फैलिँदै आँखा पाक्ने रोग
१८ साउन २०८०
•
२ मिनेट पाठ
फैलिँदै आँखा पाक्ने रोग
बिरामीका आँखा जाँच गर्दै धनगढी नेत्रालयका डाक्टर जिवानन्द बिष्ट। तस्बिरः पुष्पराज जोशी/नागरिक
कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण दिनानुदिन बढ्दै गएको छ। पछिल्लो दुई साता यता कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक सयौंको संख्यामा बिरामीहरु आँखा उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।




बालकदेखि वृद्धसम्ममा आँखा पाक्ने, आँखा चिलाउने, आँखाबाट आँसु बग्ने जस्ता लक्षण देखिने गरेको छ। आँखाको समस्या देखिएसँगै गेटा आँखा अस्पतालका साथै धनगढी नेत्रालयमा उपचारका लागि बिरामीहरु आउने गरेका छन्।

अहिले दैनिक डेढ सयदेखि दुई सय जना बिरामीको आँखा चेकजाँच गरिरहेको बताउँदै धनगढी नेत्रालयका दृष्टि विशेषज्ञ डाक्टर जिवानन्द बिष्टले भने, ‘सामान्य भाषामा ‘भाइरल रोग’ भनिए पनि ‘कन्जन्टिभाइटिस’ भाइरसका कारण यो रोग अहिले व्यापक रुपमा फैलिरहेको छ।’ आँखा चिलाउने, आँखा सुनिने, पाक्ने तथा आँसु बग्ने र कहिले काहीँ आँखाको नानीमा घाउ हुने समस्या पनि देखिने गरेको उनले बताए।

मानिसको सम्पर्कबाट यो रोग सर्ने गरेको बताउँदै उनले भने, ‘रोगीको सामग्री प्रयोग गर्ने, हात मिलाउने तथा मानिसको प्रत्यक्ष सम्पर्कबाट भाइरस सर्ने गर्छ। त्यसका लागि सचेतना अपनाउनु जरुरी छ।’

पछिल्लो समयमा अस्पताल पुग्ने ९० प्रतिशत बढी बिरामी आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आउने गरेको उनले बताए। बच्चालाई चाँडो सन्चो हुने भए पनि युवा तथा ज्येष्ठ नागरिकलाई भने सन्चो हुन एक हप्तादेखि दुई हप्तासम्म लाग्ने गरेको उनी बताउँछन्।

यो समय भनेको आँखा पाक्ने समय भए पनि ‘कन्जन्टिभाइटिस’ भाइरस बढी सक्रिय हुने भएकाले रोग भयावह देखिएको उनले बताए। आँखाको बिरामीले दैनिक चार/पाँच पटक चिसो पानीले आँखा सफा गर्ने, आँखालाई नमिच्ने तथा चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्दा रोग सन्चो हुने गरेको चिकित्सकहरु बताउँछन्।

आँखा पाक्ने रोग जटिल नभए पनि चिकित्सकको सल्लाह बिनाको औषधि प्रयोग नगर्न चिकित्सकहरुले सुझाएका छन्। ‘रोग लागेपछि आँखा चेकजाँच नगरिकनै औषधी प्रयोग गर्ने, फोहोर हातले आँखा मिच्ने जस्ता कार्य गर्नु हुँदैन,’ डा. बिष्टले भने, ‘अहिले आँखा पाक्ने वित्तिकै मानिसहरु औषधि पसलमा गएर चेकजाँच बिनै औषधि प्रयोग गर्ने गरेका छन्, जसले गर्दा आँखामा दीर्घकालीन असर पर्न सक्छ।’

अहिले आँखा पाक्ने रोग ह्वात्तै बढेका कारण भिडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने जस्ता सजगता अपनाउनु जरुरी रहेको उनी सुझाउँछन्। बढीजसो विद्यार्थीहरुबाटै आँखा पाक्ने रोग सर्ने गरेको बताउँदै उनले भने, ‘अहिले महामारीका रुपमा आँखा पाक्ने रोग फैलिरहेकाले विद्यालयमा भौतिक दूरी कायम गरेर पठनपाठन गर्दा उपयुक्त हुन्छ।’

अस्पतालमा पनि बढीजसो बालबालिका नै उपचारका लागि आउने गरेको उनी बताउँछन्। ‘स्कुले बालकालिका नै उपचरका लागि आउने गरेका छन्,’ उनले भने, ‘यसबाट पनि बालबालिकाबाट घरपरिवार तथा अभिभावकमा समेत आँखा पाक्ने रोग सरेको देखिन्छ।’
अर्को समाचार
भित्र्याउने बेलाको गहुँ खेतमै खरानी बन्यो
०७ वैशाख २०८१
•
१ मिनेट पाठ
भित्र्याउने बेलाको गहुँ खेतमै खरानी बन्यो
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।




दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए। उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए।

‘आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ’, बस्नेतले भने, ‘स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो।’

भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो

टीकापुर–कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ। जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ। तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ।

स्थानीयका अनुसार बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको हो। आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो।

यसैगरी, भजनी नगरपालिका वडा नं. ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस