बालबालिकाको सिकाइमा पोषणयुक्त खाजा आवश्यक रहेको भन्दै विद्यालय खाजा कार्यक्रममा लगानी वृद्धि गर्नुपर्ने माग सरोकारवालाले गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपाल, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र क्यानालको सहकार्यमा राजधानीमा आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१’ को कार्यान्वयन सन्दर्भमा भएको राष्ट्रिय परामर्श कार्यक्रममा सहभागीहरूले विद्यालय खाजा कार्यक्रमको प्रभावकारिता र लगानी वृद्धिको आवश्यकता औंल्याएका हुन्।
सरोकारवालाहरूले विद्यालय खाजा कार्यक्रमले स्वस्थ शरीर र भोकमुक्त वातावरण निर्माण गर्ने उल्लेख गर्दै पोषणको महत्त्वलाई जोड दिए।
एक अध्ययनअनुसार विद्यालय खाजामा गरिएको प्रत्येक १ डलर लगानीले ५ डलरभन्दा बढी प्रतिफल दिने देखिएको उल्लेख गर्दै उनीहरूले खाजा कार्यक्रमले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिमा टेवा पुर्याउने बताए।
नेपालको संविधानको धारा २६ ले खाद्य सुरक्षा तथा सम्प्रभुत्तालाई मौलिक हकका रूपमा परिभाषित गरेको र धारा ५१ मा खाद्य सम्प्रभुताका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्ने नीति समावेश भएकाले विद्यालय खाजा कार्यक्रमलाई दिगो रूपमा सञ्चालन गर्नुपर्ने सरोकारवालाहरूको तर्क छ।
कार्यक्रमको अध्यक्षता गरेका शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनका लागि प्राप्त सुझावलाई महत्त्वपूर्ण सम्पत्ति मान्दै सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धन र बालबालिकाका लागि पोषणयुक्त खाजा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
उनले विद्यालय खाजा प्रवर्द्धनमा अन्तर मन्त्रालय, स्थानीय तह, अभिभावक, संघसंस्था सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बालबालिकामा लगानी बढाउनु सरकारको दायित्व भएको बताए।
शिक्षा मन्त्रालयका नीलकण्ठ ढकालले विद्यालय खाजा कार्यक्रम विभिन्न क्षेत्रसँग अन्तरसम्बन्धित भएकाले नीति निर्माणदेखि कार्यान्वयनसम्म सहकार्य आवश्यक रहेको बताए।
मन्त्रालयका अर्का अधिकारी हरिप्रसाद अर्यालले गत असोज ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ स्वीकृत भइसकेको जानकारी गराए।
वर्ल्ड भिजन इन्टरनेशनलकी उमा मगरले संस्थाले बालमैत्री, पोषणमैत्री, बाल संरक्षण प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्। बाल क्लबका प्रतिनिधिहरूले दिवा खाजा कार्यक्रमको अनुगमन आवश्यक रहेको र बालबालिकासँग प्रत्यक्ष सरोकार भएकाले उनीहरूकै सुझावलाई प्राथमिकता दिनुपर्ने बताए।
विद्यालयका प्रधानाध्यापकहरूले मासिक रूपमा रकम निकासा गर्नुपर्ने, असल अभ्यासहरूको आदानप्रदान गर्नुपर्ने, विद्यार्थीलाई प्रदान गरिने खाजाको रकम पर्याप्त नभएको तथा सबै कक्षालाई नहुँदा विभेद देखिएको उल्लेख गर्दै कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक शिक्षाको प्रवर्द्धन, अध्ययन अनुसन्धान तथा स्थानीय तहको स्रोत परिचालन आवश्यक रहेको बताए।
गाउँपालिका महासंघका सदस्य भूपाल पोखरेल, जिल्ला समन्वय समिति महासंघका उपमहासचिव दीपक गौतम, नगरपालिका संघकी प्रतिनिधि सुनिता सुवेदी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य-सचिव इन्द्रादेवी ढकाललगायतले विद्यालय खाजा कार्यक्रमलाई प्रवर्द्धन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
अधिकारकर्मी तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले विद्यालय दिवा खाजा कार्यक्रमलाई बाल संवेदनशील सामाजिक सुरक्षा, पोषणमैत्री, वातावरणमैत्री अभियानसँग जोड्दै बालबालिका संरक्षणका मापदण्ड निर्माणमा जोड दिए।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका हरिप्रसाद अर्यालले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, विद्यालय शिक्षा क्षेत्र योजना, स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूपका नीतिगत व्यवस्थाअनुसार कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
उनले ८ अर्ब ४६ करोड बजेट विद्यालय खाजाका लागि विनियोजन भएको र हाल ३२ लाख विद्यार्थी यसबाट लाभान्वित भइरहेको उल्लेख गर्दै कार्यक्रमलाई अझ व्यवस्थित बनाउन लगानी वृद्धि आवश्यक रहेको बताए।