स्वस्थ जीवनशैलीका लागि नागरिक आरोग्य कार्यक्रम
२४ माघ २०७९
•
३ मिनेट पाठ
स्वस्थ जीवनशैलीका लागि नागरिक आरोग्य कार्यक्रम
जुम्लाको सदरमुकाम खलंगामा नागरिक आरोग्य कार्यक्रमअन्तर्गत जिल्ला अभिमुखीकरण कार्यक्रम सकिएको छ। जिल्लास्थित जनप्रतिनिधि र सरोकारवाला निकायलाई नागरिक आरोग्य कार्यक्रमबारे अवगत गराउन आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो।




योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रदेश सरकारले ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरेको छ। स्वस्थ जीवनशैली, आयुर्वेद र योग, स्थानीयस्तरमा पाइने जडिबुटीका विषयमा सहजीकरण गरिएको थियो। ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रम कर्णाली प्रदेश, स्वास्थ्य निर्देशनालय, सुर्खेतको आयोजनामा सञ्चालन गरिएको थियो।

कर्णाली प्रदेश, स्वास्थ्य निर्देशनालय, सुर्खेत फोकल पर्सन पुष्पा आचार्यले नागरिक आरोग्य कार्यक्रमको परिचय, उद्देश्य औचित्यका बारेमा विस्तृत जानकारी गराएकी थिइन्। उनले कार्यक्रममा आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपान, त्यसले स्वास्थ्यमा पार्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुन्छ, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने भन्ने विषयमा सुसूचित गराएकी थिइन्।

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका डा. प्रतिभा शर्माले समुदायस्तरमा समेत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा प्रयोग र खानपानका विषयमा जानकारी गराउन आवश्यक भएको बताइन्। उनले नियमित रूपमा योग र ध्यान गर्न पनि सुझाइन्। उनले समुदाय स्तरमा यस्ता कार्यक्रम आवश्यक भए पनि कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण रहेको बताइन्। जुम्लामा पाइने स्थानीय जडीबुटी पहिचान गरी उपयोग गर्न पनि उनले अपिल गरिन्।

जिल्ला समन्यव समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले पछिल्लो समयमा मानिस खान नजानेर अस्वस्थकर बन्दै गएको बताए। उनले हरेक नागरिकले शारीरिक व्यायामसँगै खानपानमा समेत ध्यान दिनुपर्ने धारणा राखे। गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले नागरिक आरोग्य कार्यक्रम मानिसको जीवन दैनिकीसँग जोडिएको महत्वपूर्ण कार्यक्रम रहेको बताए। यो कार्यक्रमलाई निरन्तरता दिन आफू सकारात्मक रहेको उनले बताए।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जिल्लाका सबै पालिका, वडा र टोलटोलमा आरोग्य कार्यक्रम पुर्‍याइने बताए। ‘रोगमुक्त मुलुक निर्माणमा सरकार लागेको छ’, उनल भने, ‘अभियान सफल बनाउन सरकारसँगै हरेक नागरिकको दायित्व उत्तिकै हुन्छ। आधुनिकता नाममा मानिसको जीवनशैली र व्यवहार परिवर्तन हुँदा बर्सेनि नसर्ने रोगीको संख्या बढ्दै गएको पाइन्छ। नागरिकलाई सही बाटोमा ल्याउन झक्झक्याउनका लागि नागरिक आरोग्य कार्यक्रम ल्याइएको हो।’  

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमित्त प्रमुख नन्दप्रसाद न्यौपानेले धन्वन्तरीको समयदेखि सुरु भएको आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा पालना गर्नुपर्ने र सबैले स्वस्थकर जीवनयापन गर्दै आयुर्वेदको विकासमा सहयोग गर्नुपर्ने बताए।

यी कार्यक्रम वडास्तरमा सञ्चालन हुनुपर्ने उनले बताए। कार्यक्रममा पातारासी, कनकासुन्दरी गाउँपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, स्वास्थ्यकर्मी र पत्रकारको उपस्थिति थियो।
अर्को समाचार
स्वस्थ जीवनशैलीका लागि नागरिक आरोग्य कार्यक्रम
२२ माघ २०७९
•
१ मिनेट पाठ
स्वस्थ जीवनशैलीका लागि नागरिक आरोग्य कार्यक्रम
जुम्लाको सदरमुकाम खलंगामा नागरिक आरोग्य कार्यक्रम अन्तर्गतको जिल्ला अभिमुखीकरण कार्यक्रम मानसरोवर होटलको सभा हलमा सकिएको छ।




जिल्ला स्थिति जनप्रतिनिधि र सरोकारवाला निकायलाई नागरिक आरोग्य कार्यक्रम बारे अवगत गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।

योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रदेश सरकारले नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको हो।

स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारा सहित स्वास्थ्य जीवनशैली, आयुर्वेद र योग, स्थानीय स्तरमा पाइने जडीबुटीहरूको विषयमा सहजीकरण गरिएको थियो।

कर्णाली प्रदेश, स्वास्थ्य निर्देशनालय, सुर्खेत फोकल प्रशन पुष्पा आचार्यले कार्यक्रममा आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपानले स्वास्थ्यमा पर्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुने, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने लगायतका विषयमा सुसूचित गरिइन्।

आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लाका डाक्टर प्रतिभा शर्माले समुदाय स्तरमा समेत आयुर्वेदिक तथा वैकल्पिक चिकित्साको प्रयोग र खानपानका विषय जानकारी गराउन आवश्यक भएको बताइन्। उनले नियमित रूपमा योग र ध्यान गर्न पनि सुझाव दिइन्। जुम्लाका पाइने स्थानीय जडीबुटीको पहिचान गरी उपयोग गर्न उनले अपिल गरिन्।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस