तौलिहवास्थित सिद्धार्थ विद्यामन्दिर बोर्डिङ स्कुलमा विद्यार्थीहरूले पढाईसँगै व्यवहारिक ज्ञान र सीप बढाउन शुक्रवार खाना महोत्सव गरेका छन्। शुक्रबार पढ्न लेख्न र खेलेर रमाउने उनीहरूले विद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गरेका हुन। विद्यालयमा यस्तो खाना महोत्सव गरेको तेश्रो हो । महोत्सव अन्तर्गत बोर्डिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूले खानाको विभिन्न परिकार बनाई प्रर्दशनी गरेका हुन।
महोत्सवमा ८ समुहले बिभिन्न खानाका परिकार बनाई प्रर्दशनी समेत गरेका थिए। बोर्डिङ स्कुलका प्राचार्य विकास अर्यालले विद्यार्थीहरूलाई सीप, सामूहिकता र व्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए। उनले घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भूमिका खेल्ने बताए। पढाइसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव गरिएको विद्यालयका सञ्चालक तुलसा गैरले बताइन।
८ समुहले हिमाल पहाड र तराईका बिभिन्न परिकारहरू बनाएका थिए। मुस्लिमको सेवाई, थारूको ढेकरी, फारा, नेवारको चुकौनी र योमरी, तराईको छोले भटुरे, रिकजच, पहाडको कोदो रोटी लगायतका परिकार विद्यार्थीहरूले पकाएका थिए। पुलाउ, पनिरको तरकारी , पुडी ,सलाद, भात, लालमन लगायतका परिकारहरू पकाएर प्रर्दशन गरेका थिए।
उनीहरूले आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरू समेत आफै व्यवस्थापन गरेका थिए। समुह मिलेर बिभिन्न परिकारहरू पकाएर अतिथि, विद्यालयका शिक्षकहरूलाई परिकारका स्वाद समेत चखाए। पाहुनाहरूले खाएपछि आफूले समेत खाएका थिए। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रममा सहभागी हुन पाउँदा विद्यार्थीहरू निकै खुशी देखिन्थे।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, बरिष्ठ साहित्यकार हरिराज शर्मा, पार्वती शर्मा, टीकारमा अर्याल लगायतको सहभागिता थियो। टोलीले विद्यार्थीहरूले बनाएका खानाका परिकारहरू अवलोकन परिकारको स्वाद लिएका थिए। मेयर पौडेलले विद्यार्थीहरूको यो प्रयास अति राम्रो रहेको बताए।
‘विद्यार्थीहरूले सबै परिकारहरू मीठो बनाएका छन्, खादा आनन्द आयो’ उनले भने। सबै विद्यालयहरूको यस्ता रचनात्मक र व्यवहारिक कुरा विद्यार्थीहरूलाई सिकाउनु पर्नेमा उनको जोड रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत पौडेलले विद्यार्थीहरूको बनाएको खाना निकै स्वादिलो रहेको बताए। उनले हिमाल पहाड र तराईका परिकारहरूको स्वाद लिन पाउँदा आनन्दित भएको प्रतिकृया दिए। विजयी हुने टोलीलाई विद्यालयले वार्षिक उत्सवमा पुरस्कृत समेत गर्नेछ। विजेता घोषित गर्न विद्यालयले मूल्याङ्कन समिति समेत बनाएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...