समता शुल्क कि आर्थिक भार ?
१९ जेष्ठ २०८३
•
४ मिनेट पाठ
समता शुल्क कि आर्थिक भार ?
सरकारले आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी निजी स्कुलमा अध्ययनरत विद्यार्थीमाथि तीन प्रतिशत शिक्षा समता शुल्क कर लगाउने व्यवस्था बजेटमै गरेपछि यो विषय फेरि बहसको केन्द्रमा आएको छ।




नेपालमा शिक्षा आर्जनमा कर लगाउने यो पहिलो प्रयास भने होइन। विगत १८ वर्षदेखि विभिन्न नाममा शिक्षा क्षेत्रबाट राजस्व उठाउन प्रस्ताव गर्ने र फेरि पछि हट्ने क्रम सरकार पक्षबाट हुँदै आएको छ। सरकारले २०५९ सालमै ग्रामीण शिक्षा विकास कोषवापत निजी स्कुलबाट १.५ प्रतिशत कर उठाउने नीति लिएको थियो तर त्यो पनि कार्यान्वयन हुन सकेन।

अहिले फेरि तीन प्रतिशत करले एकातिर अभिभावकमाथि थप आर्थिक भार पार्न खोजेको छ भने अर्कोतर्फ सात खर्ब लगानी रहेको निजी शिक्षालाई ‘नियोजन’ गर्न खोजेको भन्दै निजी विद्यालय सञ्चालक, विद्यार्थी र अभिभावकले विरोध गरिरहेका छन्। शिक्षा मन्त्रालय भने बजेटमा आएको शिक्षा समता शुल्कबारे स्पष्ट धारणा ल्याउने तयारीमा जुटेको छ।

अहिले बालेन्द्र शाह नेतृत्वको सरकारले शिक्षा क्षेत्रमा एकरूपता ल्याउने, शिक्षाको गुणस्तर सुधार र शिक्षक व्यवस्थापनमा जोड दिनुपर्ने र निजीसँग सहकार्य गरी जानुपर्नेमा त्यसो हुन नसकेको निजी शिक्षालय सञ्चालकहरूको गुनासो छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा समेत एकातिर निजी लगानीलाई प्रोत्साहन गरिने प्रतिबद्धता जनाए पनि निजी शिक्षालाई नै सिध्याउने काम सरकारले गरिरहेको उनीहरूको आरोप छ।

सरकारले आव २०८३/८४ को बजेटमार्फत निजी विद्यालय तथा कलेजले लिने शुल्कमा तीन प्रतिशत ‘समता शिक्षा कर’ लगाउने घोषणा गरेको छ। साउन १ देखि कार्यान्वयन हुने उक्त व्यवस्थामा सरकारले यसबाट उठ्ने रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई सहयोग तथा शैक्षिक समानता प्रवर्द्धनमा खर्च गर्ने जनाएको छ। तर यो निर्णयले निजी शैक्षिक क्षेत्र, अभिभावक, विद्यार्थी र शिक्षाविज्ञबिच बृहत् बहस सिर्जना गरेको छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का पूर्वअध्यक्ष रमेश सिलवालले सरकारले निजी विद्यालयमा बालबालिका पढेबापत सजायस्वरूप तीन प्रतिशत कर अभिभावकले तिर्नुपर्ने सरकारी व्यवस्था मान्य नहुने चेतावनी दिए।

पूर्वअध्यक्ष सिलवालका अनुसार निजी विद्यालय सञ्चालकहरूले हाल नाफाको २५ प्रतिशत कर, १० प्रतिशत अनिवार्य छात्रवृत्ति, एक प्रतिशत सामाजिक सुरक्षा कर, १० प्रतिशत घरभाडा, नगरपालिकामा १० प्रतिशत गरी ५६ प्रतिशत विभिन्न खाले कर तिर्दै आएकै छ।

सार्वजनिक शिक्षा सुधार गर्न सरकारले भौतिक पूर्वाधार विस्तारमा जोड, शिक्षक दरबन्दी व्यवस्थापन, आकर्षण सेवासुविधा विस्तार गर्नुको साटो निजी शिक्षालाई सिध्याउने काम गरेको उनको धारणा छ। ‘तीन प्रतिशत करको मार विशेषगरी ग्रामीण क्षेत्रमा पर्छ। ग्रामीण क्षेत्रमा निजी विद्यालयमा अध्ययन गर्ने अभिभावक निम्न वर्गका हुन्छन्। तीन प्रतिशत कर अभिभावककै थाप्लोमा पर्छ’, पूर्वअध्यक्ष सिलवालले नागरिकसँग भने, ‘कर भनेको कमाउनेले तिर्ने हो। विद्यालयका बालबालिका कमाउँदैनन् अनि राज्यले कसरी कर थप्ने नीति लियो ?’

