नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलका मनिताल श्रेष्ठलाई ज्वरो आएपछि आफन्तले उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्याए।
इमरजेन्सी वार्डमा लैजाँदा बिरामीको उपचारमा हेलचेक्र्याइँ र सिकारु विद्यार्थीलाई उपचारमा संलग्न गराइयो। जसले बिरामी श्रेष्ठको मृत्यु भयो।
त्यति बेला मृतककी श्रीमती नम्रता श्रेष्ठले २०७६ सालमा क्षतिपूर्ति माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। जसको सुनुवाइ अहिले भएको छ। बाँके जिल्ला अदालतले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई उपचारमा लापरबाही गरेको ठहर गर्दै २६ लाख १० हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ। बाँके जिल्ला अदालतका न्यायाधीश विदुर कार्कीको एकल इजलासले उक्त फैसला गरेको हो।
ज्वरो आई अस्पतालको इमरजेन्सी वार्डमा लैजाँदा बिरामीको उपचारमा हेलचेक्र्याइँ गरिएको, सिकारु विद्यार्थीलाई उपचारमा संलग्न गराएको दाबीसहित उपभोक्ता संरक्षण ऐन अनुसार मृतकका परिवारले अस्पताल र उपचारमा संलग्न चिकित्सकविरुद्ध क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए।
अधिवक्ता वसन्त गौतमका अनुसार मुद्दामा रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ताहरू वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी र हिरा श्रेष्ठले बहस गरेका थिए भने विपक्षी नेपालगन्ज मेडिकल कलेजका तर्फबाट अधिवक्ता लोकबहादुर शाहले बहस गरेका थिए।
उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएपछि बाँकेमा दर्ता भएको पहिलो मुद्दामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकारलाई संरक्षण गर्नुका साथै अस्पतालहरूलाई जबाफदेही बनाउन एउटा नजिर स्थापित गरेको उपभोक्ता अधिकारकर्मीसमेत रहेका अधिवक्ता गौतमले बताए।
जिल्ला अदालतमा पहिलो पटक गुणस्तरीय स्वास्थ्य सेवा नपाएको भन्दै अस्पतालविरुद्ध मुद्दा दर्ता गराएको यो पहिलो घटना थियो। उपभोक्ता संरक्षण ऐन २०७५ मा सो व्यवस्था गरिएपछि पहिलो पटक मुद्दा दर्ता भएको थियो। क्षतिपूर्ति पाएकी नम्रताको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा असार १ गते उपचारको क्रममा पतिको मृत्यु भएको थियो।