‘राष्ट्रिय राजनीतिमा नेतृत्व तह अक्षम हुँदाको प्रभाव’
२८ जेष्ठ २०८२
•
४ मिनेट पाठ
‘राष्ट्रिय राजनीतिमा नेतृत्व तह अक्षम हुँदाको प्रभाव’
विगतमा विद्यार्थी तथा विद्यार्थी संगठनले मुलुकको राजनीतिक व्यवस्था परिवर्तनमा प्रभावशाली भूमिका खेलेको इतिहास साक्षी छ। उनीहरू सामाजिक विसंगतिविरुद्ध हुने आन्दोलनहरूमा पनि सहभागी हुने गर्थे, तर पछिल्लो समय त्यो जागरुकता शून्यप्रायः रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देखिएको नतिजाले स्पष्ट पारेको छ।




यसको ज्वलन्त उदाहरणका रूपमा पछिल्लो स्ववियु निर्वाचनलाई लिन सकिन्छ। पछिल्लो स्ववियु निर्वाचनमा भएको मतदान हेर्दा ठूला क्याम्पसहरूमा मुस्किलले २३ प्रतिशत मात्र मत खसेको तथ्यांकले देखाउँछ। २०८१ चैत ५ गते त्रिभुवन विश्वविद्यालयका देशभरिका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो, तर निर्वाचनमा विद्यार्थी सहभागिता अति न्यून देखियो।

त्रिभुवन विश्वविद्यालयका काठमाडौं उपत्यकामा रहेका १७ आंगिक क्याम्पसमा कुल विद्यार्थी मतदाता ५९ हजार एक सय ९२ रहेकामा २६ हजार आठ सय ६ मत मात्र खसेको तथ्यांक छ। अर्थात् ४५ प्रतिशत मात्र मतदान भएको छ, जसमा ठूला क्याम्पसहरूमा अति न्यून १५ देखि ३४ प्रतिशतको हाराहारीमा मतदान भएको छ। धेरैजसो क्याम्पसमा मतदाता परिचयपत्र लिएर विद्यार्थी मतदान गर्न आएनन् भने कतिपयको मतदाता परिचयपत्र क्याम्पसमै रहेको विद्यार्थी बताउँछन्।

केन्द्रीय क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस, अमृत साइन्स क्याम्पस, थापाथली क्याम्पस, ललितकला क्याम्पस, महाराजगन्ज मेडिकल क्याम्पस, जनप्रशासन क्याम्पस, महेन्द्ररत्न क्याम्पस, आयुर्वेद क्याम्पस र महाराजगन्ज नर्सिङ क्याम्पस गरी १३ क्याम्पस, भक्तपुरको भक्तपुर बहुमुखी क्याम्पस र सानोठिमी क्याम्पस र ललितपुरको पाटन बहुमुखी क्याम्पस र पुल्चोक क्याम्पस गरी १७ क्याम्पसको नतिजा विश्लेषण गर्दा आधाभन्दा बढी विद्यार्थीले मतदान गरेनन्।

काठमाडौंको कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकै नतिजा हेर्दा ६ हजार एक सय ७४ मतदाता थिए, जसमध्ये तीन हजार एक सय १८ मत मात्र खसेको छ। यसैगरी काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा ६ हजार दुई सय ९७ मतदाता रहेकोमा एक हजार पाँच सय ९६ मात्र मत खसेको छ। अर्थात् १५ प्रतिशत मात्र मतदान भएको थियो।

यसैगरी आंगिक कलेजमध्ये सबैभन्दा बढी मतदाता रहेको त्रिचन्द्र क्याम्पसमा सात हजार ६ सय ९१ रहेकोमा दुई हजार ६ सय ७१ ले मात्र मतदान गरे। अर्थात् यो क्याम्पसमा ३४ प्रतिशत मात्र मत खसेको छ।

यसैगरी नेपाल कमर्स क्याम्पसमा ६ हजार सात सय ८६ मतदाता रहेकोमा दुई हजार दुई सय ६७ मत खसेको छ। अर्थात् यो क्याम्पसमा पनि ३३ प्रतिशत विद्यार्थीले मात्र मतदान गरे। यसैगरी ललितपुरस्थित पाटन बहुमुखी क्याम्पस त्रिविको अर्को ठूलो आंगिक क्याम्पस हो।

यो क्याम्पसमा सात हजार मतदाता रहेकोमा एक हजार ६ सय ७८ मात्र मत खस्यो। यो क्याम्पसमा कुल खसेको मत २३ प्रतिशत मात्र हो। अर्थात् ठूला क्याम्पसमा १५ प्रतिशत मात्र मतदान हुनु भनेको विद्यार्थीमा राजनीतिप्रति बढ्दो वितृष्णा रहेको त्रिवि केन्द्रीय क्याम्पसका पूर्वसभापति हिमाल शर्माले बताए। उनका अनुसार विगतमा क्याम्पसका स्ववियुहरू केन्द्रीय राजनीतिको शक्तिशाली अंगमा रूपमा स्थापित थियो।

विद्यार्थी राजनीतिले देशका व्यवस्था परिवर्तनसम्मको ल्याकत राख्ने गरेको उनको अनुभव छ। पछिल्लो समय स्ववियुले विद्यार्थीमाझ खासै प्रभाव पार्न नसकेका कारण विद्यार्थीले निर्वाचनमा भाग नलिएको बुझिएको उनको धारणा छ। ‘म ०६५ सालको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सदस्यमा रहें। त्यसबखत स्ववियुको प्रभाव विद्यार्थी र क्याम्पस तथा विश्वविद्यालयभित्र मात्र होइन, देशको व्यवस्था परिवर्तनसम्म रहन्थ्यो’, उनले भने, ‘हालका स्ववियुहरूले शैक्षिक मुद्दा उठान गर्न सकेनन्।’

पछिलो समय त्रिविमा लामो समय चलेको निर्वाचनसम्बन्धी विवादका कारण विद्यार्थीमा निर्वाचनप्रतिको चाहना घटेको नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाको ठहर छ। ‘नयाँ पुस्तामा राजनीतिप्रतिको विश्वासको जागरण हुन नसकेकै हो, जुन स्ववियु निर्वाचन परिणामले पनि देखायो’, अध्यक्ष शेर्पाले भने।

यसअघि चौध वर्षसम्म क्याम्पसहरूमा निर्वाचन नहुनुले पनि विद्यार्थीमा उदासीनता बढेको उनले बताए। उनले भने, ‘अघिल्लो निर्वाचन ०७९ सालमा भएको र १४ वर्षपछि मात्र निर्वाचन भयो।’

रत्नराज्य क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राईले लामो समयसम्म स्ववियु चुनाव नभएकै कारण पछिल्लो पुस्ताले स्ववियु निर्वाचनका बारेमा जानकारीसमेत नपाएकाले पनि निर्वाचनमा विद्यार्थी सहभागिता नभएको प्रतिक्रिया दिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिवसमेत रहेका राईका अनुसार स्ववियुले पछिल्लो समय रचनात्मक र विद्यार्थीका मुद्दा उठान गर्न सकेको छैन। राई ०६५ सालको रत्नराज्य क्याम्पसको स्ववियु सभापति हुन्। उनी भन्छन्, ‘केन्द्र राजनीतिको नेतृत्व स्थापित गर्ने आधार स्ववियु हुने गरेको र स्ववियु निर्वाचनमा विद्यार्थी उत्साहित भएर भाग लिन्थे।’

उतिबेला स्ववियुले क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनबिच पुलको काम गर्ने गरेको उनले बताए। राष्ट्रिय राजनीतिमा नेतृत्व वर्गले समयसापेक्ष काम गरेर देखाउन असक्षम भएकाले त्यसको प्रत्यक्ष प्रभाव स्ववियु निर्वाचनमा परेको उनको निचोड छ।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस