चितवनको भपरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजले ‘बोस्टन फियस्टा’ कार्यक्रम गर्ने भएको छ। स्नातक र स्नातकोत्तरका विद्यार्थीले असार ३० र ३१ गते बोस्टन फियस्टा कार्यक्रम गर्न लागेका हुन्।
विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने तथा विद्यार्थी तथा कला प्रर्दशन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आज(बुधवार) कलेजले कार्यक्रमको आयोजना गरि जानकारी दिएको छ।
बोस्टन कलेज परिसरमै दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थी तथा व्यवसायीका १५ वटा स्टल समेत राखिने छ। आठ वटा स्टल विद्यार्थीकै हुनेछन्। ट्राफिक सचेतनाका तीन स्टल सहित परम्परागत खेलकुद र खानपानका समेत स्टल रहेनछन्। सांस्कृतिक भेषभूषा झल्कने पोसाकमा विद्यार्थीहरु सजिने छन्।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु गायिका रचना रिमाल लगायतका कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम संयोजक सुभास आर्यालले जानकारी दिए। ब्यान्ड, स्ट्यान्डअप कमेडी र डिजेको मनोरञ्जन र सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमको पहिलो दिने कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र परीक्षा दिएर बसेका विद्यार्थीहरुको नृत्य प्रतियोगिताका साथै विभिन्न विद्यार्थीले आफ्नो गायन कला प्रस्तुत गर्ने छन्।
सुरज शाक्य र अभिषेक बरियाद्धारा व्यक्तित्व विकास कार्यक्रमको आयोजना गरिने अर्यालले जानकारी दिए। उनका अनुसार बोष्टन कलेजले २०१८ र २०१९मा पनि बोस्टन फियस्टाको कार्यक्रम गरेको थियो। कोरोनापछि रोकिएको कार्यक्रम पुनः गरिएको आयोजकले जानकारी दिएको छ।