अत्यधिक चिसोसँगै शीतलहर चलेपछि नेपालगन्ज उपमहानगरपालिकाले यहाँका विद्यालयको पठनपाठन बन्द गरेको छ । बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्मका लागि नगरले यहाँका सबै विद्यालयको पठनपाठन बन्द गरेको हो ।
पछिल्लो केही दिनयता नेपालगन्ज लगायत पश्चिम तराईमा चिसोसँगै लगातार शीतलहर चलिरहेको छ । चिसोले विद्यालय जाने विद्यार्थीलाई प्रभावित गरेकाले विद्यालय बन्द गर्नु परेको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए । चिसो मौसममा नेपालगन्जले प्रत्येक वर्ष पठनपाठन बन्द गर्ने गर्छ ।
चिसोमा विद्यालय जाँदा धेरैजसो विद्यार्थीहरूमा मौसमी ज्वरो, रुघाखोकी बिरामी भएका थिए । कठ्यांग्रिँदो चिसोका कारण पढाइ प्रभावित भएपछि नगरले सबै विद्यालय बन्द गर्नु परेको उपमहानगरपालिकाले जनाएको छ । चिसो केही दिनसम्म यथावतै रहे बिदा थप बढ्न सक्ने आँकलन गरिएको छ । बाँकेका अन्य स्थानीय तहले भने अहिलेसम्म विद्यालयको पठनपाठन बन्द गरेका छैनन् । उनीहरुले पनि यस विषयमा आवश्यक समन्वय भइरहेको बताएका छन् ।
‘चिसोले बालबालिका बिहान सबेरै उठ्न पनि सक्दैनन्,’ अभिभावक सम्झना भण्डारीले भनिन्, ‘राम्रो खाना नखाई विद्यालय जान्छन् ।’ बाक्लो हुस्सुसँगै शीतलहर चले पनि बच्चालाई विद्यालय पु¥याउनु पर्ने बाध्यता भएको भन्दै उनले भनिन्, ‘घरबाट विद्यालय लिँदा र विद्यालयबाट घर ल्याउँदा आफू र बच्चा शीतलहरले लुरुथुक्क भएर भिज्छौँ ।’ ‘विद्यालय पु¥याउँ भने शीतलहरले बेहाल अवस्थामा लिनु पर्छ,’ उनले भनिन्, ‘शीतलहरूका कारण विद्यालय नलिने हो भने पढाइ पनि छुट्ने समस्या ।’ नगरले दिएको यो बिदालाई उनले स्वागतयोग्य भएको बताइन् ।
पश्चिम तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरोसँगको शीतलहरले जनजीवन प्रभावित पारेको छ । यहाँका सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँ जान निकै सकस भएको देखिन्छ । चिसोबाट बच्न ठाउँ ठाउँमा आगो बालिएको छ ।