उनका अनुसार निजी शिक्षालयहरू यसविरुद्ध आन्दोलनमा उत्रने छन्। ‘प्याब्सन, एनप्याब्सन, हिसानलगायतका निजी शिक्षालयहरूको छलफलबाट यस्ता कर नतिर्ने निष्कर्ष हुन्छ’, पूर्वअध्यक्ष सिलवाल प्रश्न गर्छन्, ‘हाल काठमाडौंमा ८७ सरकारी विद्यालय हुँदा ६५० निजी विद्यालय छन्। ८८ प्रतिशत विद्यार्थी निजीमा र १२ प्रतिशत मात्र सरकारीमा छन्।’

विद्यार्थीबाटै शुल्क असुली गरेर चल्ने निजी विद्यालयले तीन प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेर राज्यले बालबालिकामाथि ठुलो अन्याय गरेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालकी अध्यक्ष गीता राणाले बताइन्।

‘निजी विद्यालयमा गिटी कुटेर दैनिक ज्यालादारी गर्ने मजदुरका बालबालिका पनि अध्ययनरत छन्। १० प्रतिशत छात्रवृत्तिमा तिनै विपन्न छन्’, अध्यक्ष राणाले भनिन्, ‘जो आफैँ गरिबीको रेखामुनि छन्, तिनीहरूमाथि पनि तीन प्रतिशत कर थपियो, जुन तिर्न असम्भव छ। यसकारण निजी विद्यालयले यस्तो कर तिर्न सक्दैन। प्याब्सन, एनप्याब्सन, हिसानलगायतका निजी शैक्षिक संस्था बसेर छलफल गरिरहेका छौँ।’

अभिभावक महासंघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीका अनुसार सरकारले २०५९ सालमा पनि ग्रामीण शिक्षा विकास कोषको नाममा निजी शिक्षालयमाथि १.५ प्रतिशत कर लगाएको थियो। यसैगरी आव २०६५/६६ मा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा शिक्षा सेवा कर लागु गर्न खोजेका थिए। आव २०६६/६७ मा एक प्रतिशतमा झारियो। आव २०७५/७६ मा अर्थमन्त्री युवराज खतिवडा अर्थमन्त्री हुँदा शिक्षामा कर खारेज गरिदिए।
अर्को समाचार
समता शुल्कले मध्यम वर्गलाई थप मारमा पार्छ : पूर्वअर्थमन्त्री डा खतिवडा
०२ साउन २०८३
•
२ मिनेट पाठ
समता शुल्कले मध्यम वर्गलाई थप मारमा पार्छ : पूर्वअर्थमन्त्री डा खतिवडा
पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सरकारले बजेट मार्फत लागू गरेको ‘शिक्षा समता शुल्क’ ले समताको नाममा मध्यम तथा निम्न–मध्यम वर्गको जनतामा आर्थिक भार थपिने बताएका छन्। 




शुक्रबार काठमाडौंमा आयोजित ‘शिक्षा समता शुल्क, निजी क्षेत्रका नीतिगत चुनौती र दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न नसकेको अवस्थामा निजी विद्यालयमा अध्ययन गर्ने अभिभावकमाथि थप कर लगाउनु न्यायसंगत नभएको बताए। 

उनले समता शुल्क वास्तवमा अप्रत्यक्ष थप करले प्रत्यक्ष रुपमा  निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकमा असर पर्ने बताए। डा खतिवडाले नेपालमा प्रतिव्यक्ति वार्षिक आय करिब रु २ लाख २० हजार मात्र रहेको अवस्थामा निजी विद्यालयमा पढाउने सबै अभिभावक उच्च आम्दानी भएका हुन्छन् भन्ने सरकारी बुझाइ गलत भएको बताए।  

‘निजी विद्यालयमा पढ्ने सबै विद्यार्थी वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने परिवारका होइनन्। सामुदायिक विद्यालयको गुणस्तर सुधार नभएकै कारण ३७ प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढिरहेका छन्,’ उनले भने। 

उनले सरकारको प्राथमिकता निजी विद्यालयलाई करको दायरामा तान्नेभन्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार गरेर निजी विद्यालयप्रतिको निर्भरता घटाउने हुनुपर्ने बताए। 

डा खतिवडाले सरकारले कुल बजेटको करिब १० दशमलव २६ प्रतिशत मात्रै शिक्षा क्षेत्रमा विनियोजन गरेको बताउँदै शिक्षा क्षेत्रको  बजेट घटाउँदै निजी क्षेत्रमाथि थप शुल्क लगाउनु नीति विरोधी भएको  बताए। ‘सरकारले सार्वजनिक शिक्षाको बजेट घटायो, निजी क्षेत्रको शिक्षामा कर लगायो। यो समताको सिद्धान्त विपरीत हो,’ उनले भने। 

उनले समताको अर्थ बढी आम्दानी हुनेले बढी कर र कम आम्दानी हुनेले कम कर तिर्ने प्रगतिशील कर प्रणाली भएको बताउँदै  शिक्षा र स्वास्थ्य जस्तो आधारभूत सेवामा अप्रत्यक्ष कर लगाउनु समताको अवधारणा विपरीत हुने बताए। उनले भने, ‘समता भनेको प्रोग्रेसिभ ट्याक्स सिस्टम हो। बढी आम्दानी हुनेले बढी कर तिर्ने र कम आम्दानी हुनेले कम तिर्ने हो। शिक्षा र स्वास्थ्यमा अप्रत्यक्ष कर लगाउनु समताको नाममा अन्याय हो।’  

डा खतिवडाले सरकारले समता शुल्कबाट उठेको रकम सामुदायिक विद्यालयको सुधारमा खर्च हुने सुनिश्चित गर्ने कुनै स्पष्ट संयन्त्र सरकारसँग नभएको बताए। ‘समता शुल्कबाट उठेको पैसा सामुदायिक शिक्षामै खर्च हुन्छ भन्ने ट्र्याक गर्ने संयन्त्र छैन। अहिलेको बजेट प्रणालीले त्यसको हिसाब देखाउन सक्दैन।’ 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस