सरकारले हरेक वर्ष असार १५ लाई धान दिवसको दिनको रुपमा मनाउने गरेको छ । साथै, नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने चलन पनि रहँदै आएको हो ।
धान रोपाइँ र दही चिउरा खाने दिनको महत्वबारे इटहरी वडा नंं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले शैक्षिक प्रदर्शनीमा सहभागीलाई बताउँदै थिए । विद्यालयमा आयोजित शैक्षिक प्रदर्शनीमा अवलोकन गर्न आएका अभिभावक तथा तल्लो कक्षाका विद्यार्थीलाई स्टलमा राखिएको दही चिउरा खान कक्षा १२ मा अध्ययनरत विनिसा खनाल आग्रह गर्दै थिइन् ।
राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १२ को विज्ञान, व्यवस्थापन, शिक्षा, होटेल म्यानेजमेन्ट र तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्सँगै कक्षा १० का ‘शिक्षाको संसारबाट कामको संसार’ परियोजनामा छनोट भएका तीन वटा समूहका विद्यार्थीले एक दिने फुड फेयर एण्ड प्रोजेक्ट वर्क प्रदर्शनी गरे । पहिलोपल्ट विद्यालयले आयोजना गरेको प्रदर्शनीमा परम्परागत सीप र प्रविधिका सामग्री पनि राखेका थिए ।
प्रदर्शनीमा परम्परागत खानाका परिकार पनि राखिएको थियो । ती खानेकुमार विद्यार्थी आफैले बनाएका हुन् । ‘खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदो हुनुपर्छ,’ कक्षा १२ मा अध्ययनरत सेलरोटी बनाउँदै गरेको अवस्थामा भेटिएकी अस्मी राईले भनिन, ‘अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउनु र प्रचारप्रसार गराउनु आजको आवश्यकता छ ।’
विद्यार्थीलाई कक्षामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास नै गराउनका निम्ति गरिएको शैक्षिक प्रदर्शनी गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार विद्यार्थीहरूलाई छोटो सूचना गरेका आधारमा शैक्षिक प्रदर्शनी गरिएको हो । कक्षाकोठामा सैद्धान्तिक ज्ञान जे दिइएको छ त्यसलाई व्यवहारिक रुपमा अभ्यास गराउनु उत्तम हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले बताए। उनका अनुसार आगामी दिनदेखि हरेक वर्ष यस्तो प्रदर्शनी गर्ने योजना रहेको बताए ।
प्रदर्शनीमा १५ वटा स्टल राखिएका थिए । तीमध्ये तीन वटा स्थल इन्स्योर÷हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरूलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ मा छनोट भएका विद्यार्थीको हरेको सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए । प्रदर्शनी अवलोकनका लागि राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, तिनका अभिभावक, स्थानीय गाउँलेसहित आसपासका शैक्षिक संस्थाका विद्यार्थीहरू सहभागी भएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...