झापा जिल्लामा १० कक्षाको अध्ययन पुरा गरी उच्चशिक्षा हासिल गर्न काठमाडौं आएका सुजन तिमल्सेनाले अहिलेसम्म कलेजको टुङगो लगाउन सकेका छैनन्। उनी काठमाडौंका नाम चलेका लगभग सबै कलेजहरुमा पुगिसकेका छन्। तिमल्सेना अझै अन्योलमा छन्।
उनी अहिलेसम्म जेभियर, युनाइटेड, युनिग्लोबल, ट्रिनिटी, साउथ वेस्टनलगायतका कलेज पुगिसकेका छन्। तिमल्सेना आफूलाई पाएक पर्ने र परिवारलाई खर्च समेत धान्न मुस्किल नपर्ने हिसाबले एउटा कलेज छान्ने बताउँछन्।
‘काठमाडौंमा अरु थुप्रै कलेजहरू पनि छन् सबै बुझ्न सम्भव पनि हुँदैन, मलाई चाहीं सानैदेखि होटल म्यानेजमेन्ट सम्बन्धी विषयमा रुचि भएकोले साथीहरू र मम्मीको सल्लाह बमोजिम आफ्नो लागि कलेज रोज्नेछु’, उनले भने। तिमल्सेनासँगै उनकी आमा तुलसा पनि कलेजहरु पुगिरहेकी छिन्।
तुलसा भन्छिन्, ‘कलेजहरूको भीडमा बाबुलाई सबैभन्दा राम्रैमा भर्ना गरौं भन्ने हो, तर कस्तो कलेज राम्रो हुने हो? धेरै नै राम्रोमा पनि खर्च उत्तिकै हुन्छ, परिवारको अवस्था पनि हेर्नुपर्याे, महिनाकै लाखौं रुपैयाँ तिरेर पनि पढाउन सकिँदैन, जति कलेजमा बुझ्न गयौँ, हाम्रै राम्रो छ भन्छन्, विद्यालय मात्र राम्रो भएपनि हुँदैन पढाइको गुणस्तर पनि राम्रो हुनुपर्छ। कुन राम्रो कुन नराम्रो छुट्टाउन गाह्रो भइरहेको छ।’
यो एउटा उदाहरण मात्र हो। माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा (एसईई) सार्वजनिक भएपछि राजधानीका प्लसटुहरूमा अभिभावक र विद्यार्थीहरू भिड लाग्न थालेको छ। छोराछोरीको शैक्षिक भविष्यप्रति संवेदनशील अभिभावकहरु कलेजहरु खोज्दै भौतारिरहेका छन्। कलेजहरूको शैक्षिक स्तर र शुल्क अभिभावकहरुको सबैभन्दा ठूलो समस्या भएको छ। कलेजको शैक्षिक स्तरबारे सही सुचना प्रवाह नहुँदा अभिभावकहरु तीनले गरेका विज्ञापन र प्रचारलाई कलेज छनौटको आधार मान्न बाध्य छन्। अभिभावक र विद्यार्थी दुवैका लागि कलेज छनौट गर्ने जिवनको महत्वपूर्ण निर्णय पनि हो।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नतिजा (एसईई) सार्वजनिक भएपछि राजधानीका प्लसटुहरूमा अभिभावक र विद्यार्थीहरू भीड लाग्न थालेको छ। छोराछोरीको शैक्षिक भविष्यप्रति संवेदनशील अभिभावकहरु कलेजहरु खोज्दै भौतारिरहेका छन्। कलेजहरूको शैक्षिक स्तर र शुल्क अभिभावकहरुको सबैभन्दा ठूलो समस्या भएको छ।
सिरहा लहानका विपिन ठाकुर र सुरेन्द्रकुमार यादवले काठमाडौंको एक होस्टेलमा बसेर विगत दुई महिनादेखि कलेज बुझ्न हिँडिरहेका छन्। विपिनले आफू विज्ञान विषय लिएर पढ्ने बताए, उनले भर्खरै काठमाडौंको सेन्ट जेभियर कलेजमा इन्ट्रान्स परीक्षा दिएका छन्। आफूलाई पढाउने सिरहाका एक शिक्षकले उनलाई सेन्ट जेभियर कलेजको बारेमा बताएका थिए। 'सरहरुले राम्रो छ भन्नुभयो र आंफै पनि बुझ्न गए इन्ट्रान्स परीक्षा दिने विद्यार्थीहरूको भीड एकदमै लामो थियो, भीड देखेर यो राम्रो रैछ भनेर थाहा पाएँ।' विपिनले भने।
प्लसटुकाे लागि कलेजमा इन्ट्रान्स दिनेहरूकाे भीड। तस्बिर साैजन्य: सगुन डाेटेलत्यस्तै सुरेन्द्र इन्जिनियर बन्न इच्छुक छन्, उनले आफू पुल्चोक इन्जिनियरिङ कलेज, युनाइटेड एकेडेमी, गोल्डेन गेट, ग्लोबल कलेज बुझेको बताए। उनका अनुसार युनाइटेडका वार्षिक १ लाख ८० हजार फि छ, प्रसादीमा १ लाख ७० हजार, ग्लोबलमा २ वर्षको ५ लाख भन्दा बढी छ। उनले सरकारी कलेजहरुमा विद्यार्थीहरुलाई बढी प्राथमिकता नदिने, खर्च कम भएपनि पढाई राम्रो नहुने भएकाले निजी क्षेत्रका कलेजहरु रोज्न बाध्य भएको बताए। उनका बुवाआमा कृषक हुन्। 'हामी दुख गर्छौं, पढाइमा ध्यान दिनु' उनको बुवाको यस शब्दले थप उर्जा दिइएको सुरेन्द्र बताउँछन्।
एसइई पछि कुन विषय पढ्ने भन्ने कुराले पछि गएर के बन्ने भन्ने निर्धारण गर्छ। तसर्थ उनीहरूको कलेजको पठनपाठनका बारे अभिभावक चिन्तित हुनु सामान्य नै हो। एसइई परीक्षा पछिको उच्च माध्यमिक तहको शिक्षा एउटा त्यस्तो विन्दु हो जहाँबाट करियरको आधार तयार गर्न सकिन्छ। अर्थात् उच्च माध्यमिक तहलाई करियरको प्रवेश विन्दु पनि मान्न सकिन्छ।
केही विद्यार्थीहरु आफ्नो रुची अनुसारको विषय भन्दापनि अरुको सुझाव अनुसार विषय र कलेज छान्ने ध्याउन्नमा छन्। धरानको पुलिस स्कुलमा आफ्नो १० सम्मको अध्ययन पूरा गरी काठमाडौँ पढ्न आएका ताप्लेजुङका अनुप लिम्बू आन्टीको सुझाव बमोजिम र कलेजको ड्रेस पनि राम्रो भएको हुनाले साउथ वेस्टर्न कलेजमा भर्ना भएको बताए। उनले सो कलेजमा होटल म्यानेजमेन्ट संकाय अध्ययन गर्ने र पछि गएर लाहुरे बन्ने बताए।
त्यस्तै क्यानभास कलेजमा बुझ्न आएका ओखलढुंगाका गगन भन्छन्,‘अरुले रिकमेण्ड गरेर पढ्नु भन्दा पनि आफ्नो लागि आंफैले उपयुक्त कलेज खोज्नुपर्दछ, बुवाले गाडी चलाउनुहुन्छ, परिवारलाई पनि आर्थिक भार नपर्नेगरी कुन कलेज ठिक हुन्छ बुझ्दै हिँडेका छौं।’ उनी आफ्नो तीन जना साथीहरुसँग कलेजहरू बुझ्दै हिँडेका थिए।
काठमाडौंको बसुन्धरामा अवस्थित क्यान्भास इन्टरनेशनल कलेजका सहायक प्रमुख विष्णु प्रसाद पाण्डे भन्छन्, ‘विद्यार्थीहरू पढाइमा केन्द्रित भएर कहाँ पढाइ राम्रो छ भनेर खोज्नुभन्दा कलेजको भौतिक संरचना, र नाम चलेकै आधारमा कलेज छान्ने गर्दछन्। शिक्षक कहाँ राम्रो छ भनेर खोज्दैन बरु फुटसल, फुटबल भलिबल जस्ता खेलहरु कहाँ छ भन्ने कुरामा बढी चासो देखाउँछन्।’
काठमाडौंको बसुन्धरामा अवस्थित क्यान्भास इन्टरनेशनल कलेजका सहायक प्रमुख विष्णु प्रसाद पाण्डे भन्छन्, ‘विद्यार्थीहरू पढाइमा केन्द्रित भएर कहाँ पढाइ राम्रो छ भनेर खोज्नुभन्दा कलेजको भौतिक संरचना, र नाम चलेकै आधारमा कलेज छान्ने गर्दछन्। शिक्षक कहाँ राम्रो छ भनेर खोज्दैन बरु फुटसल, फुटबल भलिबल जस्ता खेलहरु कहाँ छ भन्ने कुरामा बढी चासो देखाउँछन्।’
उनले अभिभावकहरूमा शैक्षिक गुणस्तर भन्दापनि सहुलियत कति छ, कतिको सस्तो छ भनेर खोजी गर्ने बताए। उनले हालको शिक्षा व्यापार भएको र राष्ट्रिय परीक्षा बोर्डले कोटा सिस्टम राख्नुपर्ने बताएका छन्। '४ सय विद्यार्थीहरुलाई मात्र शिक्षा दिनसक्ने विद्यालयले वार्षिकरुपमा ४ हजार विद्यार्थी राखेर कस्तो गुणस्तर दिनसक्छन्?’ उनले प्रश्न गरे।
नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके दुड्डानाका अनुसार अभिभावकले आफ्ना बालबालिकालाई पढाउन चाहेको विद्यालयको बारेमा भरपूर जानकारी लिनु पर्दछ। विगतका विद्यार्थीहरुको अनुभव लिने, उनीहरू अहिले के गर्दै छन्, के कस्ता प्रगति गरे भनेर जानकारी लिनु पर्दछ।
संघ/प्रदेश, जिल्ला हरुको शिक्षा निकाएहरुसँग पनि बुझ्नु पर्दछ, विज्ञापन कै भरमा मात्र भर्ना गराउँदा सबै सत्य नहुन पनि सक्छ। कलेज रोज्दा कलेजको पृष्ठभूमि हेर्न सकिन्छ, कलेजको व्यवस्थापन कस्तो छ, शिक्षकहरु कत्तिको दक्ष छन्, पछिल्लो समय कलेजको नतिजा कस्तो छ, कलेजको शुल्क पाएक पर्ने छ कि छैन, भन्ने कुराहरुमा ध्यान दिनुपर्छ।
एटलान्टिक एन्टरनेशनल कलेजमा अध्ययनरत विद्यार्थी प्रवेशले आफ्नो अनुभव सुनाउदै भन्छन्, ‘विद्यार्थीहरुलाई व्यवहारिक कुराको धेरै ज्ञान हुँदैन। सुरुमा मलाई पनि यस्तै भएको थियो। कुन विषय पढ्ने भन्दापनि कुन विषय लिएर पढ्दा मलाई राम्रो हुन्छ, मलाई पछि गएर के बन्ने इच्छा छ, मेरो भविष्य के ठिक हुन्छ भनेर विद्यार्थी आंफैले सोच्नुपर्छ। आफूलाई मन लागेको विषय पढ्दा, पढ्न पनि रमाइलो हुन्छ। तसर्थ कुन विषय पढ्ने भनेर विद्यार्थीको इच्छाअनुसार अभिभावकले सहयोग गर्न सक्छन् तर हस्तक्षेप भने गर्नुहुँदैन विद्यार्थीको इच्छा आकांक्षा बुझेर, उनीहरूलाई बुझाउनुपर्छ। विद्यार्थीको इच्छा र अभिभावकको समर्थनले विद्यार्थीको भविष्य उज्जल हुन सक्छ।’
प्लसटुकाे लागि कलेजमा इन्ट्रान्स दिनेहरूकाे भीड। तस्बिर साैजन्य: अनिश बन्जाराउच्च मध्यमिक शिक्षाका लागि अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाइ काठमाडौं हो। तर यहाँका कलेजहरुको शैक्षिक स्तर, सुविधा र शुल्कबारे जानकारी प्राप्त गर्ने भरपर्दो आधार नभएकाले अभिभावक र विद्यार्थीहरु अन्यौलमा छन्। कलेजहरुको भटकिलो प्रचार प्रसारलाई आधार मानेर कलेज छान्न विवश छन्। कतिपय अभिभावकहरुले ऋण खोजेर भएपनि नाम चलेका कलेजहरु रोज्न थालेका छन्। यतिखेर अधिकांश कलेजहरु कसरी विद्यार्थीहरुलाई आफ्नो कलेजमा तान्ने भन्ने होडबाजीमा छन्। आफ्नो कलेजको प्रचारप्रसारका लागि देशका विभिन्न ठाउँहरुमा पुगेर, होडिङ बोर्ड व्यानर लगाउने, सामाजिक संजालमा प्रचार प्रचार गर्ने प्रवृत्ति छ।
उच्च मध्यमिक शिक्षाका लागि अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाइ काठमाडौं हो। तर यहाँका कलेजहरुको शैक्षिक स्तर, सुविधा र शुल्कबारे जानकारी प्राप्त गर्ने भरपर्दो आधार नभएकाले अभिभावक र विद्यार्थीहरु अन्यौलमा छन्। कलेजहरुको भटकिलो प्रचार प्रसारलाई आधार मानेर कलेज छान्न विवश छन्। कतिपय अभिभावकहरुले ऋण खोजेर भएपनि नाम चलेका कलेजहरु रोज्न थालेका छन्। यतिखेर अधिकांश कलेजहरु कसरी विद्यार्थीहरुलाई आफ्नो कलेजमा तान्ने भन्ने होडबाजीमा छन्।
यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसइईका लागि फारम भरेका थिए। तीमध्ये करिब ४ लाख ९५ हजार परीक्षामा सहभागी भएका थिए। यसपालिको एसइई नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ। त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७, २.८ देखि ३ दशमलब २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ। २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेको परीक्षणा बोर्डले जनाएको थियो।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...