मुटु स्वास्थ्य सचेतनामा डा. ओम मूर्तिले राखे विश्व रेकर्ड
२४ कार्तिक २०८०
•
४ मिनेट पाठ
मुटु स्वास्थ्य सचेतनामा  डा. ओम मूर्तिले राखे विश्व रेकर्ड
‘बिरामी भइसकेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो’ भन्ने कथनलाई वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले पुष्टि गरेका छन्। 




मुटु रोग रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रममार्फत उनी विश्व रेकर्ड राख्न सफल भएका हुन्। गिनिज बुकद्वारा आयोजित ‘मुटु तथा मुटजन्य रोगसम्बन्धी स्वास्थ्य सचेतना अन फेसबुक’ भन्ने शीर्षकमा ‘गिनिज बुक रेकर्ड’ गर्न उनी सफल भएका हुन्।

उनले गत असोजमा विश्व मुटु रोग दिवसका अवसरमा मुटु रोगसम्बन्धी सचेतना विषयमा फेसबुक लाइभमा सबैभन्दा बढी दर्शक पाएका थिए। गिनिज बुकमा विश्व रेकर्ड कायम गरेको खुसी साट्न उनले शुक्रबार पत्रकार सम्मेलन गरे।

असोज १ गते ७ः१५ बजे आधा घन्टा लामो प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले प्रत्यक्ष लाइभ हेरेका थिए। सोही लाइभ नौ हजारले सेयर गरेका थिए। लाइभ कार्यक्रम सम्पन्न हुँदासम्म एक लाख ५० हजारले हेरेका थिए। मुटु रोग सचेतना क्षेत्रमा गिनिज बुकमा पहिलो रेकर्ड राख्ने अनिल पहिलो मुटुरोग विशेषज्ञ हुन्।

त्यसैगरी दोस्रो विश्व रेकर्ड मार्च २०२३ प्राप्त गरिसकेका हुन्। सन् २०१३ मा इमेज एफएममार्फत नियमित एक घन्टा मुटु स्वास्थ्य सचेतनामा आधारित अन्तर्वार्ता दिएवापत उनले दोस्रो विश्व रेकर्ड हाँसिल गरेका हुन्।

लंगेस्ट इन्टरभियु आज ‘अ गेस्ट स्पिकर अन हर्ट डिजेज प्रिभन्सन’ मा विश्व रेकर्ड कायम गरेका हुन्। उनको यो अन्तर्वार्ता इमेज च्यानलकी प्रस्तोता तथा सञ्चारकर्मी शैलजा सिंहले सञ्चालन गरेकी थिइन्। मुटु स्वास्थ्यमा दुईवटा विश्व रेकर्ड कायम राख्ने अनिल विश्वकै पहिलो चिकित्सक हुन्।

एक वर्षको अवधिमा दुईवटा विश्व रेकर्ड कायम राख्न सफल डा. अनिल शुक्रबार सञ्चारकर्मीमार्फत खुसी साटिरहेका थिए। दशकौंको संघर्षपछि प्राप्त गरेको यो उपलब्धिले आफू र नेपाललाई चिनाउने भएकाले छुट्टै खुसी प्राप्त भएको उनले बताए। ‘अरू सबै उपलब्धि मेरा लागि हुन्थे, यो रेकर्ड मेरो र नेपाल दुवैका लागि खुसीको विषय हो’, उनले भने।

यो विश्व रेकर्ड एक दिनको प्रयासले सम्भव नभई लगातार १२ वर्षदेखिको सचेतना अभियानको परिणाम भएको उनले बताए। उनले भने, ‘लाइभको सुरुमा दर्शक धेरै रहे पनि इन्टरनेटमा आउने त्रुटिका कारण कतै सफल हुँदिनँ कि भन्ने लागिरहेको थियो, तर सफल भएँ।’

यो रेकर्डका लागि अनिलले गिनिज बुकको मागअनुसार निवेदन दिएका थिए। गिनिज बुकको संरचनाअनुसार डा. अनिलले लाइभका क्रममा मुटु स्वास्थ्यको संरचनाभित्र रहेर मात्र प्रस्तुति दिनुपथ्र्यो। सो क्रममा उनले रक्तचाप कसरी पत्ता लगाउने, घरैमा कसरी जाँच गर्ने, नियमित कसरी जाँच गर्ने? कस्तो अवस्थामा उपचारमा जाने भन्ने विषयमा बिरामीको दृश्यसहित प्रस्तुति गरिएको थियो।

डा. अनिलले सन् २०१३ देखि नै सञ्चारमाध्यम, फेसबुक तथा युट्युबमार्फत स्वास्थ्य सचेतनाका विषयमा प्रस्तुति दिँदै आएका थिए।
उपचारका क्रममा धेरै हृदयघात भएका र यो जोखिमबाट बचाउन सचेतना नै आवश्यक भएको महसुस गरी उनले विभिन्न कार्यक्रम गर्दै आएका थिए। इमेज एफएममा अन्तर्वार्तामा सन् २०१३ देखि २०१४ सम्म हरेक हप्ता एक घन्टा समय दिएका थिए।

त्यसैगरी १२ वर्षदेखि सामाजिक सञ्जालमा विभिन्न पोस्ट बनाएर मुटु स्वास्थ्यसम्बन्धी सचेतना प्रभावकारी भएपछि लाइभमा लाखौं दर्शक आएको उनले बताए। अन्य मिडियाबाट दिइने सचेतनाभन्दा सामाजिक सञ्जालमार्फत दिइने सचेतना कार्यक्रम आम दर्शकमाझ प्रभावकारी बनेको उनले अनुभव सुनाए।

कोभिड महामारीका बेला डा. अनिलले जनताका स्वास्थ्यसम्बन्धी समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यतिबेला उनले विभिन्न जानकारीमूलक भिडियो तथा पोस्ट गरे। यी सामग्री महामारीका बेला मुटुरोग, उच्च रक्तचाप, मधुमेहलगायतका विभिन्न दीर्घरोगीका समस्या सम्बोधन गरेका थिए। यसको प्रभाव नेपाल तथा नेपाल बाहिर बस्ने नेपालीमाझ भयो। उनको सामाजिक सञ्जालमा १२ लाख ५० हजार फलोअर छन्।

जनमानसमा मुटुरोगबारे जनचेतनाको कमीले रोकथाम गर्न सकिने असंख्य हृदयरोगीको मृत्युको प्रत्यक्षदर्शी बनेपछि डा. अनिलले सचेतना जगाउन सन् २०१३ मा ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशन गरे।

पुस्तकमा हृदयघात, मुटु रोगका लक्षण, यसको रोकथामका उपाय तथा स्वस्थ जीवन शैलीलगायतका विषयलाई हृदयरोग विशेषज्ञका आँखाबाट सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ। यो पुस्तक उनले सचेतनाकै लागि पाँच हजार प्रति स्वास्थ्यकर्मीलाई मात्रै वितरण गरेका थिए।

डा. अनिलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगन्जबाट एम.डी. मा स्वर्णपदक, एसियाको प्रतिष्ठित स्वास्थ्य शिक्षण संस्था अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) बाट डि.एम., कार्डियोलोजी तथा अमेरिकन कलेज अफ कार्डियोलोजीबाट (एफएसिसी) र विश्वस्तरको सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन (एफएससीएआई) बाट उनले फेलोसिप प्राप्त गरिसकेका छन्।

चिकित्सा सेवाका क्रममा डा. अनिलको विशेष योगदान रहेको छ। सन् २०११ देखि २०१५ सम्म त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा डि.एम कार्डियोलोजी प्रोग्राम तथा क्याथ ल्याब सेवा स्थापना र व्यवस्थापनमा उनले भूमिका निर्वाह गरेका थिए।

सहरी क्षेत्रमा बसोवास गर्ने बयस्कमा मुटु रोग जोखिमका बारेमा अध्ययन-अनुसन्धान गर्ने उद्देश्यले सञ्चालित उक्त शिविरको अनुसन्धान गरेका थिए। उक्त अनुसन्धानपश्चात् नै सहरी युवामा मुटु रोगको जोखिमका बारेमा स्पष्ट खाका तयार भएको थियो। उनको यो अनुसन्धानलाई सन् २०१८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रतिष्ठित ‘उत्कृष्ट अनुसन्धान पत्र’ प्रदान गरेको थियो। हालै प्रकाशित उनको ‘जीवन्त सम्बन्ध’ पुस्तक चर्चित छ।
अर्को समाचार
राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड
११ पौष २०७७
•
१ मिनेट पाठ
राज्यमन्त्री मानन्धरले बनाए एकल गायनमा विश्व रेकर्ड
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन्। वर्ल्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन्। शुक्रबार यहाँ आयोजना भएको कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन सुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घण्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन्। राज्यमन्त्री मानन्धरले उक्त समयमा क्रमश ५९ वटा गीत गाएका थिए।  




उनले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए। नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएको गीत उनले ट्रयाकमा गाएका हुन्। ‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत उनको रोजाइमा परेको थियो।  

कार्यक्रममा प्रधानमन्त्री पत्नी महिला राधीका शाक्यले राजनीति र गायनसँगै आफ्नो व्यक्तित्व अगाडि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिइन्। सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्री मानन्धरको प्रयासले नेपाललाई विश्वमा थप पहिचान दिने विश्वास व्यक्त गरे। वर्ल्ड बुक अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटुवालले मन्त्री मानन्धर यो विधामा गीत गाउने विश्व कै पहिलो मन्त्री भएको बताए।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले मन्त्री मानन्धरलाई विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।  

राज्यमन्त्री मानन्धरले नेपालको कला र सङ्गीतलाई विश्वमा चिनाउने प्रयास गरिएको बताए। उनले शुक्रबार गाएका सबै गीतको रोयल्टीसमेत तिरेर गाएका हुन्।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस