कपिलवस्तुको दक्षिणी भेगमा रहेको पछि परेको महाराजगंज नगरपालिका–८ स्थित सिग्रहा गाउँमा रहेको चुडा कुमारी सामुदायिक विद्यालयमा कम्प्युटर चलाउन पाउदा विद्यार्थीहरु दंग परेका छन्। अहिले आफ्नै विद्यालयमा सुरु हुन थालेको सूचना प्रविधि ल्यावमा कम्प्युटर चलाउन पाउने भन्दै उनीहरु खुसी बनेका हुन्।
विद्यालयमा संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको सूचना सञ्चार प्रविधि ल्याव (आईसीटि ल्याव) सञ्चालन गरिएपछि उनीहरु हर्षित बनेका हुन्। विद्यालयमा बाल विकासदेखि ८ कक्षासम्मका २ सय ५३ विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा अहिले पनि भर्ना अभियानको चलिहेको छ। यहींबीच विद्यालय व्यवस्थापन समिति अध्यक्षको भूमिका बहन गरेका वडाध्यक्ष योगेन्द्रकुमार केसीले विद्यार्थीसँगै ल्यावमा राखिएको कम्प्युटर चलाएर आईसिटी ल्यावको उद्घाटन गरे।
उनले कम्प्युटर चलाउँदै आधुनिक जमानामा सूचना प्रविधिमैत्री बन्न आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई उत्प्रेरित गरे। कार्यक्रम अन्तर्गत ल्याव सञ्चालनका लागि कोठा व्यवस्थापन, फर्निचर व्यवस्थापन सँगै ८ वटा कम्प्युटर, एउटा ल्यापटप, प्रिन्टर, स्पिकर र प्रोजेक्टर राखेर विद्युतीय उपकरण पनि जोडेर ल्यावलाई चिरिच्याट्ट पारिएको छ। सुरु गरिएको ल्यावमा विद्यालयका कम्प्युटर शिक्षक कृपानन्द चौहानले पालो पुर्याएर कम्प्युटरबारे व्यवहारिक शिक्षा दिने गरेका छन्।
कक्षा ७ की विद्यार्थी खुस्बु कलवारले आफ्नै विद्यालयमा आईसीटि ल्याव जोडिएर प्रविधिसँगै शिक्षा लिन पाएपछि खुसी लागेको बताइन्। ‘विद्यालयमा ल्याव भएपछि अब हामीले राम्ररी कम्प्युटर चलाउन र योबारे जानकारी प्राप्त गर्ने सक्ने छौं,’ उनले खुसी हुँदै भनिन्। कक्षा ८ का छात्र कृष्ण केवटले आफ्नै विद्यालमया कम्प्युटर चलाउन पाउँदा धेरै खुसी लागेको बताए। ‘हिजोसम्म किताबमा पढेका प्रविधिको बिषय अब आफैले चलाएर जान्न पाइने भयो। हामीलाई धेरै खुसी लागेको छ,’ उनले भने। शिक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउन ल्याव सञ्चालनले सहयोग पुगेको ल्याव तयार पार्ने जिम्मा पाएको जेनिथ कम्प्युटरका सञ्चालक कमल बन्जाडेले बताए।
आधुनिक जमानामा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बेलामा संघले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको आईसीटि ल्याव सञ्चालनका लागि सहयोग गरेको विद्यालयकी प्रअ बिष्णुकला पाण्डेले बताइन्। आईसीटी ल्याव सञ्चालनले विद्यार्थीको ज्ञान सीप र क्षमता समेत बढने उनले बताइन्। सूचना प्रविधिप्रतिको व्यवहारिक ज्ञान बढ्नुका साथै सिकाई उपलब्धि हासिल हुने र बढ्ने उनको बुझाई छ।
वडाका पाँच वटा विद्यालयलाई नै प्रविधिमैत्री बनाउने योजनाका साथ अगाडि बढ्ने वडा अध्यक्ष योगेन्द्रकुमार केसीले बताए। ‘विद्यालयलाई प्रविधिसँग जोडेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो। त्यसैले वडाले विद्यालयलाई प्रविधिमैत्री बनाउने योजनालाई प्राथमिकता दिएको छ। वडा अध्यक्ष केसीले भने।