दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने
०८ साउन २०७७
•
२ मिनेट पाठ
दशैँ अगाडि त्रिविका सबै परीक्षा हुने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा संचालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।




'हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ', उनले भने, 'तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।' यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उनले दशैँ अगाडि रोकिएका नै सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिए ।

त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यसपटक विद्यार्थीलाई पायकपर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । 'पहिले हामीले १२–१३ किलो मिटरभित्रमा परीक्षा केन्द्र राख्ने गरेका थियौँ', उनले भने, 'यस पटक भने विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राख्ने छौँ ।' त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् ।

यसैगरी पनिकाले बन्दाबन्दीका कारणले रोकिएका परीक्षाफल धमाधम गरिरहेको छ । पनिकाले गत वैशाख २० गतेदेखि कार्यालयका कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको छ । उनका अनुसार स्नातकोत्तर तहका १२ विषय, कानून संकाय, मानविकी र व्यवस्थापनको स्नातक तहको प्रथम वर्षको परीक्षाफल प्रकाशन गर्न बाँकी रहेको छ ।

पनिकाले सबै परीक्षाफल प्रकाशित गरेर परीक्षा गर्ने र ती परीक्षाको पनि तीन महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए । उनले वार्षिक क्यालेन्डर मिलाउने गरी परीक्षा र परीक्षाफल प्रकाशन गरिने तयारी गरिएको बताए ।
अर्को समाचार
त्रिविलाई फास्ट ट्र्याकबाट नतिजा निकाल्न मन्त्रीको निर्देशन
१२ माघ २०७८
•
३ मिनेट पाठ
त्रिविलाई फास्ट ट्र्याकबाट नतिजा निकाल्न मन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल मंगलबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पुगी विभिन्न तहका परीक्षाको नतिजा प्रकाशनमा भएको ढिलाइबारे सोधपुछ गरेका छन्।




प्रविधिमैत्री युगमा पनि पनिका अझै परम्परागत रुपमै चलिरहेको देखेर आफू चिन्तित बनेको मन्त्री पौडेलले बताए। ‘मन्त्रालयमा विद्यार्थीहरू दिनहुँ त्रिविको नतिजा ढिलाइका कारण आफूहरू लोकसेवा आयोग, विभिन्न संस्थान तथा धेरै निकायमा अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरिरहन्छन्।

परीक्षाको नतिजा ढिलाइबारे धेरै गुनासो आएपछि म आफैं अनुगमनमा गएर सत्यतथ्य बुझ्न खोजेको हुँ,’ अनुगमनपछि मन्त्री पौडेलले भने, ‘पनिका अझै पनि प्रविधिमैत्री हुन सकेको छैन। परम्परागत रुपमै काम गराइ छ। जनशक्ति अभाव देखियो।’ मन्त्री पौडेलले थपे, ‘त्यसपछि मैले उपकुलपतिसँग भेटेर छलफल गरेको छु। परीक्षा नियन्त्रकलाई फास्टट्र्याकबाट नतिजा प्रकाशन गरी निकास दिन निर्देशन दिएको छु। अब म मन्त्रालयमा छलफल गरी पनिकालाई जनशक्तिसहित प्रविधिमैत्री बनाउने तयारीमा जुट्छु।’

मन्त्री पौडेलका अनुसार ३ महिनाभित्र प्रकाशित हुनुपर्ने नतिजा एक वर्ष बित्न लाग्दा समेत प्रकाशित हुन सकेको छैन। जुन विद्यार्थीको हितमा छैन। विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई पनि निर्देशन दिएको उनले बताए। पनिकाको शैक्षिक क्यालेन्डरमा परीक्षा भएको ३ महिनामा नतिजा प्रकाशन गर्ने व्यवस्था छ।

८ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा प्रकाशन नगरेपछि बुझन् मन्त्री अनुगमनमा गएका थिए। परीक्षा नियन्त्रक पुष्पराज जोशीले मन्त्री पौडेललाई पनिकाबारे विस्तृत जानकारी गराउँदै जनशक्ति अभाव र प्रविधिको कमीका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको जानकारी गराएका थिए।

मन्त्री पौडेलले परीक्षा नियन्त्रक जोशीको जनशक्ति अभावबारेको कुरा सुनेपछि कुनै पनि बहाना मन्त्रालयलाई स्वीकार नहुने स्पष्ट पारेका थिए। ‘जनशक्ति अभाव अहिलने नै भएको त होइन नि। जे भए पनि सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनपर्‍यो’, मन्त्री पौडेलले भने, ‘देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै तपाईंहरू पन्छिन पाउनुहुन्न। यसको सुधारका लागि प्रशासनले नयाँ योजना बनाएर आउनुपर्‍यो।’ उनले थपे, ‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्। देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन्?’

परीक्षा नियन्त्रक जोशीले जनशक्ति अभावबारे रजिस्ट्रार कार्यालयमा भदौमै जानकारी गराए पनि सुनुवाइ नभएको बताए। रजिस्ट्रार कार्यालयले दक्षभन्दा पनि रुचाएको व्यक्ति नियुक्त गरेकाले पनिकाको काम हुन नसकेको हो। ‘मैले सहकुलपतिज्यूलाई पनिकाको सबै यथार्थ विस्तृत रुपमा बताइदिएँ। २२४ कर्मचारी आवश्यक पर्नेमा १३७ मात्र छन्।

आइटीमा १० कर्मचारी चाहिनेमा रजिस्ट्रार कार्यालयले पाँचजना मात्र दियो’, नियन्त्रक जोशीले भने, ‘पुराना कर्मचारी अवकाश पाएर बिदा भए। नयाँ थपिएका छैनन्। त्रिविका ७ लाख विद्यार्थीको काम ५ जना आइटीका कर्मचारीले गरेर कसरी छिटो हुन्छ? मैले विद्यार्थीको नतिजा र ट्रान्सक्रिप्ट अनलाइन उपलब्ध गराउने सबै तयारी गरेको भए पनि त्रिविले सहयोग नगरेपछि सबै काम अस्तव्यस्त भयो। सबै विषय मन्त्रीज्यूले बुझ्नुभयो। समस्या समाधान गर्ने प्रतिबद्धता जनाएर जानु भयो। जुन सकारात्मक हो।’
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस