स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा
०३ मंसिर २०७७
•
७ मिनेट पाठ
स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ। सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन्। यो अवधिमा अनलाइन कक्षामा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरका केही प्रतिशत बालबालिका सहभागी भए तर अधिकांश बालबालिका यो वैकल्पिक शिक्षण सिकाइबाट वञ्चित नै छन्।




खासगरी अनलाइन कक्षाले पनि बालबालिकाको पठनपाठनमा विभेद् जन्माएको छ। शहर बजारमा बस्ने बालबालिकाले इन्टरनेटबाट कक्षा लिइरहँदा यहाँका बहुसङ्ख्यक बालबालिका भने सूचना र प्रविधिबाट वञ्चित नै छन्। यहाँका अधिकांश बालबालिका आधुनिक प्रविधिको पहुँचमा नै छैनन्। अनलाइन कक्षामार्फत् आफ्नै सहपाठीहरुले अध्ययन गरिरहँदा प्रविधिको पहुँचविहीन हिमाली जिल्लाका बालबालिका शून्य पठनपाठनमा छन्। यसरी यो महामारीले एउटै कक्षाको सहपाठी ल्यापटपबाट अनलाइन कक्षा लिएको छ भने त्यही कक्षाको अर्को सहपाठी भने गोठाला जानुपर्ने बाध्यता उत्पन्न गराइदिएको छ। यसले एउटै कक्षाको परीक्षा कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती पनि सिर्जना भएको श्री संस्कृत तथा साधारण मावि सुर्खेतका प्रधानाध्यापक यामलाल घिमिरे बताउँछन्।

“समान परीक्षाले बढीजसो बालबालिका मर्कामा छन्। यसका लागि पढाइ छुटेकालाई विशेष अभिमुखीकरण गर्छौँ,” प्रधानाध्यापक घिमिरेले भने, “हाम्रै विद्यालयमा अनलाइन कक्षामा २५–३० प्रतिशत बालबालिका पहुँचमा रहे भने बाँकी बालबालिकाले भने पूरै आठ महिनादेखि पढ्न पाएका छैनन्।”समान परीक्षाले वैकल्पिक शिक्षण सिकाइ प्राप्त गरेका परिवारका बालबालिकालाई हित गरेपनि पढ्नै नपाएका बालबालिकालाई अन्याय भएको उनको भनाइ छ। यसको प्रमुख कारण कोरोनाको डरलाग्दो असर त छँदैछ, कर्णालीलगायत मुलुकका सबै ठाउँमा सञ्चारको समान विकास नहुनु पनि हो। त्यसमा समाजको अशिक्षा र आर्थिक असमानता पनि कारक बन्न पुगेका छन्।  

अर्को मूल कारण साविकको कर्णाली अहिलेसम्म राष्ट्रिय प्रसारण लाइन ९नेशनल ग्रीड०मा नजोडिनु पनि हो। यहाँका सबै जिल्ला जोडिने गरी न सडक पूर्वाधार जोडिएको छ नत राष्ट्रिय प्रसारणलाइन नै। मूलतः यी दुवै पूर्वाधारहरुको अपेक्षित विकास हुन नसक्नु नै प्रविधियुक्त शिक्षा र स्वास्थ्य सेवा प्राप्तिको बाधक हो भन्ने बुझाइ यहाँका नागरिकहरुको छ। भौगोलिक विकटता, सडक तथा सञ्चार असुविधाले होला नेपाल सरकारको वैकल्पिक शिक्षण सिकाइसमेत हिमाली क्षेत्रका बालबालिकाको पहुँचमा हुन सकेन।

यो विधि कार्यान्वयनमा आउन नसक्दा यसको अधिकतम् मारमा हुम्ला, डोल्पा, मुगु, जुम्ला, जाजरकोट, दैलेखका बालबालिका बढी मात्रामा परेका छन्। शहरको गुणस्तरीय शिक्षा लिने रहर बोकेर आधारभूत, मावि हुँदै उच्च शिक्षाका लागि सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, काठमाडौँ, धरानलगायतका सुविधायुक्त ठाउँबाट यता घर फर्केका धेरैले किताबसँग भेट नगरेको धेरै भएको छ। यही अवस्थालाई मध्यनजर गरेर यहाँका केही स्थानीय तहहरुले विद्यालय खोल्ने निर्णय गरेका छन्। चन्दननाथ नगरपालिकाले यही मङ्सिर ३ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको छ। बालबालिका जुन स्थानमा छन्, त्यही स्थानबाट पढ्न पाउन् र भौतिक दूरी कायम गरेर पठनपाठन सूचारु गराउने हेतुले विद्यालय खोल्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले जानकारी दिए।  

“हामीले नगरपालिकाभित्रका १९ सामुदायिक र छ निजी विद्यालय सञ्चालन गर्ने भनेर भदौ २२ गते नै निर्णय गरेका थियौँ,” नगरप्रमुख सेजुवालले भने,“स्थानीय प्रशासनले बन्द गर्ने निर्देशन दिएपछि विद्यालय सञ्चालनमा आउन सकेनन्।” चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले सोही बमोजिम नै सञ्चालन गर्न भनेर सबै विद्यालयहरुलाई परिपत्र गरिएको बताए।“चन्दननाथ नगरपालिकामा सामुदायिक सरकारी तथा निजी विद्यालयमा पढ्ने बालबालिकाको सङ्ख्या पाँच हजार १०० रहेको छ,” प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले भने, “नगरपालिकाको शिक्षा समितिको निर्णयअनुसार स्वास्थ्यका मापदण्डहरु अपनाएर पठनपाठन गर्न सबै विद्यालयलाई पत्रमै उल्लेख गरेर पठाएका छौँ।”

तिला गाउँपालिकाले भने यही कात्तिक २३ गतेबाट विद्यालय सञ्चालन गरिसकेको छ। यतिबेला यहाँका स्थानीय तहरुले शैक्षिक संस्था धमाधम खुल्न थालेका छन्। हुम्ला, डोल्पाका शैक्षिक संस्था पनि खोलिएका छन्। भौगोलिक विकटता, सञ्चार असुविधाले वैकल्पिक शिक्षण सिकाइको पहुँचमासमेत नरहेका दुर्गमका बालबालिका हिमाली जिल्लाको शैक्षिक सत्रको अन्तमा भए पनि पढ्न पाउँदा खुशी भएका छन्। फागुनबाट शैक्षिक सत्र शुरु गरी मङ्सिरको अन्तिम सातामा परीक्षा दिएर शैक्षिक सत्र सम्पन्न गर्ने साविक कर्णालीलगायतका हिमाली जिल्लाहरु यो सत्रमा अन्तमा भए पनि कक्षा शुरु गर्न थालेका छन्। तिला गाउँपालिका यही कात्तिक २३ गतेबाट यहाँ रहेका २७ सामुदायिक र एक निजी विद्यालयको पठनपाठन सञ्चालनमा ल्याएको छ।

विद्यालय सञ्चालनमा ल्याउँदा यहाँका करिब पाँच हजार बालबालिका शैक्षिक क्रियाकलापमा जोडिएको तिला गाउपालिकाका शिक्षा शाखाका सह–संयोजक दीपेन्द्र हमालले जानकारी दिए। “लामो समयदेखि धुलोमाटो खेल्दै आएका बालबालिका विस्तारै किताबसँग भेटगर्न थालेका छन्,” सह–संयोजक हमालले भने, “गाउँपालिकाको शिक्षा समितिले यो निर्णय गरेको हो।” कोरोनाका कारण शैक्षिक क्षेत्र धरापमा परेको भन्दै गाउँपालिकाले दुई चरणमा विद्यालयमा पढाई शुरु गरेको उनले बताए। उनका अनुसार विद्यालयमा जतिसक्दो नेपाल सरकारको निर्देशित स्वास्थ्य सुरक्षा मापदण्ड तथा भौतिक दूरी कायम गर्दै पढाई शुरु गरिएको छ।

तिला गाउँपालिका अन्तर्गतको सरस्वती माध्यामिक विद्यालय कुडारी जुम्लाका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहले बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म आधारभूत तह, १ बजेदेखि अपरान्ह ४ बजेसम्म ९ देखि १२ कक्षाका विद्यार्थी पढाउने निर्णय गरिएको जानकारी दिए। तिहारपछि समूह बनाएर पढाई सुचारु हुने निमित्त प्रधानाध्यापक सिंहले बर्ताएका थिए। यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले तिलाका अधिकांश विद्यालयहरुमा एकै गाउँका बालबालिका अध्ययन गर्ने भएकोले त्यति असहज नहुने आँकलन गर्दै यहाँको वस्तुस्थितिलाई अध्ययन गरेर विद्यालय खोलिएको बताए।

“अहिले पूर्वदेखि पश्चिमका मानिस भ्रमण गरिरहेका छन्। बिहेबारी, मेलापैठ लगाएकै छन्,” अध्यक्ष योगीले भने, “यद्यपि हामीले कोरोना प्रभाव नपरोस् र बालबालिकालाई जतिसक्दो न्याय दिउँ भनेर स्वास्थ्यका आवश्यक मापदण्ड अपनाउन सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय सञ्चालन गर्न अनुमति दिएका छौँ।” जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले गृह मन्त्रालयले तत्कालै विद्यालय नखोल्न दिएको निर्देशन बमोजिम स्थानीय तहहरुलाई जानकारी दिइएको बताए।“हामीले स्थानीय सरकारहरुलाई विद्यालय सञ्चालनको अनुमति या सहमति केही पनि दिएका छैनौँ,” प्रजिअ थापाले भने, “स्थानीय तहले आफ्नै तरिकाले विद्यालय सञ्चालन गर्छन् भने हाम्रो रोकछेक केही हुने छैन। यदि भोलि सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी सम्बन्धित सरकारहरुले नै लिनुपर्ने छ।”  

यहाँका जिल्लाका प्रजिअहरुले कोरोनाको महामारी नियन्त्रणमा नआइसकेकोले विद्यालय खुलाउने विषयमा स्थानीय सरकारहरु आफैँ सचेत हुनुपर्ने भन्दै बालबालिकामा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी सम्बन्धित निकायहरुले लिनुपर्ने चेतावनी दिँदै आएका छन्। स्थानीय सरकारका प्रमुखहरु बन्दाबन्दी खुला भई नागरिकहरुको सर्वत्र चहलपहल भइरहँदा विद्यालय बन्द राखिनु बालबालिकामाथिको अन्याय हुने धारण व्यक्त गर्दछन्। तिला गाउँपालिका–४ जुम्लाका स्थानीय महिला रन्नसरा सुनारले गाउँमा दिउँसै जम्मा भएर जुवातास खेल्न, भोजभतेर, बिहेबारी, पर्व, मेलापात गर्न तथा अनावश्यक भीडभाड गर्न मिल्ने तर यही गाउँका बालबालिकालाई पढाउन नमिल्ने भन्ने नीति बाहना बाहेक अरु केही नभएको तर्क गरे।

“हाम्रा बालबालिकाले आठ महिनादेखि धुलोमाटोमा छन्, उनीहरुले अहिलेसम्म पढेको पनि सबै खाइसके,” सुनारले भने, “शिक्षकहरु घरको काम गरेरै तलब खाइरहेका छन् अनि हाम्रा बालबालिका भने गोठालो जाँदैछन्।” मूलतः कोरोना महामारीको चपेटामा कर्णाली जस्ता भौगोलिक विकट क्षेत्रका जिल्लाका बालबालिका परेका छन्। मङ्सिरमा वार्षिक परीक्षा दिएर शैक्षिक सत्र सम्पन्न गर्ने बेला पठनपाठन हुने नहुने भन्ने नै दुविधा छ। यस प्रदेशका स्थानीय प्रशासनहरु विद्यालय सञ्चालनबाट आइपर्ने जोखिम कम गराउन अहिले नै पठनपाठन नगर्न समन्वयात्मक निर्देशन दिँदै आएका छन्। स्थानीय तहहरु कोरोनाको कहरभित्र भएपनि पठनपाठन अघि बढाउने र उच्च सावधानी अपनाएर शिक्षण क्रियाकलाप गर्ने ध्याउन्नमा छन्।

यद्यपि पुस र माघ महिनामा अत्याधिक जाडो हुने भएकाले शैक्षिक सत्र अन्त्यको महिना भनेर हालसम्म कायम भएको मङ्सिरमा भर्खरै पठनपाठन शुरु हुँदैछ। तर यतिबेला हिमाली जिल्लाहरुको शैक्षिक सत्र के हुने भन्ने अन्यौल छ। चन्दननाथ नगरपालिकाले यो वर्षको शैक्षिक सत्र चैतमा सम्पन्न गर्ने लक्ष्य राखेको छ। तथापि हिमाली, पहाडी र भित्री मधेशले बनेको कर्णाली प्रदेशका ७९ स्थानीय तह सबैले विद्यालय सञ्चालन गर्न सकेका छैनन्। यसको मारमा यहाँका ५० प्रतिशतभन्दा बढी बालबालिका पर्ने देखिन्छ। रासस
अर्को समाचार
३२ वर्ष पुरानो र प्रतिष्ठित शुभतारा विद्यालय बन्द
१४ जेष्ठ २०७८
•
३ मिनेट पाठ
३२ वर्ष पुरानो र प्रतिष्ठित शुभतारा विद्यालय बन्द
ललितपुरको महालक्ष्मी नगरपालिकामा संचालित ३२ वर्ष पुरानो निजी क्षेत्रकै प्रतिष्ठित विद्यालय शुभतारा आर्थिक अभावका कारण बन्द भएको छ । स्कुलको संस्थापन निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार अबेर राति अभिभावकहरुलाई इमेल लेखेर अगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्नु परेको जानकारी गराएकी छिन् । 




उनले लेखेको इमेल हाल विद्यालयमा अध्ययनरत ३ सय ६५ विद्यार्थी र एक सय १९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकहरुले शुल्क नतिरेको र यस्तो अवस्थामा जबरदस्ती माग्न पनि नसकिने भएकोले शुल्कको लोड विद्यालयमा धेरै हुन गएको र अब आफनो ब्यक्तिगत लगानी गर्न पनि नसकिने भएको उल्लेख गरेकि छिन् ।  

हालसम्म २० वटा एसइई ब्याच विद्यालयले सफता पूर्वक पास गराएको भन्दै उनले स्कुल बन्द गर्नु परेकोमा दुःख ब्यक्ति गरेकि छिन् ।

‘कोभिडका कारण अभिभावकहरुले शुल्क तिर्नु भएको छैन,’ संस्थापक निर्देशक कक्षपतिले इमेलमा लेखेकि छिन्, ‘हालसम्म मैले आफनो निजी २ करोड रकम लोन लिएर विद्यालय संचालन गरे । अब हाम्रो अन्य ब्यापारहरु पनि कमजोर हुँदै गएको छ ।’ उनले थप भनेकि छिन्,‘ अगामी शैक्षिक सत्रदेखि अब हामीले विद्यालय संचालन गर्न सक्ने अवस्था नरहेकोले बन्द गर्नु परेको हो ।’

अब विद्यालय ललितपुरमै रहेको न्यु मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको छ । अभिभावकहरुलाई आफनो नानी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन हुन समेत अनुरोध गरिएको छ । विज्ञप्तीमा २० प्रतिशत अभिभावकले मात्र शुल्क नतिरेको जिकिर गरिएको छ ।

स्कुलका प्रशासन प्रमुख प्रवेस खनालले विद्यालयमा कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भई विद्यार्थीलाई नतिजा समेत वितरण गरीसकेकोले नयाँ शैक्षिक सत्रदेखि अभिभावकहरुले आफ्नो रुचि अनुसारको स्कुलमा ढाउन सक्ने बाटो खोलिदिएको जनाए । ‘ शिक्षकहरुलाई समेत स्कुल छनोट गर्न सक्ने अवसर दिएको छ’, प्रमुख खनालले भने, ‘ शिक्षकहरुको वैशाखसम्मको तलब निकासा भएको छ । अब उहाँहरु नयाँ विद्यालयमा जाने वा नजाने आफ्नो रुचि अनुसार जान सक्नु हुन्छ ।’

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले स्कुलले रात्रि अबेर अचनाक अभिभावकहरुलाई मेल पठाएर स्कुल बन्द गर्ने सूचना इमेल गर्दा अभिभावकहरु अतालिएको बताए । उनले यस्तो कोरोनाको संक्रमणकालमा पनि अभिभावकहरुले शुल्कहरु तिरेकै छन् । यस्तो अवस्थामा अभिभावको लगानीलाई उनीहरुसँग छलफलनै नगरी स्कुलले एकतर्फी रुपमा बन्द वा मर्ज गर्न नमिल्ने जनाए ।  

‘केही अभिभावकले नतिरेका होलान् तर अधिकाँसले मासिक शुल्क, वार्षिक शुल्क म्यन्टेनेन्स शुल्क त तिरेकै छन्,’ अध्यक्ष भण्डारीले भने, ‘अभिभावको लगानी पनि त छन् नि विद्यालय बनाउनमा । त्यही भएर सरकारले एउटा समिति बनाएर समस्याको पहिचान गर्नु आवश्यक छ ।’

महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले स्कुलले नगरपालिकामा कुनै जानकारीनै नगराइन एकलौटी रुपमा बन्द गरेको छ । जुन गलत हो । उनले अब लकडाउन खुलेपछि विद्यालयमा उपस्थित भएर छानबिन गरिने जनाए ।  

‘हाम्रो नगरपालिकाको विद्यालय संचालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति छ’, मेयर श्रेष्ठले नागरिकसँग भने, ‘ नगरपालिकाभित्र संचालित विद्यालयहरु बन्द वा मर्ज गर्न नगरपालिका शिक्षा विभागको स्वीकृति लिनु पर्छ ।’ उनले थपे, ‘ लकडाउन खुल्नासाथ हामी छानबिन गर्छौ ।’

सन् १९८९ मार्चमा ललितपुरको सानेपाबाट सुरु भएको यो स्कुल धेरै पटक एसइई बोडमा उत्कृष्ट हुन सफल भएको थियो । पछि आफ्नै घर लामाटारमा विद्यालय सरेको थियो ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस