बच्चामा ज्वरो आउँदा हुने छारे के हो?
०७ भदौ २०८१
•
३ मिनेट पाठ
बच्चामा ज्वरो आउँदा हुने छारे के हो?
प्रायः बच्चाहरूमा ६ महिनादेखि ६ वर्षको उमेरसम्म ज्वरो आउँदा छारे आउन सक्छ। बच्चामा ज्वरोसँगै छारे हुँदा उसको मस्तिष्कमा सङ्क्रमण नभएको, पहिला ज्वरो नहुँदा छारे नआएको, कुनै प्रकारको टाउकोमा चोट नलागेको, पक्षघात नभएको, मेटाबोलिज्म वा एलेक्टोलाइट असन्तुलन नभएको अवस्था छ भने त्यसलाई फेबराइल सिजर अर्थात् ज्वरोमा आउने छारे भनिन्छ।




बालबालिकामा ज्वरो आउँदा छारे आयो भने बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने, दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।

धेरैजसो बच्चाहरूमा यस प्रकारको छारे, ज्वरो आएको २४ घन्टा भित्र आउने गर्दछ। ज्वरो आउँदा आउने छारे दुई प्रकारको हुन्छः

सामान्य ज्वरोमा हुने छारेः

यस अवस्थामा सामान्य खालको छारे हुने गर्छ। प्रायः जसो जेनेरेलाइज्ड टोनिक क्लोनिक सिजर देखिन्छ। यसमा हुने छारे १५ मिनेटसम्म मात्रै हुने गर्छ र यो २४ घन्टामा एक पटक मात्रै देखिन्छ।

असामान्य ज्वरोमा हुने छारेः

यसमा असामान्य खालको छारे हुने गर्छ। यसमा देखिने फोकल सिजर शरीरको कुनै भागमा १५ मिनेटभन्दा धेरै छारे आउने गर्छ। यसमा २४ घन्टामा पटकपटक छारे आउने गर्छ। यसमा बच्चाहरू लामो समयसम्म अचेत पनि हुन सक्छन्।

सामान्य ज्वरोमा हुने छारे भयो भने १ प्रतिशत बालबालिकामा पछि गएर छारेरोग देखिन सक्ने सम्भावना हुन्छ भने पटकपटक सामान्य ज्वरोमा हुने छारे देखिएमा ४ प्रतिशतमा छारेरोग देखिन सक्छ।

त्यस्तै असामान्य ज्वरोमा हुने छारे भएमा २९ प्रतिशत बालबालिकामा पछि छारेरोग देखिन सक्ने सम्भावना हुन्छ भने जन्मजात दिमागी विकासमा समस्या रहेको अवस्थामा ३३ प्रतिशतमा पछि गएर छारेरोग हुनसक्छ।

ज्वरो आएको बेला हुने छारेबारे वैज्ञानिकहरूको फरकफरक धारणाहरू छन्। तर, आजसम्म सबैभन्दा धेरै मान्यता पाएको वंशाणुगत कारण हो। बच्चाहरूमा ज्वरो आउँदा मस्तिष्कमा हुने विभिन्न खालको तापक्रमको कारणले संवेदनशिल आयोन च्यानेलहरू उत्तेजित भएपछि मस्तिष्कको कोषहरूलाई थप उत्तेजित गराएर छारे हुने कुरामा धेरै वैज्ञानिकहरू विश्वस्त छन्।

ज्वरोसँगै छारे रोगको उपचार बालरोग विशेषज्ञद्वारा मात्रै गराउनु पर्छ। अन्यथा अवस्था जटिल हुन सक्छ र बच्चाको ज्यान समेत जान सक्छ।

अभिभावकहरूले जान्नुपर्ने र ध्यान दिनुपर्ने कुराहरूः

ज्वरो हुँदा छारे आएको छ छैन भनेर बुझ्नुपर्छ।

ज्वरोमा छारे भएको बेला अभिभावहरू आत्तिनु हुँदैन।

छारे आउँदा अभिभावकरूले बच्चालाई समतल ठाउँमा सुरक्षित राखेर देब्रे कोल्टे पारेर सुताउनुपर्छ।

छारे आउँदा पानी खुवाउने, चम्मचले दाँत फुकाउने गर्नु हुँदैन।

ज्वरोको बेला हुने छारे रोगमा छारे आएको केही बेरमै बच्चाहरू चेत अवस्थामा आउँछन्। त्यसपछि मात्रै नजिकैको स्वास्थ्य संस्थामा गएर बालरोग विशेषज्ञसँग उपचार गराउनुपर्छ।

बच्चाहरूलाई सामान्य ज्वरो आउँदा पनि छारे हुन सक्ने भएकाले घरमा ज्वरोको औषधि पारासिटामोल सँधै राखिरहनु पर्छ। (एकपटक ज्वरोसँगै बच्चामा छारे आइसकेको अवस्थामा फेरि दोहोरिन सक्ने सम्भावना हुन्छ)

ज्वरो आएको बेला प्रायः जसो बच्चाको तौलको आधा मात्रा पारासिटामोल खुवाउनुपर्छ र नजिकैको स्वास्थ्य केन्द्रमा लगेर बालरोग विशेषज्ञसँग उपचार गराउनुपर्छ।
अर्को समाचार
तनहुँमा डेङ्गीसँगै झाडापखालाका बिरामी पनि बढे
२५ साउन २०८१
•
१ मिनेट पाठ
तनहुँमा डेङ्गीसँगै झाडापखालाका बिरामी पनि बढे
तनहुँमा डेङ्गीसँगै झाडापखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ। सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन्। वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ।




असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा. कमल भण्डारीले जानकारी दिए। उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। उनले भने, ‘उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन्।’

‘अस्पतालमा दैैनिक ज्वरो, डेङ्गी र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्’, सूचना अधिकारी डा.भण्डारीले भने। डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनको सुझाव छ।

डेङ्गीका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ। उनले भने, ‘सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ।’

डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ। दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन्। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस