चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।
‘प्रत्येक बर्ष मानिसको जन्मदिन आउँछ। त्यो अवसरमा प्याकेज सहितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’ राप्ती नगरपालिका प्रमुख शम्शेर लामाले भने, ‘यसले नियमित स्वास्थ्य परीक्षण गर्न बानी पर्दछ।’ राप्तीको भण्डारा अस्पतालबाट सर्वसाधरणले सेवा लिने व्यस्था मिलाईएको छ। नगरपालिकाले यो कार्यक्रम असोज महिनादेखि ल्याएको हो। त्यसो गर्दा अहिले भण्डारा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्नेहरुको संख्या समेत बढेको नगरप्रमुख लामा बताउँछन्। ‘हामी नियुक्ति हुँदा भण्डारा अस्पतालमा दैनिक १०देखि १२ जनासम्म आउने गर्दथे,’ उनले भने, ‘अहिले यहाँ दैनिक सयभन्दा बढी आउनुहुन्छ।’ जन्मदिनमा भण्डारा अस्पतालबाट हुने सम्पूर्ण सेवाहरु निःशुल्क गर्ने व्यवस्था गरिएको हो। अहिले भण्डारा अस्पतालमा स्वास्थ्य उपकरणहरुको समेत थप गरिएको उनले बताए।
स्वास्थ्य सुधार अन्तरगत राप्ती नगरपालिकाले सबै वडामा प्रयोगशाला राख्ने तयारी गरेको उनले बताए। विशेषगरि पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ, तामाङ समुदायका मानिसहरुको स्वास्थ्य उपचारका लागि लक्षित गरि निःशुल्क एम्बुलेन्स सेवा समेत नगरपालिकाले सञ्चालनमा ल्याएको छ। राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ नम्बर वडा पहाडी क्षेत्रमा पर्दछ। त्यहाँ पछाडी परेका चेपाङ समुदायको बाक्लो बसोबास छ। उनीहरु आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन् । करिव १३ हजार जनसंख्या रहेको यस क्षेत्रमा एम्बुलेन्स सेवा समेत थिएन। असोज महिनाबाट सेवा सञ्चालन गरेपछि ३ सय जना बिरामीले सेवा लिएको नगरपालिकाले जनाएको छ।
चेपाङ समुदायमा खाद्यन्नको अभाव भइरहन्छ। पहाडी क्षेत्रमा बस्ने चेपाङ समुदायले छ महिना वनको कन्दमुलको भरमा जिवन निर्वाह गर्ने गर्दछन्। सानै उमेरमा बिवाह गर्ने हुँदा त्यस क्षेत्रका बच्चाहरुमा कुपोषण बढी भएको पाइन्छ। त्यसलाई मध्येनजर गर्दै नगरपालिकाले सुत्केरी पोषण कार्यक्रम ल्याएको नगरप्रमुख लामा बताउँछन्। ‘सुत्केरी र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रत्येक सुत्केरीलाई ३ हजार ८ सय रुपैयाँ दिने गरि सुत्केरी पोषण कोष बनाएका छौँ,’ उनले भने,‘ यस कार्यक्रमले सुत्केरी महिला र बच्चाको स्वास्थ्यमा केही सुधार हुनेछ।’
कान्दा राप्ती नगरपालिकाको सबैभन्दा विकट क्षेत्र हो। त्यहाँ अहिलेसम्म सवारी साधन समेत पुग्न सकेको छैन। आधारभूत स्वास्थ्य चौकी समेत छैन। असार मसान्तसम्ममा स्थापना गर्ने गरि काम अगाडि बढाएको उनले बताए।
नगरवासीको उपचारमा सहजता प्रदान गर्न भण्डारा अस्पतालमा स्वास्थ्य विमाको कार्यक्रम ल्याउन लागिएको उपप्रमुख देवेन्द्र लामाले बताए। ‘भण्डारामा स्वास्थ्य विमा कार्यक्रम ल्याउन हामीले धेरै मेहेनत गरेका छौँ,’ उनले भने, ‘यही बर्षभित्र स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन गर्दछौँ।’
नगरपालिकाले निःशुल्क शिक्षा समेत व्यवस्था गरेको छ। सम्पूर्ण बालबालिकालाई शिक्षा दिने उद्देश्यले कोराक र देउराली टारमा गरी दुई वटा छात्राबास समेत नगरपालिकाले सञ्चालनमा ल्याएको छ। ८ वटा माध्यमिक विद्यालय, ९ वटा आधारभूत विद्यालय र २५ वटा प्राथमिक विद्यालय रहेको राप्तीले दिवा खाजाको समेत व्यवस्था गरेको छ। केन्द्र सरकारले दिने १५ रुपैयाँमा पाँच रुपैयाँ थपेर दिवा खाजा दिने व्यवस्था गरेको छ।
विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ। चिकित्सक परिचालनसँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठूला सहर पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा खटाइएका छन्। बागमतीमा २०८ जना चिकित्सक परिचालन गरिँदा कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना खटिएका छन्।
त्यस्तै, मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना विशेषज्ञ चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
कुल खटाइएका चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा र बाँकी ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन्। सङ्घीय सरकारले प्रदेशमा पठाएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ।
विशेषज्ञ चिकित्सकको परिचालनबाट एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवा विस्तार र सुदृढ हुने विश्वास मन्त्रालयले लिएको छ।
यसले विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ जनशक्तिको उपलब्धता बढेसँगै नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउने र ठूला सहरमा उपचारका लागि जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...