अमेरिकाको नयाँ भीसा नितिले १० हजार नेपाली विद्यार्थी मारमा
२५ असार २०७७
•
३ मिनेट पाठ
अमेरिकाको नयाँ भीसा नितिले १० हजार नेपाली विद्यार्थी मारमा
अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।




अमेरिकी सरकारको द स्टुडेन्ड एन्ड इक्सचेन्ज भिजिटर प्रोग्राम(एसइभिपि)ले सोमबार प्रकाशित गरेको एम–वन र एफ–वन भिसामा परिवर्तन गरी नयाँ भिसा नीति कार्यान्वयनमा ल्याएको हो । नयाँ भिसा नीतिले अब आउँदो अगस्ट÷सेप्टेम्बरको शैक्षिक सत्रमा अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरूले अनलाइन कक्षामा सहभागिता जनाउन पाइने छैन ।  

विदेशी विद्यार्थी शैक्षिक संस्थाहरूमा भौतिक रुपमै उपस्थित भई कक्षा लिनुपर्नेछ । विदेशी विद्यार्थीले यो नीति नमाने अमेरिकी सरकारले त्यस्ता विद्यार्थीको भिसा रद्ध गरी स्वदेश फर्काउने नयाँ भिसा नीतिमा उल्लेख छ । कठोर भिसा नीतीका कारण अमेरिकामा स्नातकदेखि विद्यावारिधी अध्ययनरत नेपाली विद्यार्थीहरूको भविष्य नै अन्योलमा परेको छ ।  

अमेरिकन सरकारले एकातिर कठोर भिसा नीति अपनाएको छ भने अर्को तर्फ कोरोनाको जोखिम भन्दै शैक्षिक संस्थाहरू बन्द गरेर अनलाईन कक्षा संचालन गर्दै आएका छन्। उनीहरूले विद्यार्थीलाई कक्षामा उपस्थित गराएर पठनपाठन गराउने जोखिम मोल्न तयार छैनन्। जसका कारण अमेरिकामा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर गएका विद्यार्थीहरू निरास भएका छन् ।  

‘भिसा नीतिले विदेशी विद्यार्थीलाई अगामी सेमेस्टरमा कक्षामा उपस्थित भएर पठनपाठन गर भन्छ तर कलेजहरू खोल्न मान्दैनन्,’ न्यूयोर्कको एक कलेजमा अध्ययनरत सुजन श्रेष्ठले नागरिकसँग भने, ‘तर अमेरिकन विद्यार्थीको लागि भने अनलाइन पठनपाठनको सुविधा कायमै छ । हामी विदेशी विद्यार्थीसँग विभेद गरिएको छ ।’ उनले गुनासो गरे, ‘म स्नातक चौथो सेमेस्टरमा अध्ययनरत छु । कोभिडको जोखिम बढ्दो छ । कलेज खुल्दैनन्, निकै मर्कामा परेका छौं ।’

नयाँ भिसा नीतिले विदेशी विद्यार्थीले अमेरिकन शैक्षिक संस्थाहरूमा एउटा विषय वा ३ क्रेडिट कोर्ष बराबरको मात्र अनलाइन पठनपाठन गर्न पाइने पनि व्यवस्था छ । अन्य विषयहरू कक्षामा अनिवार्य उपस्थित भएरै पढ्नु पर्छ । यो नियम नमाने भिसा रद्ध गरी  देश निकाला गरिने उल्लेख छ ।  

शैक्षिक परामर्श संस्थाहरूको छाता संगठन ईक्यानको अध्यक्ष प्रकाश पाण्डेले अमेरिकी सरकारको अप्रावासी विद्यार्थीहरूको हकमा गरिएको कठोर भिसा नीतिले अमेरिकन शिक्षा प्रति नकरात्मक प्रभाव पारेको बताए। ‘यस्तो भिसा नीतिले अमेरिका प्रति अन्तराष्ट्रिय स्तरमै नकरात्मक असर पार्छ,’ अध्यक्ष पाण्डेले नागरिकसँग भने, ‘राष्ट्रपति ट्रम्पले विदेशी विद्यार्थीलाई अमेरिकाबाट निकाल्ने उदेश्यले यस्तो नीती ल्याएको बुझिएको छ ।’ अमेरिकाको यस्तै कठोर नितिका कारण केहीँ वर्षदेखि उच्च शिक्षा हासिल गर्न अमेरिका जाने विद्यार्थीको आकर्षण घट्दै गएको तथ्यांकले देखाएको छ ।  

शिक्षा मन्त्रालयका अनुसार ०७३÷०७४मा तीन हजार चार सय ८३, ०७४÷०७५ मा एक हजार सात सय ७४, ०७५÷०७६ मा एक हजार चार सय ९१ र चालु आवमा सात सय ४७ ले अमेरिका जान एनओसी लिएका छन् ।  

शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखाका प्रमुख एवं सहसचिव रामशरण सापकोटाले अमेरिकाले विदेशी विद्यार्थीको हकमा भिसा नीति परिवर्तन गर्दा त्यहाँ अध्ययनरत १० हजार नेपाली विद्यार्थीको भविष्य अन्योल बनेको बताए । ‘शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत नेपाली विद्यार्थीको समस्या सम्बोधन गर्न कुटनिति पहल गर्ने छ,’ सापकोटाले भने,‘जापानले समेत विदेशी विद्यार्थी भिसामा कडाइ गरेको छ । यस विषयमा समेत मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ हाल शिक्षा मन्त्रालयले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको हकमा कलेज परिवर्तन, कोर्ष परिवर्तन र तह परिवर्तनको लागि एनओसी जारी गरीरहेको छ । नयाँ एनओसी जारी बारे समेत छलफल भइरहेको छ ।’
अर्को समाचार
बंकरका नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्दै छ उद्धार
२२ असोज २०८०
•
१ मिनेट पाठ
बंकरका नेपाली विद्यार्थीलाई इजरायली सेनाले गर्दै छ उद्धार
बंकरभित्र रहेका नेपाली विद्यार्थीको उद्धार इजरायली सेनाले गर्न थालेको छ।




बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।

उनले सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन्। 

उनले भनेका छन्, 'हामीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको छ। यहाँ आंतककारीहरुको डर छैन। चारैतिर सेनाहरु रहेका छन्। त्यति धेरै तनाव लिनुपर्ने अवस्था छैन।'

इजरायल आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने  ४ जना घाइते भएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस