‘आफ्नो भविष्य आफैं निर्माण गर्नसक्ने क्षमतावान्, उद्यमशील र उत्पादक मानव पुँजीको विकास’ भन्ने मूल उद्देश्यका साथ आर्थिक वर्ष २०८२/२०८३ का लागि सरकारले शिक्षातर्फ २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ। गत वर्ष शिक्षामा सरकारले २ खर्ब ३ अर्ब ६६ करोड मात्र रकम छुट्याएको थियो। गत वर्षको तुलनामा यो वर्ष सरकारले ७ अर्ब ५१ करोड रकम बढी विनियोजन गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा आव २०८२/८३ को बजेट सार्वजनिक गर्दै विद्यालय तहको बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालयमा दिवाखाजा कार्यक्रमलाई प्राथमिकता दिँदै खाजा गत वर्षको भन्दा यस वर्ष बजेटमा बढोत्तरी गरेको बताए।
बजेटले कक्षा १ देखि ५ सम्मको विद्यालय तहका २८ लाख बालबालिकालाई दिवाखाजा भनेर यस वर्ष १० अर्ब १९ करोड रकम विनियोजन गरेको जानकारी दिए। गत वर्ष सार्वजनिक गरिएको बजेटमा दिवा खाजा कार्यक्रमका लागि पूर्वअर्थमन्त्री वर्षमान पुनले ८ अर्ब ३९ करोड रकम विनियोजन गरेका थिए।
गत वर्ष यो रकमले ३० लाख विद्यार्थीले लाभ लिने उल्लेख थियो। तर यो वर्ष २८ लाख विद्यार्थीले मात्र लाभ लिने उल्लेख गरिएको छ। यद्यपि खाजाको रकम गत वर्षको रकमसँग तुलना गरिएको छ। ‘राज्यले विद्यालयमा बालबालिकाको संख्या यकिन गरेर मात्र दिवा खाजाको रकम उपलब्ध गराउन सके मात्र वास्तविक विद्यार्थीले लाभ लिन सक्नेछन्,’ शिक्षाविद् विद्यानाथ कोइरालाले बजेट विश्लेषण गर्दै भने, ‘ किनभने हालै प्रकाशित महालेखा परीक्षणको प्रतिवेदनले यही दिवा खाजामा विनातथ्यांक स्थानीय तहहरूले दिवा खाजाको रकम निकास गरी अनियमितता गरेको तथ्य सार्वजनिक गरिसकेको छ।’
यति मात्र होइन शिक्षाविद् कोइरालाका अनुसार यसपालिको बजेटमा सृजनशीलमा चासो देखिएको छैन।
यसैगरी विद्यालयमा छात्रा संख्या बढाउन र बिचैमा कक्षा छाड्ने दर कम गर्न कुल १३ लाख छात्रालाई स्यानेटरी प्याड वितरण गर्न भनी १ अर्ब १९ करोड रकम विनियोजन गरेको छ।
बालविकास सहयोगी र विद्यालय कर्मचारीको अनुदान वृद्धि
मन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमा यस पटक सरकारले शिक्षक महासंघसँग गरिएको सहमति कार्यान्वयन गरेको छ। बालविकास सहजकर्ताको अनुदानमा वृद्धि भएको छ। सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकबापत संघीय सरकारबाट उपलब्ध गराइँदै आएको ससर्त अनुदान वृद्धि गरेको मन्त्री पौडेलले उल्लेख गरे। ‘बालविकास सहयोगी र विद्यालय कर्मचारीको अनुदानमा वृद्धि गरिएको छ,’ मन्त्री पौडेलले भने, ‘यसका लागि १० अर्ब १० करोड रकम संघले उपलब्ध गराउने गरी वृद्धि गरिएको छ।’
मुसहर, डोम र चमारका सन्तानलाई डाक्टरी पढाउन सरकारी पहल
‘लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रावृत्तिलाई निरन्तरता दिइनेछ। मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘छात्रवृत्तिका लागि २ अर्ब ४४ करोड रकम विनियोजन गरिएको छ।’
मन्त्री पौडेलले विद्यालय तहमा अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरूको अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको नयाँ कार्यक्रम तय गरेको छ। यसमा स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिनेछ।
‘अपांगता भएका विद्यार्थीलाई आधारभूत तहको शिक्षा पूरा गर्न छात्रावासको प्रबन्ध मिलाइनेछ,’ बजेटमा उल्लेख छ, ‘राष्ट्रिय नियमन मापदण्ड तयार गरी निजी विद्यालयसमेतको प्रभावकारी अनुगमन गरिनेछ।’
शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम
मन्त्री पौडेलले शिक्षामा बजेटको सदुपयोग हुने नीतिसहित शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेका छन्। ‘कम्तीमा प्रत्येक जिल्लामा एकएक विद्यालय पर्ने गरी १०० विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ,’ मन्त्री पौडेलले बजेटमा उल्लेख गरे, ‘यस्ता विद्यालयले अन्य विद्यालयको नजिता सुधारका लागि सहयोग गर्ने व्यवस्था मिलाइने छ।’
यसका लागि प्रतिविद्यालय २५ लाख रकम उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।’
एसइई प्रदेशले लिने
बजेटको बुँदा नम्बर १५४ मा शिक्षा क्षेत्रका ससर्त अनुदान कार्यक्रमलाई क्रमशः वित्तीय समानीकरण अनुदानमा रूपान्तरण गरने उल्लेख छ। साथै माध्यमिक शिक्षा परीक्षा एसइईको सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट गर्ने प्रबन्ध मिलाइने छ।
राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमलाई २ अर्ब ७२ करोड
विगतमा कार्यान्वयन गरिएको राष्ट्रपति शैक्षिक कार्यक्रममा परिमार्जन गरिएको छ। गत वर्ष शिक्षा क्षेत्रका कार्यक्रममा दोहोरोपन भएको भन्दै एक अर्बको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम हटाइएको थियो। तर यस पटक नयाँ व्यवस्थामा कार्यक्रम राखिएको छ।
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तराई, मधेसमा १ हजार ५ सय, पहाडमा १ हजार र हिमालमा ५ सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि पुँगीगत अनुदान उपलब्ध गराइने व्यवस्था बजेटले गरेको छ। साथै निर्माणाधीन नमुना विद्यालयहरूको निर्माण कार्य सम्पन्न पनि गराउनेलगयतकालाई २ अर्ब ७२ करोड रकम छुट्याइएको छ।
भूगोल र जनसांख्यिक परिवर्तन र विद्यालय संख्यालाई आधार मानी सबै विद्यालयको नक्सांकन गरी स्थानीय तहसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने बजेटले उल्लेख गरेको छ।
उच्च शिक्षामा एकरूपता कायम गर्न उच्च शिक्षासम्बन्धी छाता ऐन निर्माण गरी अघि बढ्ने जनाए। अध्ययनका लागि बिदेसिने प्रवृत्ति कम गर्न विश्वविद्यालयको पुनःसंरचना गरिने उल्लेख गरे। बजेटमा विश्वविद्यालय आयोगको पुनः संचरना गरिने र विश्वविद्यालयलाई विद्यार्थी संख्या, शैक्षिक गुणस्तर पूर्वाधारको आवश्यकताका आधारमा अनुदान उपलब्ध गराइनुका साथै शैक्षिक सत्रअगावै शैक्षिक क्यालेन्डर प्रकाशित र कार्यान्वयन नगर्ने विश्वविद्यालयको अनुदान रोक्ने व्यवस्था बजेटमै छ।
कृषि, इन्जिनियरिङ, सूचना प्रविधि, स्वास्थ्य सेवालगायतमा जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनशक्तिको प्रक्षेपण गरी शिक्षण संस्थालाई प्रदान गरिएको कोटामा पुनरवलोकन गरिने बजेटले समेटको छ। बर्दिबास, बुटवल, डडेलधुरा र सुर्खेतमा मेडिकल कलेज निर्माणका लागि सरकारले ५६ करोड बजेट निकासा गरेको छ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र विदुषी योगमाया आयुर्वेदलगायत विश्वविद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। विश्वविद्यालयहरूमा विदेशी विद्यार्थी आकर्षण गर्न निःशुल्क भिसा उपलब्ध गराइने र तिनका अभिभावकलाई समेत बहु प्रवेश भिसाको व्यवस्था बजेटले समेटेको छ। ‘प्रत्येक प्रदेशमा एकएक प्राविधिक शिक्षालय छनोट गरी नमुना शिक्षालयमा स्तरोन्नति गरिने छ,’ बजेटमा उल्लेख छ, ‘विद्यालय शिक्षा पूरा गरेका विद्यार्थीलाई नतिजाको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षा वा विश्वविद्यालय शिक्षामा आबद्ध हुन प्रोत्साहित गरिने छ।’
बजेटमा थप भनिएको छ, ‘उच्च शिक्षा अध्ययन गर्न नसकेका युवाहरूलाई सीपमूलक तालिमको माध्यमबाट उद्यमशील बनाइने छ। आगामी वर्ष सिटिइभिटीबाट २६ हजार ९ सय युवालार्य ६ महिनाभन्दा बढी अवधिको तलिम प्रदान गरिनेछ।’
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले बालविकास र विद्यालय कर्मचारीको हकमा बजेट वृद्धि गरी माग सम्बोधन गरेकालाई सकारात्मक रूपमा लिएका छन्। उनले अन्य विषय शिक्षा ऐनबाट सम्बोधन हुने गरी अघि बढेको बताए।