'एमबिबिएससहित सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर'
१७ असार २०७८
•
४ मिनेट पाठ
'एमबिबिएससहित सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर'
विवेकशील साझा युवा संगठन विद्यार्थीहरूले एमबिबिएसलगाएत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्न माग गरेको छ। विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतमद्वारा बिहीबार जारी एक प्रेस विज्ञप्तिमार्फत प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताका साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत माग गरेको हो।  




यसैगरि, संगठनले चिकित्सा शिक्षा आयोगले मिति २०७८ साल ०३ महिना १५ गते जारी गरेको सूचना बमोजिम एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने पिसिआर परीक्षणको सूचनाबारे ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, 'एकीकृत परीक्षण सम्बन्धी विद्यार्थीहरूको लागि वर्षौँदेखिको मेहनत देखाउने विशेष परीक्षा हो भने अभिभावकका लागि पनि उत्तिकै महत्त्वको क्षण हो।'

एउटा विद्यार्थीले चार हजार रुपैयाँ दस्तुर तिरेर परीक्षा फारम भरी परीक्षा दिँदै गर्दा फेरि थप रकम तिरेर पिसिआर परीक्षण गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित नभएको पनि विज्ञप्तिमा उल्लेख छ। सरकारी अस्पतालहरूमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजीमा दुई हजार रुपैयाँ तिरेर पिसिआर परीक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार त हो नै साथै यो सुनौलो सपना देखिरहेका कलिला मस्तिष्कहरूमा सरकारको अवाञ्छित शोषण हो भन्ने हामीलाई लागेको छ', भनिएको छ।

साथै, सङ्क्रमित विद्यार्थीलाई सहज यातायात र स्वस्थ क्वारेन्टिनको पनि व्यवस्था गर्न संगठनले माग गरेको छ।

जारी प्रेस विज्ञप्ति, 

प्रेस विज्ञप्ति

एमबिबिएस लगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण र सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टाईनको व्यवस्था गर - विवेकशील साझा युवा संगठन

१) एमबिबिएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर ।

विद्यार्थी र अभिभावकलाई थप तनाव नदेऊ !!

चिकित्सा शिक्षा आयोगले मिति २०७८ साल ०३ महिना १५ गते जारी गरेको सूचना बमोजिम एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने गर्नुपर्ने पिसिआर परीक्षणको सूचनाबारे हाम्रो ध्यानाकर्षण भएको छ। एकीकृत परीक्षण सम्बन्धी विद्यार्थीहरूको लागि वर्षौँदेखिको मेहनत देखाउने विशेष परीक्षा हो भने अभिभावकका लागि पनि उत्तिकै महत्त्वको क्षण हो ।

विवेकशील साझा युवा सङ्गठन विद्यार्थीहरूले MBBS लगायत चिकित्सा शिक्षाका विभिन्न विधाको प्रवेश परीक्षा अगाडी गर्नुपर्ने पिसिआर परीक्षण सरकारले निःशुल्क गर्न माग गर्दछ। साथै, प्रवेश परीक्षाका लागि दर्ता भएका  सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताको साथ यथाशीघ्र कोरोनाको खोप उपलब्ध गराउन समेत जोडदार माग गर्दछ। 

एउटा विद्यार्थीले चार हजार रुपा दस्तुर तिरेर परीक्षा फारम भरी परीक्षा दिँदै गर्दा फेरी थप रकम तिरेरपिसिआर परीक्षणगर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित छैन । सरकारी अस्पतालहरूमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजीमा रु. दुई हजार तिरेर पिसिआर परीक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार त हो नै साथै  यो सुनौलो सपना देखिरहेका कलिला मस्तिष्कहरूमा सरकारको अवाञ्छित शोषण हो भन्ने हामीलाई लागेको छ ।

यो प्रवेश परीक्षा छात्रवृत्तिका निम्ति हो। र, यो परीक्षामा परीक्षार्थीहरूले दुई तिन विषयसम्म पनि फारम भरेका हुन्छन्। त्यसैले प्रत्येक परीक्षाको ७२ घण्टा अघि पिसिआर परीक्षण विद्यार्थीलाई नै गर भन्नु अव्यवहारिक, गैर जिम्मेवार र असह्य छ । आयोगको नेतृत्वको सामान्य विवेकले हल हुने विषय जटिलता तर्फ धकेल्नु न्यायोचित त  छैन नै यो अक्षम्य कदम पनि हो । तसर्थ, यो जिम्मेवारी राज्यले लिनुपर्छ र निःशुल्क पिसिआर परीक्षणको सहज वातावरण उपलब्ध गराउनुपर्छ। 

२) सङ्क्रमित विद्यार्थीलाई सहज यातायात र स्वस्थ क्वारेनटाइनको व्यवस्था गर।

यो परीक्षा अगाडी विद्यार्थीलाई परीक्षाको स्वाभाविक तनावमा हुन्छन् । आयोगले विद्यार्थीको त्यो तनावलाई बुझेर यदि कुनै विद्यार्थीको पिसिआर पोजेटिभ आएमा सङ्क्रमित विद्यार्थीलाई परीक्षा केन्द्र सम्म पुग्न सहज यातायातको व्यवस्था गर्नुपर्छ । सम्बन्धित विद्यार्थीका निम्ति परीक्षा केन्द्र नजिक स्वस्थ र सहज आइसोलेसन तथा क्वारेनटाइनको व्यवस्था समेत सरकारले नै गरिदिनुपर्छ। परीक्षाको अवधिभर विद्यार्थीको र सम्बन्धित अन्य पक्षको स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध आयोगले तदारुकताका साथ मिलाउनुपर्छ।

परीक्षा व्यवस्थापनको तनाव लिने विद्यार्थीले होइन, आयोगले हो, राज्यले हो। तसर्थ, हामी आयोगलाई विद्यार्थी र अभिभावकको यो बाध्यता बुझेर विद्यार्थीका निम्ति निःशुल्क पिसिआर परीक्षण, पिसिआर पोजेटिभ भएका विद्यार्थीका निम्ति परीक्षा केन्द्र नजिक आइसोलेसनका  निम्ति व्यवस्था र सम्पूर्ण विद्यार्थीका निम्ति सहज र सुरक्षित वातावरणको प्रत्याभूति गराउन आयोग समक्ष जोडदार माग गर्दछौँ।

साथै, नयाँ शैक्षिक सत्रका कक्षाहरू सुरु हुन गइरहेको अवस्थामा हामी मुलुकभरिका सम्पूर्ण विद्यार्थीहरू तथा शिक्षकहरूका निम्ति छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था गर्न समेत जोडदार माग गर्दछौँ। 

सरोज गौतम

महासचिव 

विवेकशील साझा युवा संगठन

मिति- २०७८ साल असार १७ गते
अर्को समाचार
प्रतिमाले निकालिन् एमबिबिएस अध्यययनको लागि पूर्ण छात्रवृत्तिमा नाम
२१ असोज २०७८
•
२ मिनेट पाठ
प्रतिमाले निकालिन् एमबिबिएस अध्यययनको लागि पूर्ण छात्रवृत्तिमा नाम
महंगा निजी विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै चिकित्सा शिक्षा (एमबिबिएस) र इन्जिनियरिङ्ग प्रवेश परीक्षामा नाम निकाल्न सक्छन् भन्ने भनाइलाई ललितपुरको च्यासलस्थित चर्चित सामुदायीक विद्यालय श्रमिक शान्ति माविकी छात्रा प्रतिमा भण्डारीले गलत सावित गरिदिएकी छिन्।




सो विद्यालयमा नर्सरी कक्षादेखि १२ कक्षासम्म अध्ययन गरेकी मेधावी छात्रा प्रतिमाले चिकित्सा शिक्षा आयोगद्वारा गत साउनमा लिएको एमबिबिएस प्रवेश परीक्षामा महिला कोटातर्फ पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सूचीमा आफ्नो नाम ४२ औं नम्वरमा निकालेकी हुन्।  

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विशिष्ट (ए प्लस) र सोही विद्यालयमा विज्ञानतर्फ बायोलोजी विषय लिएर पढी कक्षा ११ र १२ को परीक्षामा प्रथम श्रेणी (ए) हासिल गरेकी छात्रा प्रतिमा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीको रुपमा रहेकी प्रधानाध्यापक सानुलाल व्यन्जनकारले बताए। काभ्रेको पाँचखालकी स्थायी बासिन्दा प्रतिमालाई विद्यालयले सानै कक्षादेखि ११÷१२ कक्षासम्म पूर्ण छात्रवृत्ति दिएको थियो।

त्यसो त छात्रा प्रतिमामात्र नभई यसअघि सो विद्यालयमा पढेका अन्य दुईजना विद्यार्थीले पनि एमबिबिएस प्रवेश परीक्षाको छात्रवृत्ति कोटामा नाम निकालिसकेका छन् भने इन्जिनियरिङ्ग अध्ययनमा पनि छात्रवृत्ति कोटामै नाम निकालेको प्रधानाध्यापक व्यन्जनकार बताउँछन्।  

एमबिबिएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने सूचीमा आफ्नो नाम निकाल्न सफल छात्रा प्रतिमाको सम्मानमा विद्यालयले बुधबार बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ।  

ललितपुर महानगरपालिका वडा नं ९ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु मर्हजनले छात्रा प्रतिमालाई विद्यालयको तर्फबाट नगद ५ हजार ५ रुपैयाँ तथा प्रशंसापत्र प्रदान गरे। यसैगरी प्रधानाध्यापक व्यन्जनकार, सहायक प्रधानाध्यापक पवन कार्की, दश जोड दुई विज्ञान विभाग प्रमुख हेमप्रसाद बुढामगर, माध्यमिक शिक्षिका शान्ति पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य (शिक्षक प्रतिनिधि)उद्धव प्रसाद तिमल्सिनाले छात्रा प्रतिमालाई टिका र खादा लगाएर सम्मान गर्दै बधाई दिए।

श्रमिक शान्ति ललितपुर महानगर क्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा परिचित छ। जसका कारण त्यहाँ अध्ययनको लागि हरेक वर्ष विद्यार्थीको चाप बढ्ने गरेको विद्यालयको दाबी छ। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस