जुम्लाको सिंजा पूर्ण खोप सुनिश्चित घोषित
०९ वैशाख २०८०
•
२ मिनेट पाठ
जुम्लाको सिंजा पूर्ण खोप सुनिश्चित घोषित
जुम्लाको सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।




पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि सिंजालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

पूर्ण खोप जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिना भित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए।

उनका अनुसार खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ। खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ।

स्वास्थ्य शाखा प्रमुख रोकायाले अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको सुनाए। कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता गाउँपालिकाको रहेको छ।

गाउँपालिकाको-१ धाँपा स्वास्थ्य चौकीमा शून्यदेखि १५ वर्षसम्मका ४१ जना र १६ देखि २३ महिनासम्म ४६ जनालाई पूर्ण खोप लगाएका छन्। वडा-२ आधारभुत स्वास्थ्य केन्द्र विष्टवाडामा शून्यदेखि १५ महिनासम्मका २९ जना र १६ देखि २३ महिनासम्मका ३१ जनालाई पूर्ण खोप लगाइएको छ। वडा नम्बर ३ नरोकोट स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ४३ जना र १६ देखि २३ महिनासम्मका ४५ जनालाई खोप लगाइएको छ। पालिकाको आधारभूत स्वास्थ्य केन्द्र देविडाडामा शून्यदेखि १५ महिनासम्मका १४ जना र १६ देखि १६ महिनासम्मका २६ जना र १६ देखि २३ महिनासम्मका ३३ जना बालबालिकालाई पूर्ण खोप लगाएको छ।

शनि गाउँ स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ३५ जना र १६ देखि २३ महिनासम्मका ४१ जना बालबालिकालाई खोप लगाएको हो। आधारभूत स्वास्थ्य केन्द्र दातमा शून्यदेखि १५ महिनासम्मका ३८ जना र १६ देखि २३ महिनासम्मका ४० जनाले खोप लगाएका छन्। शून्यदेखि १५ महिनाका २ सय १२ जना र १६ देखि २३ महिनासम्मका २ सय ३७ जना गरी ४ सय ४९ जनालाई पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको रोकायाले बताए।

सबै वडाका खोप उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाएको हुनु पर्नेछ। खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएका कारणले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप नछुटाई लगाउनु पर्दछ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकार संवेदनशील भएको सिंजा गाउँपालिकाले जनाएको छ।
अर्को समाचार
बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’
१६ भदौ २०७८
•
३ मिनेट पाठ
बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’
जुम्ला सिँजा गाउँपालिका धापाकी लक्ष्मी शाही २२ वर्षकी भइन्। उनले अहिलेसम्म विवाह गरेकी छैनन्। उनको परिवारले विवाह गर्नका लागि कुनै दबाब दिएको पनि छैन। लक्ष्मी दुईचार वर्षसम्म विवाह गर्ने मनस्थितिमा छैनन्।




उनले भनिन्, ‘परिपक्व उमेरमा विवाह गर्नुपर्ने भन्दै परिवारले सुझाव दिन्छ। बालविवाह सामाजको एउटा रोग जस्तै हो। बालविवाहले शारीरिक, मानसिक र संवेदनात्मक रुपमा असर पार्छ।’ त्यही भएर परिपक्व भइसकेपछि परिपक्क उमेरको युवासँग विवाह गर्ने उनी बताउँछिन्। उनले गाउँमा बालविवाह गर्नेलाई चुनौती बन्ने बताइन्। ‘उनीहरूका अगाडि परिपक्व उमेरमा विवाह गरेर देखाउँछु। घरपरिवारले पूर्ण साथ दिएका छन्,’ उनले भनिन्, ‘यसैबाट सुरु हुनेछ बालविवाह अन्त्य अभियानको प्रारम्भ।’  

सिँजाकै रामकली सन्ज्यालले छोराछोरीको इच्छाविपरीत बालविवाह गर्ने चलनले समाज अस्वस्थ बन्दै गइरहेको बताइन्।उनले भनिन्, ‘कम उमेरमै विवाह गरेर अपरिपक्व सन्तान जन्माउनु पनि समाजका लागि ठुलो समस्या हो। सभ्य समाज बनाउन सबै परिपक्व भएर मात्र विवाह गर्नुपर्छ।’ छोरीको इच्छा नभए पनि आमाबुबाले टिपेर दिने चलन थियो।अहिले त्यो छैन।२० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्ने जागरण गाउँमा फैलन थालेको छ। पहिले जस्तो छैन। उनले भनिन्, ‘हामी कम उमेरमा छोरी दिँदैनौं। बुहारी पनि ल्याउँदैनौं। परिपक्क भइसकेपछि मात्र विवाह गर्न सुझाउँछौं।’

गत वर्ष उनकी १९ वर्षकी छोरी पोइल गइन्। २० वर्ष नहुँदासम्म विवाह गर्न मिल्दैन भनेर घर फर्कायौं,’ उनले भनिन्, ‘केटाको पक्षबाट विवाह माग्न आए। कानुनले तोकेको उमेर पुगेपछि विवाह गरौंला, त्योभन्दा अगाडि विवाहको कुनै सम्भावना छैन भनेर फर्कायौं। ’

सिँजा–३ धापाकी पार्वती सन्ज्यालले १० वर्षको उमेरमा विवाह गरिन्। ‘सानो उमेरमा विवाह गर्दा परिपक्व थिएनौं। भारी बोक्न सक्दैनथ्यौं। स्वास्थ्यका हिसाबले निकै कमजोर थियौं,’ उनले भनिन्, ‘त्यो बालविवाह गर्नेलाई मात्र थाहा छ।अहिले बालविवाह गर्दा भोग्नुपर्ने समस्याबारे बालबालिकालाई अनुभव सुनाउँछौं।२० वर्षअघि विवाह गर्नुहुँदैन।’

गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्। कम उमेरमा विवाह गर्दा आमा र बच्चाको  अवस्था निकै जोखिमपूर्ण हुन्छ।

सुनदेवी सँज्यालले १५ वर्षमा विवाह गरेर १६ वर्षमा बच्चा जन्माइन्। बच्चा जन्माउन गाह्रो भयो। बच्चा कमजोर जन्मियो। खान मन नलाग्ने भयो। उनलाई शारीरिक रुपमा निकै कमजोरी महसुस भयो। उनले भनिन्, ‘बालविवाह गर्नु अकालमा मृत्यु निम्त्याउनु हो।’

कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बालविवाह गर्नेलाई सरकारी सेवा नदिने नियम बनेको बताउँछिन्। उनले गाउँपालिकाले बालविवाह रोक्न ऐन, नियम र कार्यविधि बनाएको बताउँदै अब गाउँगाउँमा पुगेर सचेतना फैलाउनेमा जोड दिइन्।  

‘म निर्वाचित हुँदाताका बालविवाह निकै देखिन्थ्यो। भोजभतेर बहिस्कार गर्ने, बालविवाह गर्नेलाई समाजबाट बहिस्कार गर्ने नीति लिएपछि अहिले निकै कम भएको छ,’ उनले भनिन्, ‘बालविवाह गरेको थाहा पाउनेबित्तिकै दुवै पक्षलाई झिकाएर बालबालिकालाई आ–आफ्नो घर फकाइदिन्छौं। उमेर पुगिसकेपछि मात्र विवाह गर्न सुझाव दिने गरेका छौं।’ स्थानीय तहले कानुन नमान्नेलाई जरिवाना गर्ने व्यवस्था पनि लागु गर्ने भएको छ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणका ग्रामीण बस्तीमा बालविवाह रोक्न सचेतनाका क्रियाकलाप हुन थालेपछि महिला निकै जागरुक भएका हुन्। उनीहरूलाई बालविवाहबारे कानुनी ज्ञानसमेत प्रदान गरिँदै आएको छ।

स्थानीय तहका जनप्रतिनिधिलाई जिम्मेवार बनाउँदै बालविवाह अन्त्य गर्न आवश्यक पर्ने नीति, ऐन र कानुन तर्जुमाका लागि साझेदारी भइरहेको क्याड नेपाल जुम्लाले जनाएको छ। 
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस