‘दलगत हस्तक्षेप नरोकिए शिक्षामा सुधार सम्भव छैन’
१३ भदौ २०८१
•
५ मिनेट पाठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिला राजनीतिक दलहरूको प्रतिबद्धता आवश्यक रहेको बताएकी छिन् । बुधबार मन्त्री भट्टराईले मन्त्रालयमा सञ्चारकर्मीसँग छलफल गर्दै शिक्षा क्षेत्रमा देखिएको समस्याको समाधान राजनीतिक दलहरूबाटै खोजिनुपर्ने जिकिर गर्दै यसका लागि मन्त्रालयले पहल गरिरहेको दाबी गरिन्। 

‘जबसम्म शिक्षा क्षेत्रमा दलगत हस्तक्षेप रोकिँदैन तबसम्म शिक्षा सुधारको कल्पना गर्न सकिँदैन’, मन्त्री भट्टराईले आफ्नो शिक्षा सुधारको कार्य ढाँचा प्रस्तुत गर्दै भनिन्, ‘विद्यालयदेखि विश्वविद्यालयहरूमा बढ्दै गएको राजनीतिक हस्तक्षेपकै कारण शिक्षामा गुणस्तर सुधार हुन सकिरहेको छैन । शिक्षामा राजनीतिक हस्तक्षेप रोक्ने मेरो प्रयास जारी नै छ ।’

एमाले, कांग्रेस, माओवादी, समाजवादी, रास्वपा, रापपाका महामन्त्रीहरूलाई डाकेर छलफल गरेको तर खासै निष्कर्ष ननिस्किएकाले पुनः छलफल गर्ने तयारी गरिरहेको पनि उनले बताइन् । दलहरूले सम्मेलनको निहुँमा कक्षाकोठाभित्रै एकाइ कमिटी गठन गर्ने प्रक्रियाले विद्यालय तहको शिक्षामा नकारात्मक असर पारेको उनको भनाइ छ ।

राजनीतिक समस्याकै कारण त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयहरूको दुर्दशा बढ्दै गएको पनि उनले अवगत गराइन् । ‘विश्वविद्यालयमा मन्त्रालय सीधै प्रवेश गर्न मिल्दैन । विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपका विषयमा मन्त्रालय हाबी भएमा थप जटिला उत्पन्न हुन सक्ने भयले सार्वजनिक सुरक्षाको माग गरिएको हो’, मन्त्री भट्टराईले स्पष्ट पारिन्, ‘गृहमन्त्री वा प्रधानमन्त्रीसँग मनमुटाव भएर मैले सार्वजनिक सुरक्षाको माग गरेकी होइन, शिक्षालयमा सिधै प्रहरी प्रवेश गर्न नमिल्ने भएकाले सार्वजनिक संस्थाको सुरक्षार्थ सुरक्षा माग गरेकी हुँ ।’  

राजनीतिक दलको प्रतिबद्धता नआएसम्म त्रिभुवन विश्वविद्यालयलगायतका अन्य विश्वविद्यालय तथा विद्यालयको शिक्षामा सुधार आउन नसक्ने उनले बताइन् । उनले आफ्नो मन्त्रालयको भावी कार्ययोजनाबारे चर्चा गर्दै अबका दिनमा बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीको नेपालमै इन्टर्नसिप गराउने व्यवस्थाबारे मन्त्रालय तयार रहेको समेत स्पष्ट पारिन् ।

विदेशी विश्वविद्यालय र अन्तरविश्वविद्यालयको समकक्षताको समस्या समाधान गर्न केही नेपाल ऐन संशोधन गरी समकक्षताको जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई दिने तयारीमा सरकार लागिरहेको बताइन् । मन्त्री भट्टराईले यसका लागि अनुदान आयोगको पुनर्संरचनाबारे मन्त्रालयले छलफल अघि बढाएको स्पष्ट पारिन् ।  

‘बंगलादेशका पीडित विद्यार्थीका समस्या समाधानार्थ गठित अध्ययन समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले सम्बन्धित विश्वविद्यालयसँग उपाधिका लागि लिखित स्वीकृति माग गरेको छ’, मन्त्री भट्टराईले बंगलादेशका पीडित नेपाली विद्यार्थीको समस्या सम्बोधन गर्दै भनिन्, ‘नेपालमै इन्टर्नसिपका लागि उताबाट आएको जवाफअनुसार परराष्ट्र मन्त्रालयसँग सहकार्य गरी अगाडि बढ्छौं । यसले पछि समकक्षतामा सहज हुन्छ ।’

यसअघिकी शिक्षामन्त्री पनि शिक्षा क्षेत्रमा देखिएको दलगत हस्तक्षेप न्यून गर्न लागिपरेकी थिइन्, जसका कारण सामुदायिक विद्यालयका आठ सय २५ शिक्षकले दलको सदस्यता त्याग गरिसकेका छन् ।

मन्त्री भट्टराईले सार्वजनिक र निजी दुवैखाले विद्यालयमा निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनमा आफ्नो जोड रहेको र कार्यढाँचाले पनि सोहीलाई प्राथमिकता दिएको प्रतिबद्धता जनाइन् । उनले उच्च शिक्षासम्बन्धी एकीकृत छाता विधेयक र प्राविधिक शिक्षासम्बन्धी विधेयक अघि बढाउने मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् ।

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा तथा स्वास्थ्य समितिमा छलफल अघि बढेको र प्राविधिक शिक्षासम्बन्धी विधेयक अर्थ मन्त्रालयमा पठाएको समेत उनले स्पष्ट पारिन्। ‘ख्वपः विश्वविद्यालय विधेयक संसद्मा दर्ता गरेपछि एकीकृत उच्च शिक्षासम्बन्धी विधेयक अघि बढ्छ’, मन्त्री भट्टराईले भनिन्, ‘छुट्टाछुट्टै विश्वविद्यालयहरूको विधेयक र एकीकृत उच्च शिक्षा विधेयक सँगै अघि बढाउन नमिल्ने रहेछ। यसकारण ख्वपः विश्वविद्यालय विधेयक आएपछि एकीकृत उच्च शिक्षा विधेयक अघि बढ्छ।’

उनले मन्त्रालयले विज्ञान तथा प्रविधि नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, रासायनिक पदार्थ, राष्ट्रिय योग्यता प्रारूप, व्यावहारिक विज्ञान प्रविधि तथा नवप्रवर्तन विधेयक अघि बढ्ने प्रक्रियामा रहेको जनाइन्। ‘अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गर्न अब सरकारी र निजी दुवैखाले विद्यालयको नक्सांकन गर्नुपर्छ । र, सेवा क्षेत्र र साझेदारीको ढाँचा बनाएर जाने हाम्रो तयारी छ। 

अभिभावकको आर्थिक भार कम गर्न शिक्षा कोषको व्यवस्था गर्ने तयारी छ। निजीमा समेत अनिवार्य र निःशुल्क शिक्षा कायम गर्न सकिन्छ’, उनले भनिन्, ‘विद्यालय शिक्षाको सवालमा सबै प्रकारको शैक्षिक संस्था अनिवार्य तथा निःशुल्क शिक्षा ऐनअन्तर्गत ल्याउन मन्त्रालयले खाका तयार गरेको हो।’अनुगमन र नियमनको सूचक तोकेर अघि बढ्ने मन्त्रालयको तयारी रहेको उनले बताइन्। 

‘हालै मेडिकल शिक्षामा प्रवेश परीक्षाका लागि आवेदन दिएका विद्यार्थीहरू जसको कक्षा १२ को परीक्षामा ननग्रेड आएको छ, ती विद्यार्थीको शुल्क फिर्ता गराउने निर्णय भएको छ’, उनले भनिन्, ‘चिकित्सा शिक्षा आयोगले एनजी आएका विद्यार्थीको शुल्क फिर्ता गरिरहेको छ।’

विद्यालय स्तरका बालबालिकाका लागि विद्यालयमा दिवा खाजा कार्यक्रमको समीक्षा, स्थानीय उत्पादनलाई प्रोत्साहन र अन्तरनिकाय सहजीकरण गर्न स्थानीय आवश्यकतामा आधारित विद्यालय पोषण प्रारूप विकासका लागि समिति गठन गरी मन्त्रालय अघि बढेको छ।

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सहिद दशरथचन्द चिकित्सा शिक्षा विश्वविद्यालय विधेयक, तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, केही नेपाल ऐन संशोधन गर्ने विधेयकहरू कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट पेस भएको र यसमा शिक्षा क्षेत्रसँग सम्बन्धित १५ वटा ऐनमा संशोधन हुन प्रस्ताव गरिएअनुसार अगाडि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट संघीय संसदमा सहजीकरण भएको छ।
अर्को समाचार

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस