ओखलढुंगामा विद्यालय पुनर्निर्माण सुस्त
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
ओखलढुंगामा विद्यालय पुनर्निर्माण सुस्त
ओखलढुंगामा विद्यालय पुनर्निर्माणको काम सुस्त देखिएको छ । २०७२ को विनासकारी भूकम्प गएको ५ वर्ष वितिसक्दा पनि भूकम्पबाट क्षति भएका विद्यालयहरू अझै पुनर्निर्माण भईनसकेका हुन् ।




साविकको जिल्ला शिक्षा कार्यालय माफर्त भईरहेको विद्यालय पुनर्निर्माणको काम अहिले हाल कायम गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले गरिरहेको छ । जिल्लामा केही विद्यालय ठेकेदार मार्फत र केही व्यवस्थापन समिति तथा उपभोक्ता समिति मार्फत निर्माणको काम भईरहेका छन् । सबैजसो विद्यालय भवन निर्माणको काम सुस्त चलिरहेको छ ।  

५ वर्षमा १२६ विद्यालय भवन बने

विनासकारी भूकम्पको ५ वर्षमा बल्ल ओखलढुंगामा १ सय २६ वटा विद्यालय पुनर्निर्माण गरिएको छ । २०७२ को भूकम्पबाट पूर्ण क्षति भएका मध्ये १ सय २६ वटा विद्यालय पुननिर्माण गरिएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाको तथ्याङक अनुसार आर्थिकवर्ष २०७३÷०७४ मा आयोजना र विद्यालय व्यवस्थापन समिति बीचको सम्झौता अनुसार ४७ वटा विद्यालय भवन निर्माणको काम थालिएको थियो । त्यसमध्ये ४४ वटा भवन निर्माण सम्पन्न भएका छन् । ३ वटा भवन निर्माणको काम अझै सकिएको छैन । उक्त आर्थिक वर्षमा २ कोठे भवन १५ वटा, ३ कोठे १२ वटा, ४ कोठे १४ वटा, ६ कोठे ४ वटा र ८ कोठे गरि ४७ विद्यालयका १६२ कक्षा कोठा निर्माणको काम थालिएको थियो । ४ वर्ष अघि सम्झौता गरेर निर्माण थालिएको कामको ९८ प्रतिशत काम सकिएको भनिएपनि ३ कोठे एउटा र ६ कोठे २ वटा भवन निर्माणको काम सकिएको छैन ।

त्यस्तै आर्थिकवर्ष २०७४/०७५ मा थप ४६ वटा विद्यालय पुननिर्माणको काम थालिएकोमा अहिले सम्म ४० वटा भवनको मात्रै काम सकिएको छ । ४ कोठे ४ वटा, ६ कोठे एउटा र ८ कोठे एउटा गरी ६ वटा भवन निर्माणको काम सुस्त गतिमा भईरहेको छ । उक्त आर्थिकवर्षमा विव्यस मार्फत नै १ सय ५९ वटा कक्षा कोठा निर्माण गर्ने सरकारी लक्ष्य थियो ।

आर्थिकवर्ष २०७५/०७६ मा दुई चरण गरी पुनर्निर्माणको काम थालियो । पहिलो चरणमा ३२ विद्यालयका ९९ कक्षा कोठा र दोस्रो चरणमा फेरी ३२ वटै विद्यालयका ९९ वटा नै कक्षा कोठा निर्माणको काम थालिएको थियो । त्यसमध्ये पहिलो चरणमा सम्झौता भएका ३२ मा २६ वटा विद्यालय भवन बनाउने काम सकिएको छ । बाँकी ६ वटा भवन निर्माणको काम अझै सकिएको छैन । दोस्रो चरणमा सम्झौता भएका सबै ३२ वटै विद्यालय निर्माणाधिन अवस्थामै छन् ।  

आर्थिकवर्ष २०७५/०७६ मा जिल्लाका विद्यालयहरूमा शौचालय निर्माणको काम थालिएको छ । १ युनिटका १८ र २ युनिटका ३२ गरी ५० वटा शौचालय निर्माणको सम्झौता अनुसार अहिलेसम्म ४ वटाको काम सकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका ईन्जीनियर सविन लामाले जानकारी दिए । अन्य ४६ वटा शौचालय र बाँकी विद्यालय भवनको काम भईरहेको उनको भनाई छ । ‘तथ्याङ्कले धेरैजसो त प्रगति नै देखाउँछ ।

केही विद्यालय भवनको सबै काम नसकिएको भएपनि अब छिट्टै सक्नेगरी लागि परेका छौं ।’ उनले भने, ‘कतिपय ठाउँमा सामान ढुवानीको समस्या, कामदार अभाव लगायतका कारण पनि भनेजस्तो गतिमा काम गर्न चुनौती छ ।’ जिल्लाका अधिकांश विद्यालयमा निर्माण सामाग्री पु¥याउन समस्या भएको विद्यालय व्यवस्थापन समितिहरूले बताउने गरेका छन् ।  

जिल्लामा एशियाली विकास बैकको आर्थिक ऋण सहयोगमा केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्धारा १९ वटा विद्यालय पुननिर्माणको काम थालिएकोमा १६ वटा मात्रै समयमै निर्माण भएका छन् । ठेकेदार माफर्त काम सुरु गरिएका विद्यालय पनि अझै ३ वटा निर्माण सम्पन्न हुन बाँकी छन् ।

अपाङ्ग मैत्री भवन नभएको गुनासो  

भूकम्पपछि व्यवस्थित बनाईएका भनिएका विद्यालयहरू पनि अपाङ्ग मैत्री नभएको गुनासो बढेको छ । विद्यालय व्यवस्थापन समिति मार्फत उपभोक्ता समितिले बनाएका भवनहरू अपाङ्ग मैत्री छैनन् । अपाङ्ग मैत्री संरचना नहुँदा फरक क्षमता भएका विद्यार्थीलाई कक्षा कोठमा पुग्नै समस्याहुने किशोरी समुहकी पूर्व अध्यक्ष सरस्वती बानीयाँले बताईन् । 

‘ठुलो धनराशी खर्च गरेर बनाईएका विद्यालयहरू व्यवस्थित बनाउन खोज्नु राम्रो हो तर अपाङ्ग  विद्यार्थीको पहुँच कक्षा कोठा नहुने अवस्था देखियो ।’ उनले भनिन्, ‘सबै त्यस्ता छैनन् । पूननिर्माण गरिएका पनि कतिपय विद्यालय अपाङ्गमैत्री, सबै सुविधा सम्पन्न छन् तर धेरैजसो विद्यालयमा त्यस्तो छैन ।’ कुन्ता मावि ज्यामीरे सहितका विद्यालयका अभिभावकले सम्झौता अनुसारको संरचना नबनेको आरोप समेत लगाएका छन् ।  

नमूना विद्यालयकै काम सबैभन्दा सुस्त  

जिल्लाको वरुणेश्वर मावि रामपुर र रुम्जाटार मावि रुम्जाटार नमुना विद्यालय हुन् । यी दुवै विद्यालयमा नमुना विद्यालयको मापदण्ड अनुसार संचरना निर्माणको काम थालिएको छ । तर सकिनुपर्ने समय वितिसक्दा पनि आधा काम भएको छैन । ठेकेदारले सुरुका दिनहरूमा अपेक्षित काम नगर्दा समयमा काम नभएको वरुणेश्वर माविका प्रअ कुलप्रसाद खतिवडाले बताए । ‘हाम्रो विद्यालय नमुना विद्यालय हो ।

त्यहि अनुसारको संरचना बनाउने काम भईरहेको छ तर नमुना भनिएको विद्यालयको काम तिव्र गतिमा गरेर नमुना बनाउनु पर्नेमा सुस्ततामा पो नमुना बनेजस्तो भयो ।’ खतिवडाले भने,‘हाम्रो विद्यालयमा मात्रै होईन धेरै ठाँउका विद्यार्थीहरू टहरामा बसेर पढ्न बाध्य छन् । विद्यालयका भवन निर्माणको काम ढिलाई हुँदा भौतिक प्रगति मात्रै होईन शैक्षिक उपलब्धि गुम्ने खतरा छ ।’ रुम्जाटार माविमा पनि ठेकेदार माफर्त भईरहेको काम निकै सुस्त छ ।

विद्यार्थी अझै जिर्ण भवन र टहरामा

भूकम्प अति प्रभावित  १४ जिल्लामा परेको ओखलढुंगाका ३ सय ३२ विद्यालय मध्ये अधिकांश विद्यालयका भवन पूर्ण रुपमा क्षति भएका थिए । तत्कालिन जिल्ला शिक्षा कार्यालय र पुनर्निर्माणका प्राविधिकहरूले बढी क्षति भएकालाई उच्च जोखिममा राख्दै कम क्षति भएकालाई मध्यम जोखिममा राखेका थिए । उच्च जोखिममा रहेको भनिएका विद्यालयमा रातो स्टिकर र मध्यम जोखिममा रहेका विद्यालयमा हरियो हरियो स्टिकर टाँसिएको थियो ।  

अध्ययान अध्यापन गराउन नमिल्ने भनेर रातो  स्टिकर टाँसिएका विद्यालय भवनहरू नै अहिले प्रयोगमा आईरहेका छन् । जोखिम औंल्याईएका स्टिकर फालेर तिनै जिर्ण भवन भित्र पढाई भईरहेको छ ।  

जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माविको ठुलो भवन तत्कालिन समयमा पूर्ण क्षति भएको भन्दै रातो स्टिकर टाँसिएको थियो । केही दिन नबित्दै रातो स्टिकर हटाएर त्यहि भवनमा पठनपाठन थालिएको छ । जिल्लाका अन्य धेरै विद्यालयको अवस्था उस्तै छ । छानो भएका भवन जिर्ण भएपनि प्रयोग गरिएका छन् भने पुरै भवन भत्किाएका विद्यालयले टहरामा विद्यार्थी राखेर पढाईरहेका छन् ।  

भूकम्पले भत्काएका भवन समयमा पुनर्निर्माण भईनसक्दा जस्ताको टहरामा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको सुनकोशी ९ कटुञ्जे स्थित चम्पादेवी आधारभुत विद्यालय ककनीका शिक्षक तीलक तामाङले बताए । ‘हिउँदमा बेस्सरी जाडो हुन्छ । वर्षामा पानीले उस्तै सताउँछ तर पनि जस्ताको टहरामा राखेर पढाउनुको विकल्प छैन हामीसँग’ उनले भने, ‘बल्ल एउटा भवन परेको छ । पर्याप्त त हुँदैन त्यो बनिसक्दा केही सहजता भने पक्कै हुनेछ ।’ जिल्लाका धेरैजसो विद्यालय भूकम्पका बेला बनाईएका अस्थायी टिएलसीमा सञ्चालित छन् ।  

पहुँच नहुने विद्यालय पूननिर्माणको सूचिमा परेनन्  

ओखलढुंगा जिल्ला भूकम्प अति प्रभावित १४ जिल्लामा परेको जिल्ला हो । यहाँका करिब २३ हजार निजी आवास पूर्ण क्षतिको सूचिमा परेका छन् तर जिल्लाका जम्मा ३ सय ३२ वटा विद्यालय मध्ये आधा पनि पूर्ण क्षतिको सूचिमा परेका छैनन् ।  

पूर्णक्षतिको सूचिमा समेटिएका विद्यालय पनि पहुँच नभएका कारण पूनर्निर्माणमा पर्न सकेका छैनन् । केन्द्रबाट प्राप्त समिति कोटाका लागि प्रस्ताव आवहन हुँदा सबैजसो विद्यालयले निवेदन दिने गरेका छन् । पहुँचवालाहरूले आफ्नो विद्यालयमा कोटा लिने गरेकाले वर्षेनी प्रस्ताव पेश गरेपनि सुनुवाई नभएको पुनर्निर्माण हुन नसकेका विद्यालयहरूले जनाएका छन् ।  

विद्यालयजस्तो संवेदनशिल क्षेत्रको पुनर्निर्माण समयमै हुन नसक्नु दुःखद् भएको सरोकारवालाको भनाई छ । जिल्लामा ट्रान्सपरेन्सी ईन्टरनेश्नलले भूकम्प पछिको पुनर्निर्माणका बारेमा नियमित अवलोकन गर्दै आएको छ । 

विद्यालय र निजी आवास तथा अन्य सार्वजनिक संरचना पुनर्निर्माणको अवलोकनबाट प्राप्त तथ्य र सुझावहरू सरोकारवाला पक्षमाझ प्रस्तुत गर्ने गरिएको ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका जिल्ला संयोजक भलामान विश्वकर्माको भनाई छ । पुनर्निर्माणम देखिएका चुनौती समाधान गर्दै प्रगति बढाउन सबै पक्ष लागेर पहल गर्नुपर्ने आवश्यकता रहेको ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले जनाएको छ ।  
अर्को समाचार
पाल्पाका विद्यालयमा पठनपाठन सुरू
१३ साउन २०७७
•
३ मिनेट पाठ
पाल्पाका विद्यालयमा पठनपाठन सुरू
कोभिड–१९ को संक्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहुरूको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।




रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक तह माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । निजी विद्यालय केहीले बिहान ७ बजेदेखि र केहीले ९ बजेदेखि शुरु गरेर कक्षा विभाजन गरी तीन/तीन घण्टा पढाइ सञ्चालन गरेका छन् । रामपुर अङ्ग्रेजी आवासीय विद्यालयले बिहान हात धोएर, स्यानीटाइजर तथा मास्कको प्रयोग गरी विद्यालय पुगेका विद्यार्थीलाई एक बेञ्चमा दुईका दरले राखेर पढाउन शुरु गरेको छ ।

विद्यालयका प्रिन्सिपल अनन्त भण्डारीले विद्यालय समयमा एउटा कक्षाको विद्यार्थी अर्को कक्षाकोसँग सम्पर्क नहुने तथा विद्यालय समयमा खाजा घर नखुल्ने र भीडभाड नहुने हुनाले उपयुक्त उपाय अपनाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिए । लामो समयदेखि विद्यालय जान नपाएका विद्यार्थीहरू पनि अहिले पढ्न पाउँदा खुशी देखिन्छन् ।

सामुदायिक विद्यालयले गृहकार्य दिने तथा हप्तामा केही दिन बिराएर विद्यालयमै कक्षागत पालो लगाएर पढाइ शुरु गरेका जनाएका छन्। असार १७ गतेदेखि साउन ७ गतेसम्म टोलटोलको विद्यार्थी जम्मा पारेर शिक्षकले पढाउने कार्य पनि झन्झटिलो भएकाले स्वास्थ सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको रामपुर नगर शिक्षा समितिले जनाएको छ ।

यसअघि पहिलो चरणमा टोल शिक्षण, दोस्रो चरणको कार्यक्रम परियोजना कार्य, गृहकार्य, टेलिफोन सम्पर्क तथा घरघरमा शिक्षक तथा तेस्रो चरणमा विद्यालयले सुरक्षाका उपाय अपनाउँदै, भौतिक दूरी कायम राखी तीन घण्टासम्म वैकल्पिक सिकाइ सहजीकरण गरिने रामपुर नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष रमणबहादुर थापा बताउँछन्।

इन्टरनेटका माध्यमबाट अनलाइन कक्षा, टेलिभिजनको पढाइलाई निरन्तरता दिने, टेलिफोनबाट विद्यार्थीले शिक्षकसँग नबुझेको कुरा सोध्न सक्ने तथा नगरका प्रत्येक विद्यालयले विषयगत रुपमा विद्यार्थीका घर घरमा पुगेर गृहकार्य दिने कार्य गएकामा फेरि विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुँदै विद्यालय सञ्चालन गरेको नगर शिक्षा शाखा प्रमुख विकले बताए ।

पाल्पाको पूर्वखोला गाउँपालिकाले भने टोलटोलको पढाइलाई निरन्तरता दिएको छ । टोलमा रहेका भवन, क्वारेन्टाइन नबनाइएका विद्यालयमा पढाइ सञ्चालन गरेको पालिकाले छ । विद्यार्थी सङ्ख्या तथा शिक्षकको संख्याको आधारमा एउटा वडाको करिब ४० भन्दा बढी टोलमा विद्यार्थीलाई शिक्षा प्रदान गरिएको जनउज्वल आधारभूत विद्यालय अर्खलडाँडाका शिक्षक दिल्लीराज पङ्गेनीले बताए ।

अहिले एउटा टोलमा १० जनासम्म विद्यार्थी राखेर शिक्षा प्रदान गरिएको शिक्षाशाखा प्रमुख डिल्लीराज ढुङ्गानाले जानकारी दिए । पूर्वखोला गाउँपालिका पाल्पाले शिक्षक स्वंयमसेवकसमेत परिचालन गरी शिक्षा प्रदानलाई व्यवस्थित बनाएको छ । निस्दी गाउँपालिका पाल्पाले पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेको छ ।

गाउँपालिका कोरोनाको सङक्रमितको सङ्ख्या नरहेको र अवस्था सामान्य नै रहेकोले स्वाश्थ्य सावधानी अपनाएर विद्यालयमा नै पढाइ सञ्चालन गरिएको शिक्षा अधिकृत प्रमोद यादवले बताए । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका सूचना अधिकारी विष्णु बेल्वासेले भने तीनदेखि चार लाखसम्म छपाइ समग्रीका लागि सरकारको सहयोगसमेत प्राप्त भएका र केही स्थानीय तहले सिकाइ व्यवस्थापन मिलाएको बताए ।

जिल्लाको रम्भा, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, तिनाउ गाउँपालिकासँगै तानसेन नगरपालिकामा पनि टोल–टोलमा पढाइ सञ्चालन भएकोे शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ । विस्तारै अन्य विद्यालयहरुले पनि पठनपाठन सञ्चालन गर्ने बनाएका छन् ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस