अब सूर्यकुण्डमै कक्षा १२ सम्मको पढाइ, विद्यार्थीलाई राहत
सुनसरी — सुगम क्षेत्रका रूपमा चिनिने सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ स्थित सूर्यकुण्डका विद्यार्थी अब माध्यमिक तह (कक्षा ९ देखि १२) सम्मको पढाइ आफ्नै गाउँको विद्यालयमा गर्न सक्ने भएका छन्।
यसअघि सूर्यकुण्ड आधारभूत विद्यालयमा कक्षा ८ सम्म मात्रै पढाइ हुँदै आएको थियो। कक्षा ९ देखि माथिको पढाइका लागि विद्यार्थीहरू दुई घण्टा भन्दा बढी पैदल हिँडेर धरानको भालढुङ्गा माध्यमिक विद्यालय जाने, वा चतराको आदर्श माध्यमिक विद्यालय र औलिया माध्यमिक विद्यालयमा पढ्न डेरा लिएर बस्नुपर्ने बाध्यता थियो।
तर, चालू शैक्षिक सत्रदेखि नगरपालिकाको स्वीकृतिसहित सूर्यकुण्डमा नै कक्षा ९ देखि १२ सम्मको पढाइ सुरु गरिएको छ। नगरपालिकाले आवश्यक अनुमति दिएसँगै विद्यालयमा माध्यमिक तह सञ्चालनको लागि शिक्षकको व्यवस्था, कक्षाकोठा विस्तार, आवश्यक भौतिक पूर्वाधार निर्माण लगायत आवश्यक तयारीहरू पूरा गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिए।
मुख्य रूपमा तरकारी खेती र सानो किसिमको कृषि पेशामा निर्भर यहाँको समुदायका लागि माध्यमिक तहको पढाइ गाउँमै उपलब्ध हुनु ठूलो राहतको विषय बनेको छ। ‘बर्खाको समयमा बाटोमा निकै समस्या हुन्थ्यो, अब बालबालिकाले त्यस्तो सास्ती भोग्नुपर्ने छैन’, स्थानीय समाजसेवी धनकुमार राई भन्छन्, ‘अब आफ्नै गाउँमा बसेर राम्रो पढ्न सक्ने वातावरण बनेको छ।’
वि.सं. २०३४ सालमा स्थापना भएको सूर्यकुण्ड विद्यालयमा हाल ११ जना शिक्षक, २ जना वाल विकास शिक्षिका र १ जना कर्मचारी कार्यरत छन्। विद्यालयमा हाल ११७ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयका प्रधानाध्यापक दिनेशराज कार्कीका अनुसार विद्यार्थीको संख्या आगामी वर्षहरूमा उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।
हाल विद्यालयमा पहुँच मार्ग (सडक) को समस्या भने प्रमुख चुनौतीका रूपमा रहेको छ। वरिपरिका क्षेत्रसँग सहज आवागमनका लागि स्थानीयवासी र विद्यालय प्रशासनले सडक विस्तारको माग गर्दै आएका छन्।
यसरी सूर्यकुण्डमा माध्यमिक तहको पढाइ सुरु भएसँगै, यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच सहज हुने विश्वास गरिएको छ।