३४ प्रतिशत महिलामा रक्तअल्पता
२८ भदौ २०८०
•
४ मिनेट पाठ
३४ प्रतिशत महिलामा रक्तअल्पता
फाइल तस्वीर
नेपालमा अहिले पनि प्रजनन उमेर समूहका महिलामध्ये ३४ प्रतिशतमा रक्तअल्पता रहेको पछिल्लो सर्वेक्षणमा देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १४ देखि ४९ उमेर समूहका महिलामा रक्तअल्पताको समस्या ३४ प्रतिशतमा रहेको छ।




अघिल्लो पाँच वर्षअघि अर्थात् सन् २०१६ को तथ्याकंको तुलनामा सात प्रतिशतले घटेको भए पनि अपेक्षित दरमा घट्न नसकेको विज्ञहरूले औंल्याएका छन्। सन् २०१६ मा यो दर ४१ प्रतिशत थियो। सन् २०१६ मा १४ देखि १९ वर्षभित्रका किशोरीमा रक्तअल्पताको समस्या ४४ प्रतिशत थियो भने सन् २०२२ मा यो समस्या ३९ प्रतिशत पुगेको छ।यो हिसाबले पाँच प्रतिशत मात्र घटेको देखिन्छ।

शरीरमा रातो रगतको मात्रा कमी हुने अवस्थालाई रक्तअल्पता भनिन्छ। महिनावारी हुँदा बढी रगत बगेमा, जुका परेमा, पायल्स भएमा र आन्द्रामा घाउ भएमा, भिटामिन बी १२ को कमी भएमा, आन्द्राले सोस्न नसकेमा, माछामासु पर्याप्त मात्रामा नखाएमा र रगतमा फलामको तत्व कमी भएमा रक्तअल्पताको समस्या हुन्छ।
सिभिल अस्पतालका हेमाटोलाजिष्ट डा. विक्रम कार्कीका अनुसार नेपालमा बढी माात्रामा फलामतत्व कमी र भिटामिन बी १२ को कमीले गर्दा रक्तअल्पता भएको देखिन्छ। अहिले बजारमा उपलब्ध खानामा आवश्यक पोषण्को मात्रा कमी हुनाले पनि रक्तअल्पताको समस्या हुने गरेको देखिन्छ। माछा मासु खानेको तुलनामा नखानेमा बढी मात्रामा रक्तअल्पता हुने गरेको डा. कार्की बताउँछन्।

यसबाहेक वंशाणुगत रगतसम्बन्धी रोगहरू भएमा पनि रक्तअल्पता हुन्छ। आन्द्रामा संक्रमण भएर भिटामिन सोस्न नसकेमा पनि रक्तअल्पता हुन्छ। आन्द्रा फुटेर रगत बगेमा यस्ता बिरामीमा जण्डिसको लक्ष्यणसमेत देखिन्छ। रक्तअल्पताको समयमै उपचार नभएमा जटिल समस्या देखिने डा. कार्की बताउँछन्।

हातखुट्टा झमझम गर्ने, छिटोछिटो बिर्सिने र हातखुट्टा नचल्ने समस्या आउन सक्छ। रक्तअल्पता भएमा मुटुले सामान्यभन्दा बढी काम गर्नु कारण मुटुलाई भार परी मुटु कमजोर भई श्वास फर्ने गाह्रो हुने र कतिपय अवस्थामा हृदयघात समेत हुने डा. कार्कीले बताए।

डा. कार्कीका अनुसार रक्तअल्पता हुनु भनेको रगतमा अक्सिजनको मात्रा कमी भइ शरिरको जुनजुन भागमा रगत पुग्नु पर्ने हो, त्यो भागमा नपुगेमा सबै अंगहरूमा असर गर्छ। मुटु, मिर्गौला, मस्तिष्क, हातखुट्टालगायत सबै अंग प्रभावित हुन्छन्। ‘कतिपय अवस्थामा मिर्गौला फेल पनि हुन सक्छ,’ उनले भने। रक्तअल्पताको कारण मुटुले बढी काम गर्नुपर्ने हुन्छ र पछि गएर मुटुको भल्व बन्द हुने, पेटमा पानी जम्मा हुने थप समस्या हुन सक्छन्।

पोषणको कमीले रक्तअल्पता

टिचिङ अस्पताल महाराजगंजकी पोषणविद नानीशोभा शाक्यका अनुसार नेपालमा पोषणको मात्रा नमिलेर पनि रक्तअल्पताको समस्या हुने गरेको छ। महिलाहरूमा फलामतत्वको कमीले हुने रक्तअल्पता बढी मात्रामा देखिन्छ। योसँंगै भिटामिन बी १२ को कमीले रक्तअल्पता, गर्भवती या सुत्केरी अवस्थामा शरिरबाट नै रगतको माग बढी हुने क्रममा पनि रक्तअल्पता हुन्छ।

पोषणविद् शाक्यका अनुसार नेपालमा मिलाएर नखाने, पर्याप्त पौष्टिक खाना अभाव र कृत्रिम खाना, महिला तथा किशोरीले पातलो शरीर बनाउन प्रशस्त खाना नखाएका कारण रक्तअल्पता कायमै रहेको बताउँछिन्।
सरकारले गर्भवती, सुत्केरी र किशोरीका लागि वितरण गरेको आइरन चक्की पनि सबैले पूरा मात्रा नखाएको कारण पनि रक्तअल्पताको समस्या हुने गरेको बताइन्। ‘कतिपयलाई आइरन चक्की सेवन गर्दा वाकवाकी लागेपछि बीचैमा खान छोडेको देखिन्छ,’ उनले भनिन्।

सरकारको रक्तअल्पता घटाउने कायक्रमले मात्र रक्तअल्पताको समस्यामा अपेक्षित सुधार हुन नसकेको परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले बताए। अहिलेको परिणामले सहश्राब्दी लक्ष्यमा चुनौती बनेको उनको भनाइ छ।

सरकारले सन् २०३० सम्मा रक्तअल्पताको समस्या १० प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको छ। तराइ भेगमा महिलामा प्रदूषण तथा सन्तुलित आहारको कमीले यो समस्या कायमै रहेको उनी बताउँछन्।

‘यस्ता खानेकुरा खाएमा रक्तअल्पता हुँदैन’

त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानीशोभा शाक्यका अनुसार सागसब्जी, माछामासु, फलामयुक्त खानेकुरा, भिटामिन बी १२ युक्त खाना पर्याप्त मात्रामा खाएमा शरीरमा रातो रगतको मात्रा बढाउन सकिन्छ। उनका अनुसार वनस्पतिजन्य खाना र पशुपंक्षीजन्य खानामा फलाम तथा भिटामिन बी १२ को स्रोतहरू पाइन्छ।

हरेक व्यक्तिले कम्तीमा १० ग्राम फलाजन्य खानेकुरा खानुपर्छ। लट्टे, बेथे, चमसुरको साग, लट्टेको गेडा तथा तिलको अचारमा पर्याप्त मात्रामा फलामतत्व पाइन्छ।
त्यसैगरी अण्डाको पहेंलो भाग, खसीको कलेजो, चिनीको सट्टा सख्खर जस्ता खानेकुरा खानुपर्छ। यी खानेकुरा खाँदा भिटामिन सीजन्य खानेकुराहरू कागती, सुन्तला, अम्वा, अमला पनि समावेश गर्नुपर्छ।

भिटामिन सीले मात्र आइरन शरिरमा सोस्न सक्छ। यसको साथै नियमित सन्तुलित खाना खाएमा खानाको कमीले हुने रक्तअल्पता स्वतः कम हुने उनको सुझाव छ। जुकाको कारणले हो भने नियमित रूपमा जुकाको औषधि खाने, पेटमा समस्या छ भने पेटको उपचार गर्ने र वंशाणुगत र पाठेघरको समस्याले हो भने सम्बन्धित चिकित्सकसँग उपचार गरेमा रक्तअल्पताबाट बच्न सकिने शाक्यले बताइन्।  
अर्को समाचार
पाकिस्तानका ४१ प्रतिशत महिलामा रक्तअल्पता, १४ प्रतिशत बच्चा कम तौलका
१३ भदौ २०८१
•
२ मिनेट पाठ
पाकिस्तानका ४१ प्रतिशत महिलामा रक्तअल्पता, १४ प्रतिशत बच्चा कम तौलका
पाकिस्तानमा ४१ प्रतिशतभन्दा बढी महिला रक्तअल्पताबाट पीडित रहेको पाइएको छ। पाकिस्तानस्थित डनले एक प्रतिवेदनलाई उद्धृत गर्दै तीमध्ये १४ दशमलव चार प्रतिशत कम तौल र २४ प्रतिशत बढी तौल भएको बताएको छ।




अपर्याप्त मातृ पोषणका कारण यहाँ प्रतिएक लाख जीवित जन्ममा एक सय ८६ महिलाको मृत्यु हुन्छ। गुणस्तरहीन स्तनपानले स्तन र पाठेघरको क्यान्सरबाट वार्षिक दुई हजार र टाइप २ मधुमेहले एक हजार एक सयको मृत्यु हुन्छ। पाकिस्तानमा प्रत्येक वर्ष जन्मको समयमा कम तौलका १४ लाख घटना दर्ता गरिएको छ।

नेशनल हेल्थ सर्भिस (एनएचएस) मन्त्रालयले आयोजना गरेको ‘मातृ पोषणका लागि आर्थिक मामिलामा राष्ट्रिय नीति संवाद’ मा न्यूट्रिशन इन्टरनेशनलले विकास गरेको ‘निष्क्रिय उपकरणको लागत’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

प्रतिवेदनअनुसार कुपोषणका कारण पाकिस्तानले वार्षिक १७ अर्ब अमेरिकी डलर नोक्सानी बेहोर्नुपरेको छ। यो विश्वव्यापी आम्दानीको करिब एक प्रतिशत हो।

पाकिस्तानले प्रत्येक वर्ष गर्भवतीहरूमा एनिमियाको नौ लाख १८ हजार एक सय ५४ मामिला सामना गरेको प्रतिवेदनमा उल्लेख छ। पाकिस्तान आठ दक्षिण एसियाली देशमा किशोर, किशोरी र महिलाहरूमा रक्तअल्पताको प्रकोपमा चौथो स्थानमा र विश्वव्यापी स्तरमा दुई सय एक देशमा ३५औँ स्थानमा छ।

यसबाहेक अपर्याप्त स्तनपानका कारण पाकिस्तानलाई २८ अर्ब अमेरिकी डलरको आर्थिक भार परेको छ।

पाकिस्तानमा झाडापखालाबाट ६९ लाख मामिला, बाल्यकालमा मोटोपनको १९ हजार मामिला, झाडापखाला र निमोनियाबाट ३० हजार पाँच सय २५ बालबालिकाको मृत्यु र स्तन तथा पाठेघरको क्यान्सर र टाइप २ मधुमेहबाट तीन हजार एक सय ९६ महिलाको मृत्यु भएको छ।

यसअघि पाकिस्तान नेशनल क्लस्टरका रिपोर्टहरूले लाखौँ पाकिस्तानी विशेषगरी बालबालिकाहरूको पोषण स्थितिको डरलाग्दो चित्र देखाउँदै गम्भीर कुपोषण सङ्कटलाई प्रकाश पारेका छन्।

आर्थिक कठिनाइ, खाद्य असुरक्षा, सीमित स्वास्थ्य सेवा पहुँच र वातावरणीय चुनौतीहरू जस्ता समस्याका कारण पाकिस्तानले आफ्नो इतिहासमा कुपोषणको उच्चतम दर अनुभव गरिरहेको प्रतिवेदनले जनाएको छ। रासस
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस