शिक्षकलाई विद्यालय फर्काउने तयारीमा सरकार
०१ वैशाख २०८२
•
५ मिनेट पाठ
शिक्षकलाई विद्यालय फर्काउने तयारीमा सरकार
विद्यालय शिक्षा ऐन जारीको माग राख्दै १२ दिनदेखि काठमाडौंको सडकमा आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय फर्काउने तयारीमा सरकार जुटेको छ। विद्यालय शिक्षामा एकै खाले शिक्षकको व्यवस्थापन गर्न, शिक्षण सिकाइ प्रभावकारी बनाउन र शिक्षक तथा विद्यालय कर्मचारीको स्थायित्व र वृत्तिविकासको माग राखी शिक्षकहरू आन्दोलित भएका हुन्।




शिक्षकका माग शिक्षा ऐनले मात्रै सम्बोधन गर्न सक्ने भन्दै आन्दोलनमा उत्रिएको शिक्षकहरूको मागबारे सरकारले विस्तृत रूपमा छलफल अघि बढाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए। ‘वैशाख २ देखि नयाँ विद्यार्थी भर्ना सुरु हुन्छ। यसका लागि चैतको दोस्रो सातादेखि नै शिक्षकहरूले घरदैलो कार्यक्रम गर्नुपर्छ। भर्नाका लागि प्रचारप्रसारलगायत थुप्रै अभियानसँग जोडिएका कार्यक्रम गर्नुपर्ने समय हो अहिले,’ उनले भने, ‘यति मात्र होइन, राष्ट्रिय परिक्षा बोर्डको तालिकाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने मात्र नभएर वैशाख ११ मा सुरु हुने कक्षा १२ को परीक्षाको तयारी गर्नुपर्ने समय पनि यही नै हो।’

उनले यी सबै काम गर्नुपर्ने बेला शिक्षकहरूले सडकमा बसेर नहुने बताए। ‘यसकारण वैशाख २ गतेअगाडि नै विद्यालयमा शिक्षक फर्काउने कार्यमा सरकार जुटिसकेको छ।’

पछिलो समय शिक्षक र सरकार दुवै केही लचिलो भएर शिक्षकको माग सम्बोधन हुने गरी ऐन जारी गर्ने विषयमा छलफल सुरु गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन्। उनका अनुसार मन्त्रालयले शिक्षकका हरेक मागबारे शिक्षा उपसमितिमा पनि छलफल भइरहेको छ। शिक्षकका माग सम्बोधनका लागि आर्थिक र कानुनी पाटाबारे अन्तर मन्त्रालय छलफल अघि बढेको पनि उनले बताइन्।

‘शिक्षकका मुख्यमध्येको एक प्रारम्भिक बाल विकास (इसिडी) शिक्षकको तलबबारे अर्थ मन्त्रालयमा छलफल अघि बढाइएको छ,’ मन्त्री भट्टराईले भनिन्, ‘शिक्षकका केही माग शिक्षा मन्त्रालयबाट, केही अर्थबाट, केही कानुनबाटै सम्बोधन गर्नुपर्ने अवस्था छ। ऐन जारी भएपछि थपिने आर्थिक भारबारे पनि छलफल भइरहेको छ। अगामी बजेटमा समावेश गर्ने गरी अर्थसँग समन्वय भइसकेको छ।’

उनका अनुसार इसिडी शिक्षकको तलब थप दुई हजार रूपैयाँ बढाउने शिक्षा मन्त्रालयको प्रस्ताव छ। विद्यार्थीको निरन्तर सिकाइलाई ऐनमा जोडेर परीक्षालाई व्यस्थित बनाउनेतर्फ पनि सरकार लागेको छ। ‘संविधानले दिएको अधिकारअनुसार नै कक्षा १० र १२ को परीक्षा व्यवस्थापन गर्न शिक्षा उपसमितिमा छलफल अघि बढेको छ,’ मन्त्री भट्टराईले भनिन्, ‘वास्तवमा हामीले अहिले विद्यालय तहमा दुई वटा माध्यमिक परीक्षा लिइरहेका छौं, कक्षा १० र १२। यो त अलि अप्ठ्यारोजस्तो छ। तीन घण्टाको परीक्षाले विद्यार्थीको मूल्यांकन गर्न सक्दैनन नि !’

यसका लागि शिक्षकले विद्यार्थीको निरन्तर मूल्यांकनमा जोड दिएर अघि बढ्नुपर्नेमा उनले जोड दिइन्। ‘ऐनमा दफावार छलफल भइरहेको छ। शिक्षक, विद्यार्थी र विद्यालयमैत्री ऐन ल्याउने सरकारको तयारी छ। विद्यालयमा शिक्षक फर्काउने प्रयास सरकारले गरिरहेको छ।’

प्रवक्ता सापकोटाका अनुसार सरकारले सकारात्मक भएर शिक्षकका समस्या केलाउँदै समाधानका लागि अन्तरमन्त्रालय छलफल अघि बढाएको छ। ‘ऐन जारी भएपछि त्यसले सरकारमाथि थप्ने आर्थिक पक्षबारे सरकारले विश्लेषण सुरु गरिरहेको छ,’ उनले भने, ‘मन्त्रालय शिक्षकहरूसँग निरन्तर छलफलमा बसेको छ। संसद्को शिक्षा उपसमितिमा पनि ऐनका दफाहरूबारे छलफल भइरहेको छ।’ उनले अब शिक्षकहरूलाई छिट्टै विद्यालय फर्काउने वातावरण बनाउन सरकार जुटेको जानकारी दिए।

उनका अनुसार सरकारले इसिडी शिक्षकका लागि मासिक १७ हजार रूपैयाँ तलब तोकेको छ। केन्द्र सरकारले १० हजार र स्थानीयबाट थप सात हजार रूपैयाँ तलबको व्यवस्था छ। तर कतिपय स्थानीय सरकारले थप तलब नदिएको पाइएको छ। यसकारण पनि शिक्षकहरू हाल विद्यालयमा कायम रहेको १७ थरीका शिक्षकहरूलाई एकै खाले दरबन्दीको माग गरिएको हो।

यस्तै शिक्षक अस्पताल बनाउने महासंघको माग सम्बोधन गर्दै शिक्षा मन्त्रालयले उक्त प्रस्तावको फाइल स्वास्थ्य मन्त्रालयमा पठाइसकेको प्रवक्ता सापकोटाले बताए। उनले सञ्चित बिदा, राहत, ग्रेड मिलाउने विषय आउँदो बजेटमा समावेश गर्ने गरी गृहकार्य भइरहेको दाबी उनले गरे।

‘शिक्षकका कतिपय माग मन्त्रालयबाटै त कतिपय नीति तथा कार्यक्रमबाट सम्बोधन हुने खालका छन्,’ प्रवक्ता सापकोटाले नागरिकसँग भने, ‘शिक्षको माग अगामी बजेटबाट सम्बोधन हुने काम अघि बढेको छ। अब शिक्षकहरू छिट्टै विद्यालय फर्कने वातावरण सरकारले बनाएको छ। भर्ना अभियान सफल बनाउन शिक्षक विद्यालय फर्कनुपर्छ, सरकारले फर्काउँछ।’

संसद्का शिक्षा उपसमिति संयोजक छविलाल विश्वकर्माका अनुसार शिक्षाको माग सम्बोधन गर्न उपसमिति दफावार छलफल र सहमति जुटाउन लागिपरेको छ। ‘छलफलको क्रम सहज रूपमा अघि बढेको छ ,’ संयोजक विश्वकर्माले भने, ‘एक सय ६३ वटा दफामध्ये ८२ वटामा छलफल भएर संविधानसँग पनि सम्बन्धित विषयलाई समेटेर सहज रूपमा सहमति जुटाउँदै अगाडि बढेको अवस्था छ।’ विद्यालय तहका परीक्षाबारे दफावार छलफल भइरहेको उनले बताए।

शिक्षक महासंघका महासचिव तुला थापाले शिक्षकलाई विद्यालय फर्काउने जिम्मेवारी सरकारको रहेको बताए। उनले सरकारले जति छिटो ऐन ल्यायो, शिक्षकहरू उति छिटो विद्यालयमा फर्कने बताए। ‘महासंघ कुनै नयाँ माग नै छैन। हाम्रो पुरानै माग कार्यान्वयन गर्ने माग हो,’ महासचिव थापाले नागरिकसँग भने, ‘सरकारले छलफलका लागि बोलाएकोमा पनि हामीले पुरानै सहमति कार्यान्वयन गर्ने गरी शिक्षा ऐन जारीको माग राखेर हिँड्यौं। अब जे गर्ने हो, सरकारको हातमा छ। ऐन ल्याएपछि हामी विद्यालय फर्कन्छौं।’

महासचिव थापाका अनुसार विगतमा भएका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारको शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधा र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पास हुनुपर्ने महासंघको माग हो।

हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था छ। तर शिक्षकहरू स्थानीय तहमा बढी राजनीति चलखेल हुने भएकाले आफूहरू संघीय सरकारको मातहत नै रहने भनी माग पनि राखिएको छ। तर संविधानले नै विद्यालय शिक्षालाई स्थानीय सरकारको मातहत राखेकाले स्थानीय तहमा नरहने भन्ने शिक्षकको माग संविधान संशोधनबिना पूरा हुन सक्दैन। २०८० असोज ५ गते शिक्षक महासंघ र सरकारसँग भएको सहमतिअनुसार शिक्षकको १०/१० वर्षमा आवधिक बढुवा हुनुपर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूतम पाँच वर्ष सेवा कायम गर्ने, आन्दोलन तथा द्वन्द्व प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्बहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवावधि निवृत्तिभरण वा उपदान वा अन्य सुविधा प्रयोजनका लागि गणना गर्नुपर्नेलगायत माग शिक्षकहरूले राखेका छन्।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस