विद्यालय व्यवस्थापन समिति चयनमा उपमहानगरको हस्तक्षेप, नसच्याए आन्दोलन गर्ने अभिभावकको चेतावनी
२८ वैशाख २०८३
•
५ मिनेट पाठ
विद्यालय व्यवस्थापन समिति चयनमा उपमहानगरको हस्तक्षेप, नसच्याए आन्दोलन गर्ने अभिभावकको चेतावनी
जनता माध्यमिक विद्यालय इटहरी ।
इटहरी उपमहानगरपालिका शिक्षा समितिको बैठकले दुई दिनअघि जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र सदस्य तोकेको छ । समितिले तीनपटकसम्म अभिभावक भेलाले टुंग्याउन नसकेपछि अन्तिम पटक ७४ जनाले उम्मेदवारी दर्ता गरेको आधारमा तिनीहरुमध्येबाटै अध्यक्ष र सदस्य तोकेको हो ।  शिक्षा समितिले अध्यक्ष र सदस्य तोकेपछि विवाद उत्कर्षमा पुगेको छ ।  




जनता माध्यमिक विद्यालयमा २०८२ वैशाख २ गतेदेखि अध्यक्ष कासीनादी दंगाल नेतृत्व समितिको कार्यकाल सकिएपछि विद्यालय व्यवस्थापन समिति बिहीन भएको थियो । समिति गठनका लागि गत मंसिर १७ गते, पुस ४ गते र फेरि पुस १७ गते अभिभावक भेला डाकिएको थियो । कुल तीन हजार ११४ अभिभावकमध्ये पहिलो र दोस्रो भेलामा झण्डै तीन सय हाराहारी मात्रै उपस्थित भएर कोरम नपुगेर स्थगित भएको थियो । तेस्रो भेलामा भने ७४ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमा चार जनाको सहमति हुन नसक्दा व्यवस्थापन समिति गठन हुन सकेको थिएन् । यही आधार मानेर मेयरको अध्यक्षतामा रहेको १६ सदस्यीय शिक्षा समितिले अध्यक्ष र सदस्य टुंग्याएको थियो ।  

०७५ सालदेखि  दुई कार्यकाल अध्यक्ष भइसकेका काशीनाथ दंगाललाई शिक्षा समितिका प्रमुख मेयरकै दबाबमा अस्थायी रुपमा पुनः अध्यक्ष बनाइएको हो । दंगाल नेकपा एमालेका हुन् । उनी पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।  

यस्तै, शिक्षा समितिले कांग्रेसका बिमल नेपाल र मञ्जु कठायतलाई सदस्य तोकेको छ । नेपाली कम्यूनिष्ट पार्टीबाट भने नैनकला सिटौलालाई सदस्य तोकेको छ । शिक्षा समितिले विद्यालयको शिक्षक प्रतिनिधी समेत नगेन्द्र अधिकारीलाई तोकेर पठाएको छ । जब कि शिक्षक प्रतिनिधी भने शिक्षकहरुमध्येबाट छनोट गर्नु पर्नेछ । अब विद्यालय इटहरीको वडा नं. ६ र ९ मा पर्ने हुँदा दुवै वडाका वडाध्यक्ष सदस्य रहनेछन् भने प्रधानाध्यापक सदस्य सचिव रहनेछन् ।  

इटहरी क्षेत्रकै सामूदायिक विद्यालयमध्ये उत्कृष्टमा पर्ने यस विद्यालयमा दलीय भागबण्डाका आधारमा एकलौटी ढंगले अध्यक्ष र सदस्य तोकेको असन्तुष्ट अभिभावकले आन्दोलन समेत चर्काउन थालेका छन् । सोमबार मात्रै केहीले प्रतिनिधीमूलक रुपमा सहभागी भएर इटहरी उपमहानगरपालिका अगाडि केही बेर धर्ना दिए । उनीहरुले शिक्षा समितिको निर्णय सच्चाउन माग गर्दै शिक्षा महाशाखाका प्रमुख रमेश साहलाई ध्यानाकर्षण पत्र समेत बुझाए ।  

दंगाल २०७५ मा पहिलोपटक अध्यक्ष बनेका थिए । पहिलोपल्ट कार्यकाल सकिएर पनि तत्कालिन मेयर द्दारिकलाल चौधरी केही समय थप गरेका थिए । फेरि  २०७९ वैशाख ३ गतेदेखि दोस्रोपटक दंगाल अध्यक्ष भएका थिए ।  

समिति गठनपछि चौतर्फी बिरोध

जनता माध्यमिक विद्यालय व्यवस्थापन समिति शिक्षा समितिले चयन गरेको विषयमा चौतर्फी विरोध भइरहेको छ । सुनसरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले सामाजिक सञ्जालमार्फत विद्यालय व्यवस्थापन समिति कुनै दल, गुट वा व्यक्तिको ‘निजी सम्पत्ति’ नभएको टिप्पणी गरेका छन् ।

इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले पनि निर्णय प्रक्रियाप्रति कडा असन्तुष्टि जनाएका छन् । उनले विद्यालयको भवन भाडा लिएर ७४ लाख पैसा सुनसरी क्षेत्र नं. २ का सांसद लालक्रिकम थापाले नतिरेको विषय अख्तियारमा उजुरी परेको र त्यतिबेला दंगाल नै अध्यक्ष हुँदा मिलेमत्तोमा नखोजेको भनी प्रश्न गरेका छन् ।  

कांग्रेस नेता तथा अध्यक्षका आकाक्षी इटहरी वडा नं. ९ का दीपक ढकालले स्थानीय सरकारभित्र ‘म नै राज्य हुँ’ भन्ने प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन् ।  अभिभावकहरूले आन्दोलन चर्काउन देवराज अधिकारीको नेतृत्वमा पाँच सदस्यीय संघर्ष समिति गठन गरेका छन् । अधिकारीका अनुसार चरणबद्द आन्दोलन चर्काउने तयारी भएको छ । शिक्षक प्रतिनिधी समेत उपमहानगर शिक्षा समितिले नै तोकेपछि विद्यालयका शिक्षकहरु समेत असन्तुष्ट रहेका छन् । इटहरी क्षेत्रको चाँसो राख्ने अन्य थुप्रै सर्वसाधारणले पनि सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।  

चौतर्फी बिरोध भइरहँदा नेकपा एमालेले भने पार्टी भागबण्डको पक्षमा नरहेको प्रस्ट्याएको छ । इटहरी अध्यक्ष रुपेश बस्नेतले अलोकतान्त्रिक र अवैधानिक कदमले शिक्षा क्षेत्रमा राजनीति हस्तक्षेप बढाएको बताएका छन् । हालसम्म भएका त्रुटि र प्रक्रिया सच्याएर अभिभावक भेला मार्फत समिति चयन गर्न उनले विज्ञप्तिमार्फत सुल्झाएका छन् ।  

रास्वपा सुनसरी निर्वाचन क्षेत्र नं. ३ समितिले पनि वृहद् अभिभावक भेलाबाट मात्र समिति चयन गर्न माग गरेको छ । क्षेत्रीय सभापति यादव कोइराला र सचिव चक्र विष्टद्दारा जारी विज्ञप्तिमा विद्यालयले वृहद् अभिभावक भेला आह्वान गरि खुला प्रतिस्पर्धाका आधारमा विद्यालय व्यवस्थापन समिति चयन गर्नुपर्ने माग गरेको छ । यस्तै, रास्वपाले फरक ढंगको माग राख्दै आवश्यक परे लिखित र मौखिक परीक्षा लिनुपर्ने पनि उल्लेख गरेको छ ।  

उसले व्यवस्थापन समितिमा रहन चाहनेले दुई वर्षअघि नै राजनीतिक दलको सदस्यता त्यागेको हुनुपर्ने, अध्यक्ष र सदस्यको शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने, उम्मेदवारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्नुपर्ने, उम्मेदवारको व्यक्तिगत आचारण, सामाजिक छवि, नैतिक विश्वसनीयता उच्च हुनुपर्ने पनि जनाएको छ । विद्यालय व्यववस्थापन समितिलाई प्रत्यक्ष आर्थिक अधिकार नदिएकन संस्थागत वित्तिय प्रणालीमार्फत व्यवस्थापन गरिनुपर्ने, विद्यार्थीको अभिभावक मात्रै समितिमा हुनुपर्ने, शिक्षक नियुक्ती तथा सरुवामा विद्यालय व्यवस्थापन समितिको हस्तक्षेप हुन नहुने पनि रास्वपाले उल्लेख गरेको छ ।  

त्यसो त शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन, २०२८ मा समेत गरेको संशोधन बमोजिम शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ को खण्ड ग मा भएको व्यवस्था झिकिएकाले गर्दा सो बमोजिम मनोनित सदस्य स्वतः मुक्त हुने भनी सकुर्लर गरेको छ । दफा १२ को उपदफा १ को खण्ड ग मा एक जना पुरुष र एक जना महिला सदस्य चन्दादातामध्येबाट मनोनित गर्न सकिने उल्लेख थियो ।  

चौतर्फी बिरोध भएपछि व्यवस्थापन समिति चयन गरेको प्रसंगमा उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रमेश साहले संघीय शिक्षा ऐन अनुसार नै इटहरीको पनि २०७९ सालमा जारी भएको ऐनका आधारमा समिति चयन गरिएको बताए । साहले शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ को ग मा झिकिए अनुसार नै काम भएको बताउँदै मेयर नै अध्यक्ष रहेको समितिले गरेको र अब अभिभावकले निरन्तर बिरोध गरेमा के गर्ने त्यसको पनि टुंगो गर्ने बताए । कांग्रेसबाट विजयी भएका मेयर हेमकर्ण पौडेलको नेतृत्वमा १६ सदस्यीय शिक्षा समिति रहेको छ ।  
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२० घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस