अध्ययन बिदा दुरुपयोग गर्ने ४१ प्राध्यापकबाट दश करोड बढी असुल
२० जेष्ठ २०८३
•
३ मिनेट पाठ
अध्ययन बिदा दुरुपयोग गर्ने ४१ प्राध्यापकबाट दश करोड बढी असुल
अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्।




अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्।

विश्वविद्यायलका अनुसार हालसम्म ४१ जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट १० करोड ४६ लाख ५६ हजार ८०४ रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ।  

अध्ययन बिदामा रहेका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम फिर्ता गरेको छानबिन समितिका संयोजक डा. जीवन काफ्लेले जानकारी दिए। उनका अनुसार ६२ जनाले रकम फिर्ताका लागि समितिसमक्ष निवेदन दिएका छन्। यीमध्ये ५४ जनालाई समितिले पत्र काटेको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको चासो र सक्रियताले गर्दा त्रिविले कामलाई तीव्र गतिमा अगाडि बढाएको छ। मन्त्रालयले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकहरूलाई कबुलियतनामाअनुसार चाँडो रकम फिर्ता गराउन निर्देशन पनि दिएको छ।

संयोजक काफ्लेले अध्ययन बिदामा गएर सेवामा नफर्किने प्राध्यापकहरूबाट रकम फिर्ता गर्ने क्रम जारी रहेका जानकारी दिँदै रकम फिर्ता नगरेकाहरूलाई अविलम्ब रकम बुझाउन आह्वान गरेका छन्।

विश्वविद्यालयका प्राध्यापक सेवामा नफर्किँदा दुई अर्ब बढीको नोक्सानी भएको जनाइएको छ। विश्वविद्यालयको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउँछन्। 

विश्वविद्यालयका निमित्त उपकुलपति डा. सुशीलबहादुर बज्राचार्यले अध्ययन बिदामा गएर सेवामा नफर्किने प्राध्यापकहरूले नियमअनुसार बिगो रकम चाँडो फिर्ता गरेर सहजीकरण गरिदिन आग्रह गरेका छन्।

उनले कानुनअनुसार सबै प्रक्रिया पूरा गरेर पटक पटक सूचना प्रकाशन गरिएको बताए। निर्धारित समयमा सम्पर्कमा नआए कानुनअनुसार हुने उनले बताए।

मन्त्रालयको पहलपछि त्रिविले छानबिन समिति बनाएर अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूको खोजी गरी उनीहरूबाट रकम असुली गरिरहेको छ।

यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक–कर्मचारीहरूको खोजबिन गर्न डा. काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो।

समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य छन्। उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको थियो।

समितिका संयोजक डा. काफ्लेले अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको सङ्ख्या बढ्दा विश्वविद्यालयले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको बताए।

त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो। छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ प्राध्यापक छन्।

छानबिन समितिले बिदामा गएर नफर्किनएका प्राध्यापकबाट रकम असुलका लागि पटक पटक सूचना निकालेर ताकेता गरिरहेको छ। यसरी ताकेता गर्दा पनि रकम फिर्ता नगर्नेहरूको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

समितिले छिट्टै अध्ययन प्रतिवेदन विश्वविद्यालयलाई बुझाउने जनाएको छ। एक जना प्राध्यापकले कम्तीमा १० लाखदेखि बढीमा ५० लाखसम्म फिर्ता गर्नुपर्ने देखिएको विश्वविद्यालयले जनाएको छ।
अर्को समाचार
त्रिवि अध्ययन बिदा दुरुपयोग प्रकरण: १९ प्राध्यापकबाट ६ करोड असुल
२७ चैत्र २०८२
•
३ मिनेट पाठ
त्रिवि अध्ययन बिदा दुरुपयोग प्रकरण:
१९ प्राध्यापकबाट ६ करोड असुल
विद्यार्थीलाई अनुशासनको पाठ सिकाउने (त्रिवि) का गुरुहरूले आफूले पाउने अध्ययन बिदा दुरुपयोग गरेको सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। पछिल्लो समय त्रिविका प्राध्यापकहरू आफूले पाउने अध्ययन बिदा सुविधा लिएर बिदेसिएपछि त्रिविमा नफर्कनेको संख्या धेरै देखिन थालेपछि विश्वविद्यालयले एक समिति बनाएर छानबिन थालेको थियो।




त्रिवि उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा समिति गठन गरी अध्ययन बिदा बसेर नफर्किएका शिक्षक/कर्मचारीहरूको खोजबिन सुरु गरेको थियो। त्रिविले आफ्ना शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि गर्न अध्ययन बिदा दिने सुविधा त्रिवि शिक्षक कर्मचारीसम्बन्धी ऐनमै व्यवस्था गरिएको छ।

यही व्यवस्थाअनुसार त्रिविले शिक्षक कर्मचारीलाई सुविधासहितको अध्ययन बिदा दिने गरेको छ, तर खोजबिन समितिका संयोजक डा. काफ्लेका अनुसार अध्ययनका क्रममा हालसम्म समितिले तयार पारेको प्रतिवेदनअनुसार कुल तीन सय ९८ प्राध्यापकले आफूले पाएको बिदा सुविधा दुरुपयोग गरिएको प्रमाण फेला परेको छ; जसमध्ये एक सय ९१ प्राध्यापक अध्ययन बिदा लिएर विदेशमा पढाइ पूरा गरी विदेशमै बसेका छन्। उनीहरू अझैसम्म त्रिवि कार्यालयमा फर्किएका छैनन् भने बिदा लिएर अध्ययन पूरा गर्नेहरू २०७ जना छन्’, संयोजक डा. काफ्लेले भने, ‘नफर्किएका एक सय ९१ मध्ये १९ जनाले ६ करोड रुपैयाँ त्रिविलाई फिर्ता गरेका छन्। ४६ जना बिदेसिएका प्राध्यापकहरू सम्पर्कमा आएर रकम फिर्ता गर्न निवेदन दिएका छन्।’

उनका अनुसार त्रिविका प्राध्यापकको बिदा दुरुपयोगका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले समेत समिति संयोजकको हैसियतले मलाई बोलाएर निकै चासोका साथ छलफल गर्नुभयो। उहाँहरूले फिर्ता लिनुपर्ने रकम छिटै फिर्ता गराउन र कारबाही गर्नुपर्ने भए त्यो पनि छिटो टुंग्याउनु भन्नुभएको छ।

समितिले असार मसान्तसम्म रकम फिर्ता गर्ने र नगर्ने तथा कारबाहीमा परेका सबै प्राध्यापकको सूची त्रिवि कार्यकारीमा बुझाइने छ। ‘सबै रकम असुली हुने हो भने करिब दुई अर्ब असुली हुन्छ। त्रिवि शिक्षक कर्मचारी नियमअनुसार ९० दिनसम्म लगातार विनासूचना शिक्षक वा कर्मचारी कार्यालयमा अनुपस्थित रहे पदबाट हटाउन वा बर्खास्त गर्ने व्यवस्था छ’, उनले भने, ‘सोही नियममा बढीमा पाँच वर्षसम्म अध्ययन बिदा दिने र उनीहरू फर्किएर त्रिविमा पाँच वर्ष काम गर्नुपर्ने व्यवस्था छ। तीन वर्षको बिदा उपयोग गरेको छ भने त्रिविमा फर्केर तीन वर्ष काम गर्नुपर्ने व्यवस्था छ तर प्राध्यापकहरूले नै बिदा दुरुपयोग गरेको देखियो।’

समितिले थप अध्ययन गरिरहेको र यो संख्या अझ बढ्न सक्ने उनले बताए। अध्ययनअनुसार प्राध्यापकहरू अध्ययन बिदा लिएर प्रायः अमेरिका, बेलायत, क्यानाडा, युरोपेली देशहरूमा गएको र अध्ययन पूरा गरेर परिवारसहित उतै बसेका छन्।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले हालसम्म त्रिविलाई बिदा दुरुपयोगवापत ६ करोड रकम प्राप्त भएको बताए। उनले उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला गरिएको समेत जनाए। खोजबिन समितिले बुझाएको अध्ययन प्रतिवेदन थप अध्ययनपछि भेरिफाइ गरी सार्वजनिक गर्नेसमेत उनले जनाए।

‘४६ जना प्राध्यापकहरू आफूले बिदा लिएर अध्ययन पूरा गरेवापतको रकम त्रिविमा फिर्ता गर्छु भनी निवेदन नै दिनुभएको छ’, उपकुलपति प्राडा अर्यालले नागरिकसँग भने, ‘केही शिक्षकको हकमा अध्ययन पूरा गरे पनि डिग्री हासिल नगरेकाले रकम कति फिर्ता गराउनेबारे हिसाबकिताबको अध्ययन भइरहेकाले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो।’

उनका अनुसार सरकारले त्रिविका शिक्षक कर्मचारीलाई पेन्सदन दिँदैन। त्रिवि आफैंले व्यवस्थापन गर्नुपर्छ। बिदा दुरुपयोगबाट करिब दुई अर्ब रकम असुली हुन्छ। यसलाई त्रिवि पेन्सन कोष र केही रकम पूर्वाधार विकासमा त्रिविले प्रयोग गर्छ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस