क्यान्सर बिरामीले अस्पतालबाट हाम फालिन,उपचारका क्रममा गयो ज्यान
१६ भदौ २०८१
•
१ मिनेट पाठ
क्यान्सर बिरामीले अस्पतालबाट हाम फालिन,उपचारका क्रममा गयो ज्यान
ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी महिला हाम फाल्दा मृत्यु भएको छ।




मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका नारायणटारकी ६१ वर्षीया पुनमाया तामाङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले बताए। 

तामाङ उपचार गराइरहेको क्याबिनको झालबाट हाम फालेको खनालले बताए। उनले भने, उहाँ अस्पतालको तेस्रो तलाको क्याबिनमा उपचार गराइरहनु भएको भन्ने छ। सोही क्याबिनको झालबाट शनिबार हाम फालेको र पाटन अस्पतालमा उपचार क्रममा आज उहाँको मृत्यु भएको भन्ने छ।

साउन २४ देखि क्यान्सर अस्पतालमा उनी भर्ना भएर उपचार गराइरहेको पनि उनले बताए। उहाँ केही समय अघि मात्र अमेरिकाबाट आएको भन्ने पनि छ। क्यान्सरको बिरामी हुँदा केही मानसिक समस्या हो की भन्ने अनुमान गरिएको छ। अहिले अनुसन्धानको क्रममा छौँ।

मृतक तामाङको श्रीमान् भने राष्ट्र बैङ्कको पूर्व कर्मचारी रहेको पनि खनालले बताए। 
अर्को समाचार
१७ अस्पतालले बुझाए रिपोर्ट कार्ड, यी छन् सुधारका लागि अपनाइएका उपाय
२९ साउन २०८१
•
२ मिनेट पाठ
१७ अस्पतालले बुझाए रिपोर्ट कार्ड, यी छन् सुधारका लागि अपनाइएका उपाय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष १७ वटा अस्पतालले रिपोर्ट कार्ड बुझाएका छन्।




अस्पतालहरूले काम तथा सेवाको विवरणसहितको रिपोर्ट कार्ड सोमवार मन्त्रालयमा बुझाएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।

मन्त्री प्रदीप पौडेलको नौ बुँदे निर्देशनपछि अस्पतालले रिपोर्ट कोर्ड बुझाएको उनले बताए। उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति अस्पताललगायतले रिपोर्ट कार्ड बुझाएका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दिन बिहान नौ बजेदेखि दिउँसो चार बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ। अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशतभन्दा बढी औषधि आफ्नै फार्मेसीबाट वितरण थालेको जनाएको छ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा साधारण बहिरङ्ग सेवा विहान ९ देखि ४ बजेसम्म प्रवाह गरिएको छ। अस्पतालले अनलाइन टिकटको सेवा पनि सुरु गरेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए।

रिपोर्टमा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँले २४सै घण्टा आकस्मिक शल्यक्रिया सेवा सुरुआत गरेको उल्लेख गरेको छ। अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र बहिरङ्ग सेवा (ओपिडि)का लागि एक महिनामा पालो आउने व्यवस्था मिलाएको जनाएको छ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलाएको जनाएको छ। अनलाइनबाटै प्रयोगशाला रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले रिपोर्टमा उल्लेख गरेको छ।

साथै कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि छ शय्या तथा निगरानीकाका लागि २० शय्या थपको प्रक्रिया आरम्भ भएको छ। अस्पतालमा भीड व्यवस्थापनका लागि ‘टोकन’ प्रणाली थप व्यवस्थित बनाइएको अस्पतालको भनाइ छ।

पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको जनाएको छ। डिजिटल बिल प्रणाली आगामी भदौ १ गतेदेखि सुरु गर्ने र बिदाका दिन पनि ओपीडी र शल्यक्रिया सेवा सुरु गर्ने अस्पतालले उल्लेख गरेको छ।

वीरगञ्जको नारायणी अस्पतालले शय्याको समस्या नरहेको बताएको छ। अस्पतालले भीड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाइन टिकटको व्यवस्थापन गरिएको जनाएको छ।

बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ, वीर अस्पताललगायतले पनि भीड व्यवस्थापन, सरसफाइलगायतमा उल्लेखनीय सुधार गरेको जनाएका छन्। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस