तयारी भएको बताइन्। विनियमावलीलाई सर्वमान्य बनाउन मस्यौदामाथि द्वन्द्वपीडित परिवारसँग छलफलपछि मात्रै पूर्णता दिने अध्यक्ष गड्तौलाको भनाइ छ।

“सङ्क्रमणकालीन न्याय भनेको पीडित केन्द्रित हुनुपर्छ, पीडितमैत्री हुनुपर्छ, सङ्क्रमणकालीन न्यायको भावना अनुसार काम गर्ने हो, त्यसैले नियमावलीमा पीडितको सुझाव अनिवार्य छ”, उनले भनिन्।

अहिलेसम्म आयोगले गरेका कामको समीक्षा गर्दै अगाडि बढ्ने गरी आयोगले कार्ययोजना पनि तयार गरेको छ।

उनले भनिन्, “बेपत्तासम्बन्धी ऐनमा कार्यसमिति नियुक्त भएको तीन महिनामा उजुरी दिन पाउने व्यवस्था छ, त्यो व्यवस्था बमोजिम हामीले सूचना प्रकाशन गरिसकेका छौं, आउँदो भदौको ५ गतेसम्म म्याद छ, यो तीन महिनामा उजरी आएपछि न्यायपूर्ण ढङ्गले काम गर्ने योजना छ।”

अध्यक्ष गड्तौलाले २०८१ साल भदौमा ऐनको तेस्रो संशोधन गरी सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने गरी व्यवस्था गरिएको बताइन्। द्वन्द्वपीडित सुरक्षाकर्मी सङ्घका अध्यक्ष हेमकुमारी घर्ती मगरले पीडित परिवारलाई न्याय हुने गरी काम गर्न आग्रह गरिन्।
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस