तीन लाख पशुमा पूर्ण खोप लगाइँदै
२६ चैत्र २०७९
•
२ मिनेट पाठ
तीन लाख पशुमा पूर्ण खोप लगाइँदै
फाइल तस्वीर
खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम थालिएको छ।




भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ मार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर  र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएका हो।

विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले भने, ‘विज्ञ केन्द्रको वार्षिक कार्यक्रम अनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौं। आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।’

उनका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैंसी, बाख्रा, बङ्गुर सुँगुर लगायतको तथ्याङ्क सङ्कलन गरिएको छ। कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्ण खोप लगाइँदैछ।

‘सात पालिकाबाहेकका ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकता अनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआर लगायतका खोप अभियान पनि सञ्चालनमा छ’, उनले भने।

पूर्ण खोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ। कुनै वडामा दुई खोपकर्ता परिचालित छन्। सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताए।

‘सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्ण खोपका लागि परिचालन गरिएको छ’, उनले भने।

उनका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्ण खोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरू पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ। जिल्लाको म्याग्देका छ सय ८६ गाईगोरु, एक हजार एक सय ८३ भैंसी, सात हजार सात सय ५० बाख्रा, एक हजार दुई सय ९५ सुँगुर बङ्गुर, छ सय ५२ कुकुर र ८३ बिरालोलाई पूर्ण खोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए।

म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ। ‘एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्ण खोप लगाइसक्छौं’, उनले भने।

गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निर्मूल पार्ने योजना बनाएको छ। तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात-निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ। रासस
अर्को समाचार
तीन लाख पशुमा पूर्ण खोप लगाइँदै
२६ चैत्र २०७९
•
२ मिनेट पाठ
तीन लाख पशुमा पूर्ण खोप लगाइँदै
खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सात स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम थालिएको छ।




भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहँुमार्फत जिल्लाका व्यास, शुक्लागण्डकी, भानु, भिमाद नगरपालिका सहित म्याग्दे, बन्दीपुर  र आँबुखैरेनी गाउँपालिकामा पशुमा पूर्ण खोप अभियान सञ्चालन गरिएका हो। विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले भने, ‘विज्ञ केन्द्रको वार्षिक कार्यक्रम अनुसार प्राविधिक छनोट गरी सात स्थानीय तहका ६६ वटै वडामा पशुमा खोप लगाउन खटाएका छौं। आगामी वैशाखको पहिलो हप्ताभित्र यो अभियान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।’

उनका अनुसार कृषकका पशु फार्म तथा गोठमा पुगेर गाईभैँसी, बाख्रा, बङ्गुर सुँगुर लगायतको तथ्याङ्क सङ्कलन गरिएको छ। कार्यालयमार्फत करिब तीन लाख पशुमा पूर्ण खोप लगाइँदैछ।

‘सात पालिकाबाहेकका ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा भने आवश्यकता अनुसारको खोप अभियान सञ्चालन गरिएको छ, त्यहाँ पिपिआर लगायतका खोप अभियान पनि सञ्चालनमा छ’, उनले भने।

पूर्ण खोप अभियानका लागि एक वडा एक खोपकर्ता परिचालन गरिएको छ। कुनै वडामा दुई खोपकर्ता परिचालित छन्। सात स्थानीय तहका ६६ वडामा ७० खोपकर्ता परिचालित भएर पशुलाई खोप लगाउने कार्य जारी रहेको केन्द्र प्रमुख श्रेष्ठले बताए।

‘सबै प्राविधिकलाई तालिम दिएर यही महिनादेखि पूर्ण खोपका लागि परिचालन गरिएको छ’, उनले भने।

उनका अनुसार म्याग्दे र आँबुखैरेनी गाउँपालिका सहित व्यास र भिमाद नगरपालिकामा पूर्ण खोप अभियान सम्पन्न हुने चरणमा पुगिसकेको छ भने अरू पालिकामा करिब ५० प्रतिशतमा खोप लगाइसकिएको छ। जिल्लाको म्याग्देका छ सय ८६ गाईगोरु, एक हजार एक सय ८३ भैँसी, सात हजार सात सय ५० बाख्रा, एक हजार दुई सय ९५ सुँगुर बङ्गुर, छ सय ५२ कुकुर र ८३ बिरालोलाई पूर्ण खोप लगाइसकिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले बताए।

म्याग्देका सात वडामा १० जना खोपकर्ता परिचालन गरिएको छ। ‘एक हप्ताभित्र म्याग्देका सबै खोप लगाउन योग्य पशुलाई पूर्ण खोप लगाइसक्छौं’, उनले भने।

गण्डकी प्रदेश सरकारले प्रदेशलाई नै पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निर्मूल पार्ने योजना बनाएको छ। तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयात–निर्यात हुने भएकाले पूर्णखोप अभियान सञ्चालन गरिएको बताइएको छ।  

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ। रासस
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस