आधा बालबालिकामा अझै रक्तअल्पता
०९ असोज २०८०
•
६ मिनेट पाठ
आधा बालबालिकामा अझै रक्तअल्पता
नेपालमा ६ महिनादेखि पाँच वर्षमुनिका ४३ प्रतिशत बालबालिकामा रक्तअल्पता छ । नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार यो उमेर समूहका बालबालिकामा रक्तअल्पता बढी मात्रामा देखिएको हो । नेपालमा रक्तअल्पता देखिने अर्को उमेर समूहमा १४ देखि ५९ वर्षका महिला छन् । यो समूहका महिलामा भन्दा पनि पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या बढी पाइएको छ । त्यस्ता महिलामा भन्दा बालबालिकामा यो समस्या ९ प्रतिशतले बढी रहेको प्रतिवेदनले औंल्याएको छ ।




रगतमा रातो रक्तकोषको कमी हुने अवस्थालाई रक्तअल्पता भनिन्छ । रक्तअल्पता भए शरीरमा अक्सिजनको कमी भई उमेरअनुसार शारीरिक तथा मानसिक विकास हुन नसक्ने कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईं बताउँछन् । उनका अनुसार रक्तअल्पता भए बालबालिकाको आँखा तथा हत्केला सेतो हुने, खेल्न नसक्ने, अल्छी लाग्नेजस्ता लक्षण देखिन्छन् । यो समस्या बढ्दै गए अन्य रोगको संक्रमण छिटो लाग्ने, पेट फुल्ने, कुपोषण हुने, ख्याउटे बन्नेजस्ता समस्या निम्तिने चापागाईं बताउँछन् ।

नेपालमा रक्तअल्पता देखिने अर्को उमेर समूहमा १४ देखि ५९ वर्षका महिला छन् । यो समूहका महिलामा भन्दा पनि पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या बढी पाइएको छ ।
पाँच वर्षअघिको तुलनामा यो दर केही घटे पनि लक्षित संंख्यामा घट्न नसकेको परिवार कल्याण महाशाखा पोषण शाखाप्रमुख लीलाविक्रम थापा बताउँछन् । सन् २०१६ मा नेपालमा ६ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पताको समस्या ५३ प्रतिशत थियो । यो समस्या मधेस र लुम्बिनी प्रदेशका बालबालिकामा झनै बढी छ । सर्वेक्षणले शिक्षितको तुलनामा निरक्षर आमाका बालबालिकामा बढी रक्तअल्पताको समस्या देखिन्छ ।

मधेस प्रदेश, निरक्षर आमाका सन्तान र विपन्न वर्गका बालबालिकामा रक्तअल्पताको समस्या बढी छ । सन् २०२२ को सर्वेक्षणअनुसार निरक्षर आमाका बालबालिकामा ५२ प्रतिशतमा रक्तअल्पता छ भने तराईका ४९ प्र्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या छ । सन् २०१६ मा निरक्षर आमाका ५७ प्रतिशत बालबालिकामा रक्तअल्पता थियो । तराईका भने यो समस्या ५९ प्रतिशतमा थियो । यो हिसाबले निरक्षर आमाका बालबालिकामा ५ प्रतिशत र तराईका बालबालिकामा १० प्रतिशत घटेको देखिन्छ ।

विशेष गरी तराईमा बढी मात्रामा आलुको परिकार खाने, भिटामिन बी १२ र आइरन भएका खानेकुरा कम समावेश गर्ने चलनले पनि रक्तअल्पता हुने गरेको थापाको भनाइ छ । 
बालबालिकामा रक्तअल्पताको कारण

पोषण शाखाका प्रमुख थापाका अनुसार लुम्बिनी र मधेस प्रदेशमा यो समस्या बढी छ । त्यसमा पनि विपन्न तथा निरक्षर आमाका बालबालिकामा रक्तअल्पता बढी देखिन्छ ।  

विभिन्न कीटजन्य रोगको संक्रमण, आमामा शिक्षाको कमीजस्ता कारणले नेपालमा लक्षित समूहका बालबालिकामा अहिले पनि रक्तअल्पता घट्न नसकेको उनको भनाइ छ । उनका अनुसार जुका, डेंगी संक्रमणजस्ता कीटजन्य रोगको प्रभाव तराईका विपन्न वर्गमा बढी परेको छ । ‘नेपालमा बालबालिकामा जुकाको समस्या धेरै छ, यसले रक्तअल्पता गराउँछ,’ उनले भने, ‘तराईमा पनि सम्पन्न वर्गमा भन्दा विपन्नमा यो समस्या बढी देखिन्छ ।’

उपलब्ध खाना मिलाएर खाने तरिका नपुगेर पनि विभिन्न समूहमा रक्तअल्पताको समस्या रहेको थापा बताउँछन् । बालबालिका जन्मिनेबित्तिकै आमाको दूध नपाएका बालबालिकामा पनि पछि गएर रक्तअल्पताको समस्या हुने र ६ महिनापछि बालबालिकालाई दिइने थप आहार पोेषणयुक्त नहुनाले पनि बालबालिकामा रक्तअल्पता हुने बालरोग विशेषज्ञ डा. चापागाईं बताउँछन् । विशेष गरी तराईमा बढी मात्रामा आलुको परिकार खाने, भिटामिन बी १२ र आइरन भएका खानेकुरा कम समावेश गर्ने चलनले पनि रक्तअल्पता हुने गरेको थापाको भनाइ छ । ‘तराईमा आलुको पकौडा, आलुकै भुजिया, आलु चिप्स नियमित भोजनमा समावेश भएको देखिन्छ,’ उनले भने । यस्ता खानामा आइरन र भिटामिन बी १२ को कमी हुने उनको भनाइ छ ।

स्थानीय सरकारले पोषणको क्षेत्रमा आफ्नै खालका कार्यक्रम सुरु गरे पनि प्रभावकारी हुन नसकेको उनको दाबी छ ।
सरकारले बालबालिकामा कायम रक्तअल्पताको समस्या कम गर्न कार्यक्रम सबै स्थानीय तहसम्म पु¥याएको भए पनि सबै लक्षित समूहमा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनका अनुसार सरकारले यो उमेर समूहका बालबालिकालाई ‘बालभिटा’ १८० डोज निःशुल्क वितरण गरेको छ । बालभिटा अन्य खानेकुरामा मिसाएर खाए रक्तअल्पतामा कमी ल्याउन सहयोग पुग्छ । सरकारले वितरण गरेको यो पोषण तत्त्व सबै बालबालिकाले नलिएको हुन सक्ने थापाको अनुमान छ ।  

सरकारको कार्यक्रममाथि विश्वास नभएर या यो पोषणको प्रभावबारे लक्षित समूहसमक्ष प्रभावकारी जानकारी नभएर हुन सक्ने उनको अनुमान छ । आगामी दिनमा कार्यक्रममा सुधार ल्याउनुपर्ने देखिएको पनि थापाले बताए । स्थानीय सरकारले पोषणको क्षेत्रमा आफ्नै खालका कार्यक्रम सुरु गरे पनि प्रभावकारी हुन नसकेको उनको दाबी छ । ‘स्वास्थ्य स्थानीय निकायको भागमा परेको छ, जनचेतनामूलक कार्यक्रम थप प्रभावकारी हुनुपर्छ,’ उनले भने ।

मधेस सरकार के गर्दै छ ?  

मधेस प्रदेशमा अहिले पनि शिक्षाको कमीका कारण बालविवाह हुनु, रक्तअल्पता भएकै बखत किशोरी गर्भवती हुनुले पनि जन्मिने बच्चामा रक्तअल्पता हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले बताए । आमाहरूमा शिक्षाको कमीका कारण स्वस्थ र सन्तुलित भोजन शिशुलाई खुवाउन नसक्नु, जुकाको संक्रमण हुनु, थारू समुदायमा सिकलसेल एनिमियाँ र मुस्लिम समुदायमा थालसिमिया देखिनु र बालबालिकामा रगतको क्यान्सर हुनुजस्ता कारणले पनि मधेसमा पाँच वर्ष मुनिका बालबालिकासहित अन्य उमेर समूहमा पनि रक्तअल्पता बढी देखिएको सचिव यादवको भनाइ छ ।

पोषणको समस्यालाई सम्बोधन गर्ने गरी आइएमएनसिआई (एकीकृत बालरोग व्यवस्थापन कार्यक्रम), खोप केन्द्रदेखि नै सरसफाइ कार्यक्रम, बहुउद्देश्यीय पोषण योजनाजस्ता नीति तथा कार्यक्रम बनेका छन् ।
लामो समयदेखि मधेसमा यस्तो समस्या देखिएपछि त्यसको निराकरणका लागि संघीय सरकारको कार्यक्रमसँग जोडेर मधेस सरकार र स्थानीय सरकारले नीति तथा कार्यक्रम अघि सारेको उनले बताए । मधेस प्रदेशमा कायम पोषणको कमीले निम्त्याएको समस्यालाई समाधान गर्ने गरी केही कार्यक्रम अघि सारेको सचिव यादवले बताए । उनले पहिला समस्याको पहिचानका लागि हरेक स्थानीय तहमा रक्तअल्पता पहिचान गर्न प्रयोगशाला र सबै खालको रगतको रोगको पहिचान गर्न प्रदेश अस्पतालहरूमा सिकलेसेल एनिमियाँ र थालसिमिया वा रगत क्यान्सर पत्ता लगाउने प्रयोगशालाको व्यवस्था गरेको जानकारी दिए ।

मन्त्रालयका अनुसार पोषणको समस्यालाई सम्बोधन गर्ने गरी आइएमएनसिआई (एकीकृत बालरोग व्यवस्थापन कार्यक्रम), खोप केन्द्रदेखि नै सरसफाइ कार्यक्रम, बहुउद्देश्यीय पोषण योजनाजस्ता नीति तथा कार्यक्रम बनेका छन् । यसका साथै संघीय सरकारबाट जारी कार्यक्रमहरू ‘हरेक बार खाना चार’सम्बन्धी पोषण चेतना कार्यक्रम, फोलिक एसिड तथा आइरन वितरण कार्यक्रम, प्रत्येक ६ महिनामा जुकाको औषधि वितरण कार्यक्रम पनि मधेसमा सञ्चालन भइरहेका छन् । यति हुँदाहुँदै पनि मधेसमा रक्तअल्पताको समस्या घट्न नसक्नुमा अशिक्षा र प्याकेटका खानाको प्रयोग मुख्य कारण रहेको सचिव यादवको भनाइ छ । कतिपय ठाउँमा स्थानीय सरकारले आफ्नै खालका पोेषण कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

रक्तअल्पताबाट कसरी बच्ने ?

बालबालिकालाई सन्तुलित भोजन र पोषणयुक्त खानेकुरा खुवाएर रक्तअल्पताबाट बचाउन सकिन्छ । मधेसमा पोषणयुक्त खानेकुराबारे जनचेतनामूलक कार्यक्रम गर्ने, जुका तथा अन्य कीटजन्य रोगको संक्रमणवाट बचाउने, खानामा आइरन, प्रोटिन, भिटामिनप्रशस्त मात्रामा खुवाएर पनि यसबाट बालबालिकालाई बचाउन सकिने चिकित्सकहरू बताउँछन् । अन्डा, माछा, मासु, कलेजो, सागपात, फलफूल, दुधलगायत सबै खानेकुरा समावेश गरेर पर्याप्त मात्रामा खुवाउने र आमाले दुई वर्षसम्म स्तनपान गराए पनि बालबालिकामा रक्तअल्पताको समस्या कम हुने चिकित्सकको भनाइ छ ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
६ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस