आँखा पाक्ने जोखिम अझै दुई साता
०२ भदौ २०८०
•
३ मिनेट पाठ
आँखा पाक्ने जोखिम अझै दुई साता
असारको दोस्रो सातादेखि देखा परेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्। तराईका जिल्लामा संक्रमण घट्दो दरमा भए पनि काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा भने जोखिम कायमै रहेको विज्ञहरूले औंल्याएका छन्। नेपाल आँखा अस्पतालका निर्देशक डा. कमलबहादुर खड्काले भने, ‘यो संक्रमण भदौको तेस्रो सातासम्म जारी रहने सम्भावना छ।’ उनका अनुसार दुई दिनदेखि अस्पतालमा उपचार गर्न आउने संक्रमितको संख्या केही घटेको देखिए पनि संक्रमणको अवधि बाँकी नै रहेकाले सबैलाई सचेत हुन आग्रह गरे।




नेपाल अल्थामिक सोसाइटीकी अध्यक्ष डा. निनु चौधरीका अनुसार पछिल्लो दुईतीन दिनयता पानी रोकिएर घाम लाग्न थालेपछि तराईका जिल्लामा संक्रमण दर घटे पनि पहाडी जिल्लामा कायमै छ। आँखा पाक्ने रोग मौसमी भएकाले यो समयमा हरेक वर्षजस्तो संक्रमण रहन्छ। यसको अवधि मध्य असारदेखि भदौको मध्य या अन्तिम सातासम्म जारी रहने छ। नेपाल अल्थामिक सोसाइटीकी अध्यक्ष डा. मिनु चौधरीका अनुसार तराईबाट फैलिएको आँखा पाक्ने रोग हिमाली जिल्लाबाहेक सबैतिर फैलिइसकेको छ।

उनका अनुसार तराई र पहाडी जिल्लामा यो भाइरसका लागि अनुकुल मौसम रहेकाले संक्रमण दर बढी देखिएको हो। चिकित्सकका अनुसार यो वर्ष फैलिएको आँखा पाक्ने रोगको संक्रमण ‘एडिनो’ भाइरसका कारणले भएको हो। यो भाइरसले रोग संक्रमण गराएपछि निको हुन एकदेखि दुई साता लाग्ने छ। यो वर्ष आँखा पाक्ने रोग धेरैमा सर्नुको मुख्य कारण संक्रमितको मोबाइल परिवारका अन्य सदस्यका हाता सजिलै पुग्ने भएकाले आँखा पाक्ने रोग पनि सरेको बताए।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा साउन २६ भित्र आँखा अस्पतालहरूले पठाएको तथ्यांकअनुसार नेपालमा ४४ हजार ८ सय ६० जना संक्रमित भएको देखिन्छ। यो तथ्यांकमा सबै आँखा अस्पतालहरूको तथ्यांक समावेश हुन सकेको छैन। तराईका आँखा अस्पतालहरू पुगेका बिरामीमध्येमा ५० प्रतिशतमा आँखा पाक्ने रोग संक्रमण भएको पाइएको छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जुनोसिस शाखाका प्रमुख डा. हेमन्त ओझाले पनि केही साताभित्र नियन्त्रणमा आउने सम्भावना रहे पनि भदौको अन्तिमसम्म जारी रहने सम्भावना रहेको बताए। सबै अस्पतालहरूको एकमुष्ट तथ्यांक प्राप्त हुन नसकेको उनले जानकारी दिए।

यो भाइरस संक्रमण भएलगत्तै आँखा चिलाउने, रातो हुने, असजिलो हुने र बिस्तारै आँखाबाट पानी बगिरहने, घाममा आँखा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छ। यीमध्ये सुरुकै लक्षण देखिनेबित्तिकै उपचार नगरेमा संक्रमणले आँखाका नानी प्वाल परेर दृष्टि गुम्न सक्ने र कतिपयका आँखाका नानीमा घाउ बनेर फुलो पर्न जान्छ। यसले पनि दृष्टिमा समस्या ल्याउन सक्ने भएकाले सकेसम्म आँखा पाक्ने रोगबाट बच्ने र संक्रमण भइहालेमा लक्षण देखिनेबित्तिकै चिकित्सकको सुझावमा मात्र औषधि प्रयोग गर्न जरुरी छ।

