मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा रसुवाका ४ सय १२ परीक्षार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएको जानकारी अनुसार रसुवा मावि धुन्चेमा ५३, पार्वतीकुण्ड मावि गोल्जुङमा १४, कोमिन स्यामेवाङ्फेल मावि स्याफ्रुमा ५५, नीलकण्ठ मावि बोगटीटारमा ५०, नीलकण्ठ नमुना मावि जीवजीवेमा ८८ विद्यार्थी सहभागी हुने छन्।
यस्तै सुन्धरा मावि धारापानीमा २३, कालिका हिमालय मावि कालिकास्थानमा ८८, निकुभूमे मावि सरमथलीमा ८, सेतीदेवी मावि धुसेनीमा १५ र डाँडागाउँ मावि डाडाँगाउँमा २९ जना विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ।
परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको विद्यालयहरूले जनाएका छन्। कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष होम सेन्टरबाटै परीक्षा दिन पाउने व्यवस्था गरेको छ। बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुने छ।
सैद्धान्तिकतर्फ कुल पूणाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा हुने छ। बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने छ।