भौतिक उपस्थितिमा परीक्षा सञ्चालन
१० असोज २०७८
•
१ मिनेट पाठ
भौतिक उपस्थितिमा परीक्षा सञ्चालन
भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ। 




नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ अनुसार नगरभित्रका सबै शैक्षिक संस्थामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।  

कोभिड–१९ को सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा शैक्षिक संस्था सञ्चालन गर्दा कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी विद्यार्थीको बसाइ व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने र खोप लगाउन बाँकी भए नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउने व्यवस्था गर्नुपर्ने निर्देशनसहित नगरपालिकाले विद्यालयमा परिपत्र गरेको छ।

विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षाकोठाको पूर्ण सरसफाइ तथा निर्मलीकरणको सुनिश्चितता गर्ने, विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरकफरक सिफ्टमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने र विद्यालयको गेटमा र कक्षा कोठाबाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेलाबेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने, विद्यालयको प्रवेशद्वार, कक्षाकोठा र शौचालयको प्रयोग गर्दा विद्यार्थी लाइनमा पालैपालो दूरी कायम गरी निस्कने तथा पस्ने प्रबन्ध मिलाउने र सबै जनाले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। 

नगरपालिकाको टोलीले यसको अनुगमनसमेत गर्ने भएको छ।
अर्को समाचार
सरकारको विपरीत धरानमा कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णय
१३ वैशाख २०७८
•
२ मिनेट पाठ
सरकारको विपरीत धरानमा कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णय
सिसिएमसि निर्देशक समितिको बैठकले देशभर भौतिक उपस्थितिमा हुने पुर्वनिर्धारित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको भोलिपल्ट धरानमा भने परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ।  




धरान उपमहानगरपालिकामा आज (सोमबार) बसेको सर्वपक्षीय बैठकले कक्षा ५ देखि माथिको पाँच वटा विषयमा परीक्षा लिने निर्णय गरेको हो । मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले परीक्षा बैशाख १५ गतेभित्र लिइसक्ने निर्णयसमेत गरेको छ । बैठकमा सरकारी विद्यालयका प्रअ, प्याब्सन, एन प्याब्सन र निजी विद्यालय एरिया कोअर्डिनेस कमिटीका पदाधिकारीहरु सहभागी थिए । बैकठले कक्षा ४ सम्म परीक्षा नगर्ने र आन्तरिक मूल्यांकनबाट रिजल्ट सिट निकाल्ने निर्णय गरेको शिक्षा महशाखा प्रमुख रत्नबहादुर कटवालले जानकारी दिए । ‘कक्षा ५ देखि माथिको परीक्षा बैशाख १८ गतेभित्र सकिसक्ने निर्णय गरेको छ । परीक्षा स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गराएर लिने निर्णय भएको छ,’कटवालले भने,‘भौतिक उपस्थितिमा पठनपाठनहरु सबै बन्द गर्ने निर्णय छ ।’

बैठकले कक्षा ५ भन्दा माथिको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने निर्णय गरेको हो । अहिलेसम्म धरानमा कोरोनाको भयावह अवस्था नदेखिएकोले यही बेला परीक्षा लिइहाल्ने र सेसन अन्त्य गर्ने निष्कर्षमा पुगेर यस्तो निर्णय भएको कटवालको भनाइ छ । ‘कोभिडको असर कहिलेसम्म हुने निश्चित छैन । धरानमा अवस्था भयावह पनि छैन, त्यसैले १८ गतेभित्र महत्वपूर्ण विषयको परीक्षा लिँदा सेसन नै क्लोज हुन्छ, र भोलि स्कुल लाग्दा एकैपटक नयाँ सेसन सुरु हुन्छ भन्ने निष्कर्ष रह्यो,’कटवालले भने ।  

यता, धरानका मेयर तिलक राई पनि पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेर नै परीक्षा लिने निर्णय भएको बताउँछन् । कोभिडको जोखिम न्यूनीकरण गर्नकै लागि यसअघि एक सातादेखि विद्यालय बन्द गरिएको र बैशाख २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको उनको भनाइ छ । ‘स्कुलहरुले परीक्षाको तयारी गरिसकेका छन्, कोभिडको असर कहिलेसम्म रहने भन्ने टुंगो भएन । त्यसैले प्रोटोकल पुर्णरुपमा पालना गराएर कक्षा ५ माथिको महत्वपुर्ण विषयको परीक्षा लिने निर्णय भएको हो,’मेयर राईले भने,‘यसले परीक्षाको तयारी गरेका विद्यार्थीहरुको पनि मनोवल खस्कदैन, र एकैपटक सेसन क्लोज पनि हुन्छ ।’
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस