राजीनामा नदिए क्याम्पस प्रमखुलाई जेल हाल्ने उकुलपतिको धम्की
१० माघ २०७७
•
२ मिनेट पाठ
राजीनामा नदिए क्याम्पस प्रमखुलाई जेल हाल्ने उकुलपतिको धम्की
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले दुर्व्यवहार र गालीगलौज गरेको भन्दै विश्वविद्यालयका दुईजना निर्देशक र पाँच जना क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका छन्। बुधबार उपकुलपति डा. सिंहले आफनै कार्यकक्षमा राखेको बैठकमा निर्देशक र क्याम्पस प्रमुखहरूलाई दुर्व्यवहार गरेका थिए। इन्जिनियरिङ संकायका विद्यार्थीहरूको जारी आन्दोलनको विषयलाई दिएर संकायका प्रमुख सोनालाल यादवलाई उपकुलपति सिंहले जातीयता र क्षेत्रीयताको कुरा गर्दै दुर्व्यवहार गरेको स्रोतले बतायो।




‘क्याम्पस प्रमुखमाथि गरिएको दुर्व्यवहारले हामी सबैलाई मानमर्दन भएको महशुस भयो,’ सामूहिक राजीनामामा भनिएको छ,’ यस्तो मानमर्दन भइरहँदा आ–आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्न नसकिने महशुस गरी सामूहिक राजीनामा पेश गर्दछौं।’

इन्जिनियरिङ क्याम्पस प्रमुख सोनालाल यादव, विज्ञान संकायका कृष्णप्रसाद चपाई, शिक्षा विज्ञान संकायका जसवीर रोका, मानविकी संकायका प्रमुख तेजविक्रम बस्नेत, व्यवस्थापन संकायका प्रमुख दीपकसिंह रावत, स्कुल अफ म्यानेज्मेन्टका निर्देशक डा. सुशीलकुमार शाही र स्कुल अफ लका निर्देशक डा. अर्जुनबहादुर अयडीले राजीनामा दिएका हुन। उनीहरूको राजीनामा शुक्रबारसम्म स्वीकृत भएको छैन।

इन्जिनियरिङ संकायका विद्यार्थीले लगाएको ताला क्याम्पस प्रमुखले नफोडेको भन्दै बैठकमा उपकुलपतिले आक्रोश पोखेका थिए। ‘सुरुमा क्याम्पस प्रमुखको काम, कर्तव्य र अधिकारका विषयमा पढेर सुनाउनु भयो,’ बैठकमा सहभागी एक क्याम्पस प्रमुखले भने, ‘त्यसपछि विद्यार्थीहरूसँग ताला खोल्ने विषयमा किन वार्ता गरेको ? आफै ताला किन नफोडेको ? भन्दै गाली गर्न थाल्नु भयो।’ बैठकमा उपकुलपति सिंहले विद्यार्थीको जारी आन्दोलनलाई दमन गरेर दबाउनुको सट्टा वार्ता र संवाद गरेको भन्दै पटक–पटक आक्राशे पोखेका थिए।

उपकुलपति डा. सिंहले विश्वविद्यालयमा हाइड्रो इन्जिनियरिङको पठन–पाठन किन गरेको भन्दै क्याम्पस प्रमुख यादवसँग आक्रोस पोखेका थिए। उनले आफू कर्णालीको भूमिपुत्र भएको बताउँदै जातीयता र क्षेत्रीयताको कुरा उठाएर यादवलाई गालीगलौज गरेका थिए। ‘प्राज्ञिक व्यक्तिले जातीयता र क्षेत्रीयताको कुरा उठाउँदै सामूहिक गालीगलौज गरेपछि केहीबेर दोहोरो भनाभन भयो,’ सहभागी एक क्याम्पस प्रमुखले भने, उपकुलपतिको अपमान सहेर बस्नुभन्दा सामूहिक राजीनामा दिने निर्णयमा पुग्यौं।  

उपकुलपतिले राजीनामा दिन वा छ महिनाभित्र जेल जान तयार हुन धम्की पनि दिएको बैठकमा सहभागीहरूले बताएका छन्। ‘उहाँले विद्यार्थीलाई गुण्डा, क्याम्पस प्रमुखलाई जडयाहासमेत भन्नुभयो,’ ती सहभागीले भने, ‘यस्तो दुर्व्यवहार र अपमान कहिल्यै भोग्नु परेको थिएन।’ उपकुलपतिले आफनो गल्ती नसच्याउँदासम्म राजीनामा फिर्ता नलिने बताएका छन्। विश्वविद्यालयका निर्देशक र क्याम्पस प्रमुखहरूले दिएको राजीनामा विषयमा कुरा गर्न खोज्दा उपकुलपति सिंह सम्पर्कमा आउन चाहेनन्।
अर्को समाचार
विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
२५ फागुन २०७७
•
१ मिनेट पाठ
विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक अर्जुनबहादुर अयडी, उपप्राध्यापकत्रय सुजन पन्त, महेशकुमार शाही र सुजाता मानन्धरले पदबाट आइतबार राजीनामा दिएका हुन्।




उनीहरुले उपकुलपति र रजिष्ट्रार दुवैले आफ्नो पेशागत मर्यादा, नैतिकता, निष्पक्षता, क्षमता र पदीय आचारणमाथि मानमर्दन मात्र नभई अनावश्यकरूपमा आफूहरुलाई अपहेलित हुने व्यवहार गरेको आरोप लगाएका छन्। तीन दिनसम्म लिइएको बीएलएलबीको लिखित तथा मौखिक परीक्षामा अनियमितता भएको भन्दै विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए।  

विद्यार्थी रश्मी शाहीले प्रवेश परीक्षामा सम्मिलित भएका तर चिनजान र भनसुनको पहुँच नभई स्वतन्त्ररूपमा परीक्षा दिएका परीक्षार्थीहरुले उक्त परीक्षा रद्द गरी पुनः सम्बन्धित विषय विशेषज्ञको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गर्दै रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरिएको बताइन्।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले प्रवेश परीक्षाका विषयमा आएका विद्यार्थीका गुनासासहितको निवदेनमाथि अध्ययन भइरहेको बताए। 'विद्यार्थीहरुले भनेअनुसार त्यसरी कमजोरी भएको देखिँदैन यद्यपि एउटा संस्थामाथिको आरोपका विषयमा छानविन गर्नैपर्छ' स्कूल अफ ल कार्यक्रमका निर्देशकको टोलीले भने 'आइतबारदेखि तोकिएको जिम्मेवारीमा नरहने गरी नैतिकताका आधारमा संयुक्त राजीनामा दिएपछि उक्त परीक्षाको नतिजा विवादित बनेको छ।' रासस 
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस