तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडी सारेका थिए। सोही अनुरूप कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो।
उक्त योजना अन्तर्गत जुम्लाको तिला गाउँपालिका –३ कुडारीमा ०७७ मङ्सिर २१ गते १० शय्याको अस्पताल निर्माणको शिलान्यास गरिएको थियो। तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले उक्त अस्पतालको शिलान्यास गरेका हुन्। १० शय्याको अस्पताल निर्माणका लागि संघीय सरकारले १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। ०७९ माघ अन्तिम साता निर्माण कार्य सम्पन्न हुन सकेको छैन। उक्त आयोजना अहिले अलपत्र अवस्थामा रहेको छ।
तिला गाउँपालिका जुम्लाका सव इन्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ। ‘संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट बजेट आउनु पर्ने हो’, उनले भने, ‘समयमा बजेट नआउँदा भने जस्तो काम हुन सकेको छैन।’
हाँडसिंजाको अस्पताल फाउण्डेसन पनि उस्तै
कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शय्याको अस्पताल निर्माण गर्न तत्कालीन पालिका अध्यक्ष नरवीर रावतले शिलान्यास गरेका हुन्। अहिलेसम्म शिलान्यासमै सीमित रहेको छ। संघीय सरकारको स्वास्थ्य मन्त्रालयको बजेटमा यहाँको हाँडसिंजामा १५ शय्याको अस्पताल शिलान्यास गरिएको हो। स्वास्थ्य मन्त्रालयले १८ करोड ५० लाख रुपैयाँ विनियोजन भएको थियो। अस्पताल बनाउन स्थानीयले करिब ४ हजार वर्ग मिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन्। स्थानीय स्तरमै अस्पताल बनेपछि निःशुल्क रूपमा औषधि उपचार गर्न पाइने अपेक्षासहित स्थानीय निःशुल्क जग्गा प्रदान गरेका हुन्। कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार अस्पताल निर्माणको फाउण्डेसन निर्माण हुँदैछ। उनले जग्गा समतल बनाउने काम भएको र केही निर्माण सामग्री ल्याएर फालिएको बताए।
करिब एक करोड २० लाख रुपैयाँ बजेट ठेकेदारले पेस्की लिए पनि सोही बमोजिम काम नभएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। धेरै ताकेता गर्दा फागुन दोस्रो साताबाट निर्माण कार्य द्रुत गतिमा गर्ने बताइएको छ।