काठमाडौं चिनाउने स्थानीय पाठ्यपुस्तक तयार
२० मंसिर २०७७
•
४ मिनेट पाठ
काठमाडौं चिनाउने स्थानीय पाठ्यपुस्तक तयार
नयाँ पुस्तालाई काठमाडौंको मौलिक सभ्यता र संस्कृति चिनाउने उद्देश्यले महानगरपालिकाले स्थानीय भाषाको पाठ्यपुस्तक तयार गरेको छ। नेपाल भाषामा तयार पारिएको ‘यें देय् म्हसीके’ नामाकरण गरिएको पाठ्यपुस्तक तयार भएर छपाईको लागि प्रेसमा पठाइ सकेको काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोती खनालले बताए। अर्थात् यें भनेको काठमाडौं, देय् भनेको राज्य र म्हसीके भनेको परिचय हो। अर्थात् यो पाठ्यपुस्तकमा समग्र काठमाडौं महानगरको मौलिक सभ्यता र संस्कृति समेटिएको छ।  




स्थानीय विषय पठनपाठनको लागि एक सय ३५ प्रशिक्षक नियुक्ति हुँदै, महानगरको ४ करोड ५३ लाख बजेटमा स्थानीय विषय
‘महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘यें देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तको तयार भएको पाठ्यक्रम महानगरका सबै स्कुलहरुमा पठाइसकिएको छ,’अधिकृत खनालले भने ‘शिक्षकहरुलाई तालिम दिने तयारीको काम अघि बढेको छ।’ उनले थपे ‘चालु शैक्षिक सत्रदेखिनै लागू हुने गरी महानगरको तयारी भनिएपनि कोभिडका कारण सकिएन। अब आगमी शैक्षिक सत्रदेखि पुर्ण रुपमा विद्यालयहरुले पठनपानठ गराउने छन्।’

महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालले महानगरको कक्षा १ देखि ८ सम्म एक सय पूर्णाङकको अनिवार्य विषयको रुपमा पठनपाठन गराइने नेपाल भाषाको स्थानीय विषयमा बालबालिकाले काठमाडौं परिचय ब्यवहारिक रुपमै हासिल गर्ने गरि पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको बताए। उनले महानगरले स्थानीय विषय पठनपाठनको लागि चार करेडा ५३ लाख रकम खर्च गरेको समेत बताए। ‘एक सय ३५ प्रशिक्षक नियुक्तिको लागि महानगरले ३ करोड २३ लाख रकम छुट्टाएर नियुक्ति गर्न कार्यविधि अघि बढाएको छ,’ शिक्षा विभाग प्रमुख ढकालले नागरिकसँग भने‘तालिमको लागि ७० लाख र पाठ्यपुस्तक छपाइको लागि ६० लाख रकम निकासा भएको छ।’ 

उनले थपे‘सामुदायिक विद्यालयहरुमा महानगरले प्रशिक्षक ब्यवस्था गर्छ। तर संस्थागतको सवालमा तालिमको मात्र ब्यवस्था गर्ने हो। प्रशिक्षक निजीले आफ्नै खर्चमा ब्यवस्था गर्नु पर्छ।’ उनले महानगरभित्र ९२ सामुदायिक विद्यालय रहेकोमध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा कैदीबन्दीको लागि विद्यालय संचालन रहेको बताए। यसैगरी करिब ६ सय ४० संस्थागत विद्यालय संचालनमा रहेका छन्। महानगरभित्रका सबै विद्यालयहरुले सय पूर्णाङकको स्थानीय विषय अनिवार्य विषयको रुपमा पठनपाठन गराउनु पर्ने उनले जनाए।  

पुस्तकले काठमाडौं महानगरपालिकाको क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राकृतिक स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने विषयबस्तुहरु सरल र सहज रुपमा बालबालिकाले बुझ्न सक्ने गरि समेटेको ढकालले बताए।  

काठमाडौं महानगर ऐतिहासिककालदेखि नेपाल भाषाभाषीहरूको बसोवास रहँदै आएको स्थान भएका कारणले महानगरपालिकाले यो पाठ्यपुस्तक नेपाल भाषामै तयार गरेको संस्कृतिविद् प्राडा. चुन्दा बज्रचार्यले बताइन्। बज्रचार्य पाठ्यक्रम तयारदेखि पाठ्यपुस्तक लेखन कार्यमा सुरुदेखिनै सहभागिता जनाउदै आएकी छिन्।  

‘पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू समावेस छन्,’ बज्रचार्यले नागरिकसँग भनिन् ‘काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन्।’ उनी थप्छिन्, ‘यो पुस्तकको अध्ययनले नयाँ पुस्ताले काठमाडौं महानगरलाई नजिकैबाट चिन्ने छन्।’ बज्राचार्यका अनुसार बालबालिकालाई सिक्न सहज हुने गरी कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुन्छ भने कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुन्छ। यसैगरी कक्षा ६,७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुन्छ।  

काठमाडौं महानगरपालिकाको सातौं नगरसभाले स्थानीय पाठ्यक्रम अन्तर्गत स्थानीय महत्वका विषयहरू बारे महानगरवासीलाई परिचित गराउने उद्देश्यले स्थानीय भाषाबाटै पठनपाठन गर्ने निर्णय गरिसकेको छ। ‘यःमरि, मरुहिटी, क्वहिटी, थँहिटी आदि जस्ता रैथाने शब्दहरू अरु भाषामा बुझाउन सकिँदैन, ती कुराहरूलाई बुझ्ने मात्र होइन विद्यार्थीहरूले त्यसलाई आत्मसात समेत गर्न सकुन भन्ने उद्देश्यले त्यस्ता स्थानहरूको अवलोकन भ्रमणसहित स्थानीय भाषामै पढाउने तयारी भएको बज्राचार्यको ठहर छ।  

काठमाडौं महानगरपालिकाले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजायनमा गइसकेको छ। पूर्ण रूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पुस्तकमा राखिएको चित्रहरुबाट सहजै बुझ्न सक्ने उनको भनाइ छ।  

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको जनाएको छ।
अर्को समाचार
खालि भित्ता चित्रले रङ्गाउँदै काठमाडौँ महानगर
२८ चैत्र २०८०
•
१ मिनेट पाठ
खालि भित्ता चित्रले रङ्गाउँदै काठमाडौँ महानगर
काठमाडौँ महानगरले महानगरका विभिन्न खालि भित्ताहरूमा चित्रकलाले भर्न सुरु गरेको छ।




महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ। परम्परागत  भेषमा सजिएका नेवार पुरुष र महिला लगायतका चित्रहरू कोरिएको छ।

यस्ता चित्रहरू महानगरको रङ्गशाला, एयरपोर्ट, शंकरदेव, राष्ट्रिय सभागृह, भृकुटीमण्डप लगायतका स्थानहरूको भित्तामा यस्ता चित्र कोर्ने योजना रहेको चित्र कोर्दै गरेका चित्रकार विक्रम वनले बताए। यो चित्रकला कार्यक्रमको लागि महानगरले ५० लाख बजेटको कार्य सम्झौता गरेको अर्का चित्रकार डिभी भण्डारीले बताए। उनीहरूको अनुसार महानगरले चित्रकलाको लागि फाइनआटसंग सम्झौता गरेको हो।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरभित्र सांस्कृतिक तथा धार्मिक पक्षका चित्रहरू कोर्ने निर्णय भएको हो। जस अनुसार ठाउँ अनुसार मठमन्दिरमा देवी देउताको चित्र र पार्कैतिर फुल तथा सम्पदाको चित्र कोरिने बताए। यस्ता चित्रले  ट्राफिकमा कुनै असर नगर्ने दाबी गरे।

‘यस्ता चित्रकलाले ट्राफिकलाई कुनै असर गर्ने देखिँदैन’ प्रवक्ता मानन्धरले भने। उनको अनुसार यस्ता महानगरले सहरको सौन्दर्य र सांस्कृतिक पहिचान झल्काउने उद्देश्य लिएको बताए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस