दुर्गम क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाटै प्रसुति सेवा
०३ पौष २०७९
•
३ मिनेट पाठ
दुर्गम क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रबाटै प्रसुति सेवा
शल्यक्रिया मार्फत प्रसुती गराउँदै चिकित्सक सहीतको टिम। फोटो: नागरिक
दुर्गम जिल्लाका अस्पतालमै चिकित्सक छैनन्। भएका पनि नियमित बस्दैनन् र सेवा निरन्तर सुचारु हुने अवस्था छैन। जसको मारमा सर्वसाधारण नागरिक छन्। त्यसमा पनि आर्थिक अवस्थाका कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई नै बढी समस्या देखिन्छ।  




उपचार सेवाका लागि सुविधासम्पन्न अस्पतालमा जाने आर्थिक हैसियत छैन। आफ्नै जिल्लामा उपचारका लागि योग्य चिकित्सक र सुविधाजनक  उपचार सेवा पाइँदैन। रोग पालेर बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवनको बाजी थाप्नु पर्ने बाहेक अर्को विकल्प छैन।  

यस्तै समस्याका प्रत्यक्ष भोगी हुन्, बाजुराको कुण्डा क्षेत्रका स्थानीय। कुण्डा क्षेत्रमा चार वटा पालिका छन्। स्थानीयका लागि जिल्ला बाहिर उपचार सेवाका लागि जान हवाइ सुविधा बाहेक अर्को विकल्प छैन। भाडा खर्चका हिसाबमा हवाई सुविधा सबै नागरिकका लागि सहज र सुविधाजनक असंभव जस्तै छ।  

कर्णाली करिडोर पनि सहज हुन बाँकी छ। जिल्ला अस्पताल बाजुरा पुग्न कच्ची सडक सञ्जालले थप समस्या छ। सडक खुलेको समय पनि जीप रिर्जभको भाडा मात्रै १५ देखि २० हजार तिर्नु पर्ने बाध्यता छ। जुन हैसियत त्यस क्षेत्रका सबै नागरिकसँग छैन।  

उपचारकै कारण अकालमै ज्यान गुमाउनु पर्ने, रोग पालेर बस्नु पर्ने अवस्थामा कुण्डा क्षेत्रका स्थानीय छन्। महिलाहरु सुत्केरी हुन नसकी मृत्यु भएका छन्। यी समस्या समाधानका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमै चिकित्सक सेवा सञ्चालन गरिएको छ।  

कुण्डा क्षेत्रले बर्षौदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मिक प्रसुती सेवा सञ्चालन गरिएको छ। ‘चिकित्सक सेवा नियमित छ। आकस्मिक प्रसुती सेवा सुरु गरेका छौं, केही सयममै बिशषेज्ञ सेवा पनि सञ्चालनमा ल्याउँछौं’ बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले भने।

प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबारदेखि प्रसुती सेवा सुरु गरिएको छ। यो जिल्ला अस्पताल बाहेकका दुर्गमका स्वास्थ्य संस्थामा गरिएको पहिलो अभ्यास हो। नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य क्षेत्रकै गुणस्तरीय सुधार नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा सेवा प्रवाह सुरु गरिएको हो। प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलको विशेष सहयोग र सहकार्यमा सेवा सञ्चालन गर्न सुरु गरिएको भन्दै नगरपालिकाले प्रतिष्ठानको टिमलाई धन्यवाद दिएको छ।  

स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङ, स्टाफ नर्स भगवती रावल लगायतको टोली पहिलो सफल शल्यक्रिया मार्फत प्रसुती सेवा दिएका छन्। बुढीनन्दा नगरपालिका ६ की अस्मीता विकले शल्यक्रिया गरेर बच्चा जन्माएकी छन्। सेवा सञ्चालनको पहिलो दिनमै विपन्न नागरिकले आकस्मिक प्रसुती सेवा प्राप्त गरेकोमा नगर प्रमुख जनक कुमार बोहराले खुसी व्यक्त गरेका छन्।  

सामाजिक सञ्जाल मार्फत बोहराले बुढीनन्दा नगरपालिकाको नेतृत्व गरेर पदबहालीकै दिन बाटै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गरेकोे, सुत्केरी हुन नसकेर मर्नुपर्ने,बाटोमै बच्चा जन्माउनुपर्ने,उपचार हुन नसकेर महंगो जहाज चडेर नेपालगंज, धनगढीमा उपचार गर्नुपर्ने बाध्यतालाई हटाउन पाउँदा खुसी लागेको र सफलता मिलेको बताएका छन्।  

कोल्टीमा प्रसुती सेवा सञ्चालनसँगै बाजुरा बाहेक हुम्ला, मुगु र कालिकोटका स्थानीयले पनि सेवा पाउनेछन्। नगरपालिकाकै पहलमा फार्मेसी सञ्चालन गरिएको छ। भने बिशेषज्ञ सेवाका लागि पहल भइरहेको स्वास्थ्य शाखा प्रमुख प्रमुख ओमजंङ शाहीले बताएका छन्।  

‘कोल्टी क्षेत्रको प्रमुख समस्या नै गरिबी देखियो। सबैले उपचारका लागि आर्थिक खर्च व्यवस्थापन गर्न सक्ने अवस्था नै छैन, जुन काम नगरपालिकाको पहलमा भइरहेको छ, त्यसले नागरिक सेवामा ठूलो अर्थ राख्छ’, प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा.चेत धामीले भने।

स्वास्थ्य केन्द्रमा एनेस्थेसीया असिस्टेन्ट लालबावु यादब, तालिम प्राप्त स्वास्थ्य कर्मीको दरबन्दी नै स्थानीय तहबाटै व्यवस्थापन गरिएको छ। दुर्गम क्षेत्रमा पनि यतिसम्मको आँट गरेर सेवा प्रवाह गर्ने कार्यप्रति स्थानीय खुसी देखिएका छन्। शिविर बाहेक चिकित्सकबाट उपचार सेवा नपाएका स्थानीयका लागि ज्यान सुरक्षामा ठूलो सहयोग मिलेको अवस्था छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस