युएन (संयुक्त राष्ट्र संघ)को सभा कसरी चल्छ? उक्त सभामा के कस्ता विषयमा छलफल हुन्छ? कस्ता मुद्दाले प्राथमिकता पाउँछन? विभिन्न मुलुकले उक्त सभामा किन सहभागिता जनाउँछन्? सभामा हुने बहसले कत्तिको सार्थकता पाउँछ? यस्ता प्रश्नको जवाफ सबैसँग हुँदैन। अझ विद्यालय तहका विद्यार्थीले त यो विषयमा खासै रुची पनि राख्दैनन्।
हो, यस्तै विषय र बहसको शैलीबारे थाहा दिलाउन पोखराको मदरल्याण्ड माविले शनिवारदेखि मदरल्याण्ड नमूना युएन सभा आयोजना गरेको छ। विद्यालय तहका विद्यार्थी सहभागि मदरल्याण्ड नमूना सभामा भाग लिन कास्की सहित विभिन्न आठवटा जिल्लाका विद्यार्थी पोखरा आएका छन्। विद्यालयले आयोजना गरेको यो आठौं नमूना सभा हो। विद्यालय तहका विद्यार्थी सहभागि भएको यो नमूना सभामा विभिन्न विषयमा दुईदिनसम्म बहस हुनेछ।
मदरल्याण्ड माविको आयोजना र नेपाल–अमेरिका अलुम्नाई नेटवर्क (नुसान)को संयोजनमा भएको यो कार्यक्रममा कक्षा १२ सम्मका विद्यार्थी सहभागि छन्। उनीहरुले विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै यूएनको यो नमूना सभामा सहभागिता जनाउने कार्यक्रम संयोजक बामन घिमिरेले जानकारी दिए।
‘यूएन बैठकको शैलीबारे जानकारी दिलाउन खोजिएको हो। यूएनको बैठकमा कस्ता विषयले प्राथमिकता पाउँछन र त्यो बैठकका के कस्ता कुराकानी हुन्छ ? कुन विषयमा बहस हुन्छ भन्ने धेरैलाई थाहा छैन। हामीले विद्यार्थीलाई उक्त विषयको महत्वबारे जानाकारी दिन खोजेका हौ,’ उनले भने, ‘यूएनको नमूना बैठक मार्फत बहसको शैली, ज्ञानको दायरा फराकिलो बनाउन खोजिएको हो।’
करिब तीनसय जना विद्यार्थीलाई विभिन्न आठवटा समूहमा विभाजन गरेर यो अभ्यास गराइने उनले बताए। नेतृत्वको जिम्मेवारी, एकअर्कामा समझदारी, विषयबस्तुप्रतिको गाम्भिर्यताबारे पनि यो बैठकका अभ्यास हुने उनले बताए। ‘विद्यार्थीले विभिन्न मुलुकमा रहेका जल्दाबल्दा समस्यालाई बुझेर यो कार्यक्रममा सहभागि भएका छन। उनीहरुलाई सम्बन्धित मुलुकको प्रतिनिधि पात्रको रुपम सहभागिता गराइएको छ,’ घिमिरेले भने, ‘कम्तिमा विषयबस्तको महत्व र त्यहाँ हुने बहसबाट केही न केही सिक्न सकुन भन्ने उद्देश्य हो।’ विद्यार्थीले आफुसँग भएको ज्ञान र बोल्ने कलालाई पनि यही बैठकमा प्रस्फुटन गराउन पाउने अवसर यो नमूना बैठकले दिएको उनले बताए।
नुसान गण्डकी संयोजक विभूती न्यौपानोले यो अभ्यासले विद्यार्थीमा रहेको ज्ञान साटासाट गर्ने अवसर मिल्ने बताईन। ‘विभिन्न मुलुकको प्रतिनिधित्व गर्दै विद्यार्थीले सहभागिता जनाउँदा ज्ञानको दायरा फराकिलो हुनेछ। एउटा देशको अवस्था अर्काे देशले थाहा पाउनेछ। त्यसैले यस्ता कार्यक्रममार्फत ज्ञान साटासाट हुन्छ,’ उनले भनिन।
नुसानका सदस्य समेत दीपेन्द्र श्रेष्ठले कलिलो उमेरमा यूएनको अनुभव लिन पाउने यो मौका विद्यार्थीका लागि निकै नै महत्वपूर्ण रहेको बताए। ‘यूएनको बैठक कसरी संचालन हुन्छ र त्यहाँ कस्ता विषयका बहस हुन्छ भन्ने थाहा पाउनु निकै नै महत्वपूर्ण हो। यसले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमताको समेत विकास हुन्छ,’ उनले भने।
अर्का सदस्य सन्तोष पौडेलले युवापुस्तालाई चाँसो नै नभएको यस्तो विषयबारे नमूना सभामार्फत ज्ञान दिलाउन प्रयास गरिएको बताए। ‘अब त सूचना पाउने मात्र होईन। बुझ्ने प्रयास पनि गर्नुपर्छ। यूएन सभामा हुने बैठकको सूचना पाएर मात्र हुँदैन, त्यहाँ के कस्ता विषयमा बहस र छलफल हुन्छ भनेर बुझ्नुपर्छ,’ उनले भने।
गत माघमा मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिएका थिए। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भएको उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि भएका थिए। संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना भएको त्यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र छनोटमा परेको थियो। सहभागि विद्यार्थीले उक्त सभामा विभिन्न विषयमा छलफल र बहस समेत गरेका थिए। मदरल्याण्डकै विद्यार्थी कृपा बरालले उक्त सभामा समेत मन्तव्य दिएकी थिईन।
पोखरामा भएको यो नमूना सभाले विद्यार्थीमा विश्वव्यापी विषयबारे थाहा पाउने विद्यालयका निर्देशक डा. त्रिभुवन शर्माले बताए। विश्वव्यापी समस्यालाई कसरी सम्बोधन हुन्छ र समाधानको तरिका के रहेछ भनेर थाहा पाउन सकिने उनले बताए। ‘विश्वव्यापी समस्या कसरी समाधान हुन्छ, सम्मेलनमा कुनै विषयबस्तुमाथि कसरी छलफल गरिन्छ, कसरी सहमति हुन्छ जस्ता विषयलाई विद्यार्थीले यो सभामार्फत बुझन पाउनेछन,’ शर्माले भने, ‘कुटनीति सिकाउने माध्यम यस्तै हो। देशको नेतृत्वले कसरी कुटनीतिक सम्बन्ध स्थापित गर्छन भन्ने तरिका पनि यहाँ सिक्न पाउनेछन।’
विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीलाई कक्षाकोठाले परीक्षाको लागि तयार पार्ने भएपनि मदरल्याण्ड माविले विद्यार्थीमा जीवनका लागि सीप सिकाउने प्रयास स्वरुप यो कार्यक्रम आयोजना गरेको बताए।
‘विद्यार्थीमा नेतृत्व विकासको सीप जरुरी छ। उनीहरुलाई कसरी अघि बढाउने भनेर ज्ञान दिलाउनुपर्छ,’ बरालले भने, ‘कक्षाकोठाको पाठ्यभार मात्र पर्याप्त नहुन सक्छ। त्यसलाई व्यवहारमा सिकाउन पनि यस्ता अभ्यास जरुरी छ। विद्यालयले त्यही सीप सिकाउनका लागि अभ्यास गरेको हो।’
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विद्यार्थीका लागि यो अभ्यास नौलो रहेको बताए। ‘विद्यालयले धेरैवटा मोडालिटीमा कार्यक्रम गर्छ। तर, यो बहस सबैतिर हुँदैन। हामीले विद्यार्थीलाई जिम्मेवार र गम्भिर बनाउका लागि यो अभ्यास गरेका हौ,’ उनले भने।
पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यले विद्यार्थीमा बहस र तर्क गर्ने क्षमता बिस्तारका लागि यो अभ्यास जरुरी रहेको बताए। ‘यूएनको मात्र नभई सबैतिरका बहसको तरिका विद्यार्थीले थाहा पाउनुपर्छ। संसद र प्रदेशभा र नगरसभा कसरी संचालन गरिन्छ भन्नेबारे पनि अहिलेको पुस्तालाई थाहा छैन। अब त्यो अभ्यास पनि गर्न हो भने त्यसले विद्यार्थीमा नयाँ ज्ञानको दायरा बढ्छ,’ उनले भने।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतिश्पर्धामा सहभागि भएका थिए। त्यही टिम विभिन्न मुलुकका प्रतिश्पर्धीलाई पछाडि पार्दै प्रथम भएको हो।
प्रतियोगितामा विश्वका ८३ देशका दुई हजारभन्दा बढी टोली सहभागी भएका थिए। तीमध्ये नेपाली टोली अन्तिम पाँच प्रतिस्पर्धीमा छनोट हुँदै विजेता बन्न सफल भएको हो। प्रतियोगितामा मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरु ओमकार बराल, विवेक सुवेदी र ओम विक सहभागी भएका थिए। उनीहरुको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।
विश्वका विभिन्न देशका टोलीसँग प्रतिस्पर्धा गरेर प्राप्त गरेको यो सफलतालाई नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको महत्वपूर्ण उपलब्धिका रुपमा लिएको विद्यार्थीलाई सहजीकरण गरेका विद्यालयका शिक्षक बामन घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत ३९ वटा कलेज रहेकोमा सइद बिजनेस स्कुलले यो प्रतियोगिता आयोजना गरेको थियो। चौथो पटक यो कार्यक्रम आयोजना गरिएको थियो।
अघिल्लो वर्ष यस्तै कार्यक्रममा विभिन्न ७२ वटा मुलुकका १६ सय टोलीले सहभागिता जनाएका थिए। यो पटक नेपालसहित ८३ वटा मुलुकका २ हजार बढि टिमले सहभागिता जनाएकोमा नेपालको तर्फबाट सहभागि एकमात्र मदरल्याण्डको टिम प्रथम भएको घिमिरेले बताए। ‘विद्यालयको मात्र नभई समग्र नेपालकै पहिचान फराकिलो बनाउन विद्यार्थी सफल भएका छन,’ घिमिरेले भने।
‘प्रतियोगितामा छनोट हुनु आफैंमा एउटा अप्रत्याशित र सुखद आश्चर्य थियो। त्यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा हाम्रा युवा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्दै अन्ततः च्याम्पियन बन्न सफल भएका छन,’ उनले भने, ‘यो मुलुककै गौरवको कुरा हो।’
घिमिरेका अनुसार सहभागि टिममध्ये नेपाल सहित पाँचवटा मुलुकका टिमलाई उत्कष्ट छानेर प्रतिश्पर्धा गराईको थियो। जहाँ विज्ञहरुको समूहले विद्यार्थीको प्रस्तुतीलाई नियालेका थिए। त्यही प्रतिश्पर्धाका आधारमा नेपाली टिम पहिलो, अमेरिकी टिम दोश्रो र बेलायती टिम तेश्रो बनेका थिए।
घिमिरेका अनुसार गाउँघरमा सुक्दै गएका पानीका मूललाई जोगाउनका लागि गर्न सकिने अभ्यासबारे विद्यार्थीले प्रस्तुती दिएका थिए। ‘पानीका मूल सुकेका छन। तिनै मूलको माथिल्लो पाखामा पोखरी खनेर पानी संकलन गरेर ती मूल ब्यूताउन सकिन्छ भन्ने बारे विद्यार्थीको प्रस्तुती थियो,’ उनले भने, ‘जलवायु परिवतर्नको असरलाई प्रविधिको माध्यमबाट समाधान गर्न सकिने अवस्थाबारे उनीहरुले दिएको प्रस्तुती निकै नै रोचक पनि थियो।’ खानेपानीको अभावलाई पूरा गर्ने उपायमा आधारित भएर यो प्रतिश्पर्धा आयोजना गरिएको थियो।
प्रथम भएको यो टिमले आगामि जुलाईमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित १५ दिने समर क्याम्पमा सहभागि हुन पाउने विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए। ‘जलवायु परिवर्तनको असरलाई नेपाली विद्यार्थीले बुझेर विश्वमा बुझाउन सकेका छन, यसले नेपालको अवस्था र जलवायु परिवर्तनको असर पनि देखाउन सकिएको छ,’ आचार्यले भने, ‘यसले नेपाली विद्यार्थीको क्षमताको पनि कदर गरेको छ।’
विद्यालय प्राचार्य डा. नारायण बरालले मदरल्याण्डका विद्यार्थीको यो क्षमताले समग्र नेपाली विद्यार्थीको क्षमतालाई प्रतिनिधित्व गर्ने बताए। ‘८३ मुलुकका २ हजार बढि टिममध्ये नेपालको टिमले पहिलो स्थान हासिल गर्नु आफैमा गौरवको कुरा हो,’ उनले भने, ‘यसले समग्र नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय स्पर्धामा पनि अब्बल रहेको प्रमाणित गर्छ।’
मदरल्याण्डका विद्यार्थीले उजागर गरेको विषय सबै मुलुकका लागि उदाहरणीय बनेको पनि बरालले बताए। ‘नेपालले खेपेको जलवायु परिवर्तनको असर कुन तहसम्मको रहेछ भन्ने पनि यसले देखाएको छ, विश्वले यस्ता कार्यक्रमबाट नेपाली अवस्थाबारे बुझ्न पनि पाएका छन,’ बरालले भने।
जलवायु परिवर्तनका चुनौती समाधान गर्न प्रविधिको प्रयोग र नयाँ सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली विद्यार्थीले हासिल गरेको यस सफलताले नेपालको शैक्षिक तथा सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा चिनाउन सफल भएको प्राचार्य बरालले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...