आँखा संवेदनशील अंग भएकाले रोग संक्रमण भइहालेमा जथाभाबी औषधि प्रयोग गर्न नहुने नेपाल आँखा अस्पतालका निर्देशक डा. खड्गाले सुझाए। उनका अनुसार अस्पतालको पहुँच नभएका बिरामीले फार्मेसीसँग नाम तोकेर मात्र औषधि प्रयोग गर्न सक्नेछन्। फार्मेसीमा उपलब्ध हुने सिफ्रोफोलोक्सिसिन, मोक्सा फोलोक्सासिन र टोप्रामाइसिन जस्ता साधारण एन्टिबायोटिक किन्ने र संक्रमणको तहअनुसार दैनिक चारदेखि ६ पटकसम्म औषधि आँखामा राख्न सकिन्छ।

यो सरुवा रोग छिटै अरूमा संक्रमित हुने र स्वास्थ्यमा हानि पुर्याउने भएकले सचेत हुन जरुरी रहेको चिकित्सकहरूको सुझाव छ। डा. चौधरीका अनुसार कोरोना संक्रमणको अवधिमा जस्तै भीडभाडमा नजाने, दैनिक चारपाँचपटक हातको सफाइ गर्ने, सकेसम्म हातले अनुहार र आँखामा नछुने, पानी नभएको ठाउँमा सेनिटाइजरले हात सफा राख्ने, अरूका लुगा तथा रुमाल, बेड प्रयोग नगर्ने, आँखा पाकेको लक्षण भएका व्यक्तिको नजिक नबस्ने, एउटै सामान प्रयोग नगर्ने, उनीहरूले प्रयोग गरेको मोबाइल प्रयोग नगर्ने जस्ता सावधानी अपनाउनुपर्छ।
अर्को समाचार
आँखा पाक्ने जोखिम अझै दुई साता
०३ भदौ २०८०
•
४ मिनेट पाठ
आँखा पाक्ने जोखिम अझै दुई साता
असारको दोस्रो सातादेखि देखापरेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्। तराईका जिल्लामा संक्रमण घट्दो दरमा भए पनि काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा भने जोखिम कायमै रहेको विज्ञहरूले औंल्याएका छन्।




नेपाल आँखा अस्पतालका निर्देशक डा. कमलबहादुर खड्काले भने, ‘यो संक्रमण भदौको तेस्रो सातासम्म जारी रहने सम्भावना छ।’ उनका अनुसार दुई दिनदेखि अस्पतालमा उपचार गर्न आउने संक्रमितको संख्या केही घटेको देखिए पनि संक्रमणको अवधि बाँकी नै रहेकाले सबैलाई सचेत हुन आग्रह गरे।

नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष डा. निनु चौधरीका अनुसार पछिल्लो दुईतीन दिनयता पानी रोकिएर घाम लाग्न थालेपछि तराईका जिल्लामा संक्रमण दर घटे पनि पहाडी जिल्लामा कायमै छ। आँखा पाक्ने रोग मौसमी भएकाले यो समयमा हरेक वर्षजस्तो संक्रमण रहन्छ। यसको अवधि मध्य असारदेखि भदौको मध्य या अन्तिम सातासम्म जारी रहने छ।

नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष डा. मिनु चौधरीका अनुसार तराईबाट फैलिएको आँखा पाक्ने रोग हिमाली जिल्लाबाहेक सबैतिर फैलिइसकेको छ। उनका अनुसार तराई र पहाडी जिल्लामा यो भाइरसका लागि अनुकुल मौसम रहेकाले संक्रमण दर बढी देखिएको हो।

नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष डा. निनु चौधरीका अनुसार पछिल्लो दुईतीन दिनयता पानी रोकिएर घाम लाग्न थालेपछि तराईका जिल्लामा संक्रमण दर घटे पनि पहाडी जिल्लामा कायमै छ। आँखा पाक्ने रोग मौसमी भएकाले यो समयमा हरेक वर्षजस्तो संक्रमण रहन्छ।
चिकित्सकका अनुसार यो वर्ष फैलिएको आँखा पाक्ने रोगको संक्रमण ‘एडिनो’ भाइरसका कारणले भएको हो। यो भाइरसले रोग संक्रमण गराएपछि निको हुन एकदेखि दुई साता लाग्ने छ। यो वर्ष आँखा पाक्ने रोग धेरैमा सर्नुको मुख्य कारण संक्रमितको मोबाइल परिवारका अन्य सदस्यका हाता सजिलै पुग्ने भएकाले आँखा पाक्ने रोग पनि सरेको बताए।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा साउन २६ भित्र आँखा अस्पतालहरूले पठाएको तथ्यांकअनुसार नेपालमा ४४ हजार ८ सय ६० जना संक्रमित भएको देखिन्छ।

यो तथ्यांकमा सबै आँखा अस्पतालहरूको तथ्यांक समावेश हुन सकेको छैन। तराईका आँखा अस्पतालहरू पुगेका बिरामीमध्येमा ५० प्रतिशतमा आँखा पाक्ने रोग संक्रमण भएको पाइएको छ। महाशाखाको जुनोसिस शाखाका प्रमुख डा. हेमन्त ओझाले पनि केही साताभित्र नियन्त्रणमा आउने सम्भावना रहे पनि भदौको अन्तिमसम्म जारी रहने सम्भावना रहेको बताए। सबै अस्पतालहरूको एकमुष्ठ तथ्यांक प्राप्त हुन नसकेको उनले जानकारी दिए।

चिकित्सकका अनुसार यो वर्ष फैलिएको आँखा पाक्ने रोगको संक्रमण ‘एडिनो’ भाइरसका कारणले भएको हो। यो भाइरसले रोग संक्रमण गराएपछि निको हुन एकदेखि दुई साता लाग्ने छ।
यो भाइरस संक्रमण भएलगत्तै आँखा चिलाउने, रातो हुने, असजिलो हुने र विस्तारै आँखाबाट पानी बगिरहने, घाममा आँखा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ। यीमध्ये सुरुकै लक्षण देखिनेबित्तिकै उपचार नगरेमा संक्रमणले आँखाका नानी प्वाल परेर दृष्टि गुम्न सक्ने र कतिपयका आँखाका नानीमा घाउ बनेर फुलो पर्न जान्छ। यसले पनि दृष्टिमा समस्या ल्याउन सक्ने भएकाले सकेसम्म आँखा पाक्ने रोगबाट बच्ने र संक्रमण भइहालेमा लक्षण देखिनेबित्तिकै चिकित्सकको सुझावमा मात्र औषधी प्रयोग गर्न जरुरी छ।

आँखा संवेदनशील अंग भएकाले रोग संक्रमण भइहालेमा जथाभावी औषधी प्रयोग गर्न नहुने नेपाल आँखा अस्पतालका निर्देशक डा. खड्काले सुझाए। उनका अनुसार अस्पतालको पहुँच नभएका बिरामीले फार्मेसीसँग नाम तोकेर मात्र औषधी प्रयोग गर्न सक्नेछन्।

फार्मेसीमा उपलब्ध हुने सिप्रोफ्लोसासिन, मोक्सी सिप्रोफ्लोसासिन र टोब्रामाइसिन जस्ता साधारण एन्टिबायोटिक किन्ने र संक्रमणको तह अनुसार दैनिक चारदेखि ६ पटकसम्म औषधी आँखामा राख्न सकिन्छ। यो सरुवा रोग छिटै अरूमा संक्रमित हुने र स्वास्थ्यमा हानि पुर्‍याउने भएकाले सबैले सचेत हुन जरुरी रहेको चिकित्सकहरूको सुझाव छ।

डा. चौधरीका अनुसार कोरोना संक्रमणको अवधिमा जस्तै भीडभाडमा नजाने, दैनिक चारपाँचपटक हातको सफाइ गर्ने, सकेसम्म हातले अनुहार र आँखामा नछुने, पानी नभएको ठाउँमा सेनिटाइजरले हात सफा राख्ने, अरूका लुगा तथा रुमाल, बेड प्रयोग नगर्ने, आँखा पाकेको लक्षण भएका व्यक्तिको नजिक नबस्ने, एउटै सामान प्रयोग नगर्ने, उनीहरूले प्रयोग गरेको मोबाइल प्रयोग नगर्ने जस्ता सावधानी अपनाउनुपर्छ।

आँखा संवेदनशील अंग भएकाले रोग संक्रमण भइहालेमा जथाभावी औषधी प्रयोग गर्न नहुने नेपाल आँखा अस्पतालका निर्देशक डा. खड्काले सुझाए। उनका अनुसार अस्पतालको पहुँच नभएका बिरामीले फार्मेसीसँग नाम तोकेर मात्र औषधी प्रयोग गर्न सक्नेछन्।
आँखामा संक्रमित भएका व्यक्तिले पनि यस्तै सावधानी अपनाउनुपर्ने डा. चौधरीको सुझाव छ। उनका अनुसार संक्रमित व्यक्ति विद्यालय तथा कार्यालयमा नजाने, घरमै आराम गरेर बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, आँखा सफा पानीले धुने जस्ता सावधानी अपनाउनुपर्ने चिकित्सकले सुझाएका छन्।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस