ललितपुरमा एकजनामा हैजा पुष्टि, चारजनामा आशंका
१० साउन २०८१
•
३ मिनेट पाठ
ललितपुरमा एकजनामा हैजा पुष्टि, चारजनामा आशंका
ललितपुर गोदावरी नगरपालिकामा एकजना युवामा हैजा पुष्टि भएको छ। थप चारजनामा आशंका रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। गोदावरी नगरपालिका थैवस्थित एक पुनस्र्थापना केन्द्रका पाँचजना सदस्य पालैपालो बिरामी परेपछि परीक्षण गर्दा हैजा पुष्टि भएको हो। बिरामी परेपछि गत साता दिसा जाँच गर्दा २१ वर्षीय युवामा हैजा पुष्टि भएको हो।




हैजा पुष्टि भएका युवालाई जिल्ला जनस्वास्थ्य ललितपुरले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रेफर गरेको थियो। उपचारका क्रममा उनको दिसाको कल्चर गर्दा हैजा पुष्टि भएको हो। उनी बिरामी परेपछि प्रभावित क्षेत्र खोज्ने क्रममा उनै युवा बस्ने सुधार केन्द्रका थप चारजना बिरामी भएको फेला परेको थियो। बिरामी पाइएपछि जिल्ला जनस्वास्थ्य ललितपुरले स्थानीय तहको सहयोगमा उनीहरूलाई उपचारका लागि टेकु अस्पताल लैजान सिफारिस गरेको हो।

थप चारजनाको ‘र्‍यापिड टेस्ट’ गर्दा पोजिटिभ भएको तर कल्चर परीक्षणबाट पुष्टि नभएसम्म यकिन गर्न नसकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए।

तर उनीहरूमा झाडापखालाको लक्षण देखिएपछि उपचारका लागि टेकु अस्पताल पुर्‍याइएकोमा चारजना मध्येमा तीनजना मंगलबारै भागेका थिए । एकजनामा गम्भीर समस्या देखिएपछि पाटन अस्पताल रेफर गरिएको थियो। भागेका मध्येमा एकजना बुधबार केएमसी अस्पतालमा उपचारका लागि पुगेको पुनस्र्थापना केन्द्रले महाशाखालाई जानकारी दिएको छ।

बिरामीले प्रयोग गरेको पानीमा दिसाजन्य कीटाणु फेला परेको हो। ललितपुर गोदावरीस्थित पुनस्र्थापना केन्द्रमा बस्नेहरूमा हैजा पुष्टि भएपछि जिल्ला जनस्वास्थ्य, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नगरपालिकाको टोलीले घटनास्थल पुगी वातावरण अनुगमन तथा निरीक्षण गरेको छ।

अध्ययनका क्रममा उनीहरूले प्रयोग गर्दै आएको इनार र रिजर्भ ट्यांकीको पानीमा दिसामा पाइने कीटाणु इकोलाई फेला परेको इपिडिमियोलोजी महाशाखाले जनाएको छ।

त्यो भनेको हैजा बनाउने कीटाणु पानीमा छ भन्ने पुष्टि भएको महाशाखाको महामारी शाखाका प्रमुख डा. मुकेश पौडेलले बताए । पौडेलका अनुसार भिब्रियो कलेरा नै हो भन्ने पुष्टि गर्न कल्चर नै गर्नुपर्छ । कल्चर गरिएका बिरामीमा हैजा पुष्टि भइसकेको छ, जो त्यही पुनस्र्थापना केन्द्रमा बसोबास गर्दै आएका थिए ।

इनारमा दिसामा पाइने कीटाणु ‘फिकल कोलिफम’

पुनर्स्थापना केन्द्रबाहेक बाहिर समुदायमा झाडापखाला तथा हैजा नभएको पाइएकाले केन्द्रकै पानीको स्रोतमा दिसाजन्य पदार्थ मिश्रित भएको देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले बताए । ‘इनारमा दिसा मिसिएको देखियो, यही पानी कुनै न कुनै रूपमा केन्द्रमा बस्नेले प्रयोग गरेको हुनुपर्छ’, उनले भने।

केन्द्रमा प्रयोग गरिने पानी सिधै नपिए पनि भाँडा सफा गर्दा र दाँत माझ्दा मुखभित्र पसेको हुनुपर्छ’, डा. मुकेश पौडेलले भने। दुवै पानीमा ‘फिकल कोलिफर्म’ भेटिएपछि समुदायलाई वितरण गरिने पानीको नमुना पनि संंकलन गरी महाशाखाले परीक्षणका लागि पठाइसकेको स्वास्थ्य कार्यालयका डा. पौडेलले बताए। यसको रिपोर्ट आएपछि थप जानकारी प्राप्त हुने उनले बताए । घटनापछि जनस्वास्थ्य कार्यालय र स्थानीय निकाय पुगी केन्द्रको इनारको पानी प्रयोग गर्न बन्द गरिएको छ।

रिजर्भ ट्यांकी सफाइ र निर्मलीकरण भइसकेको स्वास्थ्य शाखाले जनाएको छ। यसका साथै समुदायलाई निर्मलीकरण गरिएको पानी मात्र पिउन सुझाएको डा. पौडेलले बताए। ‘बर्खामा पानीको मुहानमै दिसा मिसिन सक्छ, सकेसम्म पानी उमालेरै पिएको बेस’ उनले भने।

उमालेको पानी मात्र पिउनू

बर्खामा पानीका मुहानमा फोहोर बगेर दूषित हुने र यस्तो पानी प्रयोग गरेमा झाडापखाला या अन्य पानीजन्य रोग लाग्ने भएकाले उमालेको पानी मात्र पिउन चिकित्सकहरूले सुझाएका छन्। ‘यो अवधिमा सकेसम्म उमालेको मात्र पानी पिउनू, नभएमा भरपर्दो निर्मलीकरण गरिएको पानी पिउनू’ महामारी व्यवस्थापन शाखाका प्रमुख डा. पौडेलले भने। उमालेको पानी नभएको बखत निर्मलीकरण गरेको पानी पिउन सकिने चिकित्सकहरूको सुझाव छ। यसका लागि पानीमा पियुष या क्लोरिनको झोल राखेर निर्मलीकरण भएपछि मात्र प्रयोग गर्न सकिने डा. पौडेलले सुझाए।
अर्को समाचार
ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
३१ भदौ २०८१
•
१ मिनेट पाठ
ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
ललितपुर महानगरपालिका–१ मा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने भएको छ। हरेक वर्षझै यस वर्ष पनि पहिलो दिन सङ्कटामार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी टोल परिक्रममा र पूजासहित जात्रा सुरु हुनेछ।




जात्राको दोस्रो दिन लाखेनाचसहित टोल परिक्रममा गरेर पूजा आराधनासहित यस वर्षको जात्रा समापन गरिने इन्द्राजात्रा सञ्चालन उपभोक्ता समितिले जनाएको छ।

मन्दिर परिसर, मुसिङ्गाल चोक, ग्यास डिपो, लीलाघर, कुमारी मन्दिर, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तीनखम्बा चोक, भजनमण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसरसम्म परिक्रमा रुट तोकिएको छ।

अन्य जिल्लामा हरेक वर्ष सहकालका देवताका रूपमा रहेका इन्द्रको पूजाआराधना गरी परम्परागत रूपमा जात्रा मनाउँदै आए पनि ललितपुरमा गत वर्षदेखि जात्रा सुरु गरेको ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले जनाए।

उनले भने, ‘इन्द्राजात्रा निकै ऐतिहासिक जात्रा हो। यो बाह्रौँ शताब्दीदेखि सुरु भएको किंवदन्ती छ। लतिलपुरमा भने सहकालको देवताका रूपमा मनाइने इन्द्रजात्रा ४० वर्षदेखि रोकिएको थियो। विशेषगरी नेवार समुदायले मनाउने यो जात्राको संरक्षणका लागि गत वर्षदेखि हामीले सुरुआत गरेका छौँ।’

वाद्यवादनका लागि काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाको बाज खलक सहभागी हुने र देवतालाई आयोजक समितिले तोकेअनुसार नौ ठाउँमा बिसाउने जनाइएको छ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ८ सेकेन्ड अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस