‘शैक्षिक रूपान्तरणमा नयाँ सोच’ निर्माणका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मैवाखोला बृहत्त शैक्षिक घोषणापत्र जारी गर्ने भएको छ।शुक्रवारबाट जारी वृहत्त शैक्षिक सम्मेलनबाट यस्तो घोषणापत्र जारी गर्ने तयारी गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताए।
घोषणापत्रको अवधारणाका लागि सम्मेलनमा सहभागीहरूलाई ७ समूहमा विभाजन गरी छलफल थालिएको छ। छलफलबाट प्राप्त निष्कर्षका आधारमा घोषणापत्र जारी गरी पालिकाको शैक्षिक रूपान्तरणको आधार तयार गरिने पालिका अध्यक्ष वनेमले बताए।
समूहगत छलफलमा विद्यालय शिक्षक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शैक्षिक गुणस्तर सुधारका लागि सक्रिय विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, अभिभावक र शैक्षिक अगुवाहरूको सहभागिता रहेको गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक अर्जुनकुमार घिमिरेले जानकारी दिए।
शैक्षिक गुणस्तर दिनप्रतिदिन खस्कदै गएको अवस्थामा त्यसको सुधारका उपायहरूको खोजीका लागि शैक्षिक सम्मेलन आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले शैक्षिक सुधारका लागि योजना निर्माणमा संलग्न विज्ञहरू समेतको सहभागिताको आधारमा वृहत्त शैक्षिक योजना निर्माणको अवधारणा अघि सारेको हो।
सिकाइ सुधारका विधि तय गर्न आयोजना गरिएको शैक्षिक सम्मेलन नतीजा सहितको हुने र जारी घोषणापत्रले मैवाखोला गाउँपालिकाको मात्र नभएर समग्र शैक्षिक अवस्था सुधारको नेतृत्व गर्ने पालिका अध्यक्ष वनेमले विश्वास लिएका छन्।
प्राप्त नतीजालाई शैक्षिक सुधारको अध्यायमा उचित कार्यान्वयन गर्ने पालिकाले प्रतिबद्धता जनाएको छ।