सरकारले पोलियो रोग उन्मुलन अभियानमा सहयोग गर्न सबैमा अपिल जारी गरेको छ।
विश्वका विभिन्न स्थानमा पोलियो भाइरसको संक्रमण कायम रहेको र नेपालमा समेत भित्रने खतरा कायम रहेकाले उन्मुलन आवश्यक रहेको सरकारको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक अपिल जारी गर्दै सहयोग गर्न सबैमा अपिल गरेको हो।
मन्त्रालयले यहीँ ९ गते बुधबारदेखि १२ गते शनिबारसम्म काठमाडौं उपत्यकाका तीनै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गर्दैछ। सोही अभियानमा सक्रिय भएर सहयोग गर्न भनेको हो।
गत जेष्ठ १३ गते काठमाडौंको खोलाबाट संकलन गरेको नमुनामा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाएको हो। मानिसमा उक्त भाइरस पुष्टि नभए पनि घटनाबारे सुक्ष्मरूपमा अनुगमन भइरहेको।
वातावरीण निगरानी अन्तर्गत ढलको नमूना परिक्षण जारी राखेको, अतिशिघ्र लुलो पक्षघातका बिरामीको निगरानी बढाएको र विशेषज्ञहरुसँग परामर्शको क्रम जारी राखेको मन्त्रालयको भनाइ छ।
पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेको हो।
उनले भने, “पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ। त्यसैले अबको १५ देखि २० दिन डेङ्गी सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।”
पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ ।
शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेङ्गी सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए। उनका अनुसार पुस १७ यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...