कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, निर्णय भोलि हुने
२२ साउन २०७८
•
३ मिनेट पाठ
कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, निर्णय भोलि हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरेको छ।




कोरोना संक्रमणको जोखिम उच्चदरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३१ गतेदेखि संचालन हुने सो परीक्षा स्थगित गर्नका लागि सिसिएमसीले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको हो। सिफारिसलगत्तै थप रायको लागि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबार पत्र पठाएको छ।  

दैनिक साढे तीन हजारको संख्यामा कोरोना संक्रमित बढ्दै गएको र हाल स्वास्थ्य मन्त्रालयले परीक्षा केन्द्रमा खोप र हेल्थ डेस्कको व्यवस्था समेत गर्नसक्ने अवस्था नरहेकोले परीक्षा तालिका सार्न अनुरोध गरेको पत्र बोर्डलाई प्राप्त भएको अध्यक्ष चन्द्रमणी पौडेलले स्पष्ट पारे।  

उनले साउन ३१ गतेदेखि परीक्षा संचालनको आधार तयार पार्न बोर्डले स्वास्थ्य मन्त्रालयलाई विद्यार्थी र शिक्षक तथा केन्द्रमा सहभागिता जनाउने सबैलाई खोपको व्यवस्था गर्न र परीक्षा केन्द्रमा हेल्थ डेस्कको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको जनाए। ‘सोही पत्रको जवाफमा स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई विद्यार्थी र शिक्षकलाई खोपको व्यवस्था गर्न नसकिने र केन्द्रमा हेल्थ डेस्कको समेत व्यवस्था गर्न नसक्ने पत्र सिसिएमसीलाई पठाएको रहेछ,’ बोर्डका अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘पत्रमा कोभिड संक्रमण बढी रहेको अवस्थामा परीक्षा तालिका सार्नेबारे राय मागेको छ।’ उनले थपे ‘अब शनिवार बोर्ड बैठक बसेर केही निर्णय गर्नेछ।’  

उनले पौने चार लाख विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा संचालनको लागि बोर्डले सबै तयारी गरिरहेको बताउँदै स्वास्थ्य मन्त्रालयले भने आफूसँग खोप नभएकोले व्यवस्था गर्न नसक्ने स्पष्ट जवाफ दिएको जनाए। अध्यक्ष पौडेलले परीक्षा सार्ने वा मोडालिटी परिवर्तन गरी परीक्षा संचालन गर्नेबारे बोर्डले शनिबार तय गर्ने स्पष्ट पारे।  

परीक्षा नियन्त्रक कृष्ण शर्माले देशभरिका परीक्षा केन्द्रध्याक्षहरुलाई परीक्षा संचालन र व्यवस्थापनबारे अभिमुखीकरण गरिसकेको बताए। उनले यसका साथै बोर्डले प्रश्नपत्र छपाई कार्यसमेत गरेको जनाउँदै उनले भने ‘राजनितिक दलले आन्दोनल र भिडभाड गर्न हुने तर बोर्डले स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर पनि परीक्षा संचालन गर्न नहुने?’ उनले थपे, ‘कक्षा १२ विश्वविद्यालय प्रवेशको मूल गेट हो। यो भौतिक उपस्थितिमै हुनुपर्छ। कोभिडको शैक्षिक प्रमाणपत्र लिएर नेपाली विद्यार्थी विश्वबजारमा बिक्न सक्दैनन्।’

उनले बोार्डले भौतिक दूरी कायम गरी, एउटा कक्षामा २५ जनामात्र कायम गर्न र एउटा बेन्चमा एक विद्यार्थीमात्र राखेर परीक्षा संचालन गर्न केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण गरेको बताए। ‘त्यही कक्षा १२ संचालन भएका सबै माविहरुमा होम सेन्टर नै कायम गरिएको छ,’ नियन्त्रक शर्माले भने,  ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा संचालन हुन सक्छ।’ त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयहरुले परीक्षा भौतिक उपस्थितमै संचालन गरिरहेका छन्। साथै हालैमात्र मेडिकलको प्रवेश परीक्षामा ३२ हजार बढी विद्यार्थी भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर परीक्षामा सहभागिता जनाएका थिए।
अर्को समाचार
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा
०२ जेष्ठ २०८०
•
१ मिनेट पाठ
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने तीन केन्द्राध्यक्ष कारबाहीमा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ।




उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ।

काठमाडौँको मित्रपार्कस्थित टेक्सास इमावि परीक्षा केन्द्रमा मर्यादाविपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको र मित्रपार्ककै कैलाशकुट बहुमुखी क्याम्पस तथा बौद्धस्थित कुमारी आवासीय माविका केन्द्राध्यक्षलाई परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको जनाइएको छ।

कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ। मोबाइलमार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीँबाट उत्तर लेखेर पठाउने गरिएको भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन्।

सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचनासमेत प्रवाह भइरहेको बोर्डले जनाएको छ।

यस्तो भ्रम फैलाउने कार्य नगर्नसमेत सबैलाई बोर्डले उक्त सूचनामार्फत सचेत गराएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस